• २० असोज २०८१, आइतबार

निराहार ब्रत बसी मनाइँदै थारु महिलाको पर्व जितिया

blog

होमराज रानाभाट

कावासोती, असोज १९ गते । नवलपरासीको नवलपुरमा बसोबास गर्ने थारु महिलाले निराहार ब्रत बसी जितिया पर्ब मनाइरहेका छन् । हरेक बर्ष थारु जातीले मनाउने जितिया पर्ब यस बर्ष थारु अन्नत पर्बमा पुरषहरुले पनि ब्रत बसेर यो पर्ब मनाइरहेका छन् । 

पर्बको अन्तिम दिन शनिबार महिलाले ब्रत बसेर आइतबार बिधिबत रुपमा जितिया पूजा समापन गर्नेछन् । तराईमा बसोबास गर्ने थारुहरुले मनाउने यो पर्ब यस बर्ष पुरुषहरुले अन्नत पर्बको ब्रत बसेर बिधिपूर्बक मनाउन सुरु गरेको थारु अगुुवा ओमकुमारी महतोले बताउनुुभयो । 

पर्बमा पुुरुषसँगै थारु महिलाले घर–घरमा नाचगानसहित जितिया पर्ब मनाउन सुरु गरेका र यो थारु जातिको परम्परादेखि नै चलनचल्तीमा रहेको छ । यो पर्बमा बिभिन्न पोखरीमा पूजा गर्ने, आफनो दाजुभाइको सुख शान्ति, श्रीमान्, सन्तानकोे दीर्घायु, सुख समृद्धि, मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले जितियाको ब्रत लिने गरिएको नेतृ ओमकुमारी महतोले बताउनुभयो । 

थारु समुदायको महान पर्बका रुपमा रहेको जितिया पर्बमा महिलाले पानी पनि नखाइ शनिबार कठोर ब्रत लिने, सन्तानको दीघार्यु, सुखशन्ति, मनोकामना पूरा हुने बिश्वासका साथ यो पर्ब मनाउने गर्दछन् । थारु महिलाले जितियामा कठोर ब्रत लिइ पुजाआजा गरी ताल तलैयामा पूजा अर्चना गर्ने, दिनभरी रमाइलो गर्ने गरेर यो पर्ब मनाउने उहाँले बताउनुुभयो । 

यो पर्बमा आज शुुक्रबार दर खाने र महिलाले साँझ एक ठाउँमा भेला भएर  बोलपत्र राखेर तीरधनी बनाइने मासको दाल भिजाएर कथा सुन्ने गर्दछन् । भुमिपुत्र तराईबासी थारुका रुपमा रहनेगरेका थारुहरु प्राकृतिक पुजारीका रुपमा रहनेगरेका छन् । 

यो बिशेषगरी असोज १८ गतेदेखि बिशेषपूुजा गरेर मनाउने र एक हप्ताअघिदेखि साधारण किसिमले मनाउने गरेका छन् । महिलाले बिहान नदीको किनारमा गएर नुहाएर सूर्य भगवानलाई पूजा गरेर तीरधन अक्षताले पूजा गरेर समर्पण गरिन्छ र सूर्य भगवानलाई चढाइने गरिन्छ । बिहान पूजागरी घरमा आएर केराको पातमा फलफुल खाइनेगरेको उहाँले बताउनुभयो ।

असोज कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म मनाइने यो पर्ब २१ ग्ते समापन हुन्छ । देबचुलीको केउरेनी, दुमकौली, दलदले, कावासोतकिो डण्डा, अग्यौली, कुमारबर्ती, गोछडा, मध्यबिन्दुको कोल्हुवा, चोरमारा, प्रसौनी, अरुणखोला, बिनयी त्रिबेणीको सर्दी, हुप्सकोटको बेलुवामा भब्यताका साथ महिलाले नाचगान, ब्रत बसेर जितिया पर्ब मनाउने महिला अगुवा ओमकुमारी महतोले बताउनुभयो ।