बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्न छलफल
काठमाडौँका चोभारमा रहेको चोभार सुक्खा बन्दरगाह सञ्चालन गर्न निजी क्षेत्रसँग छलफल भएको छ । इन्टरमोडल यातायात विकास समितिले चोभार बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन र नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ, नाडा अटोमोबाइल एसोसिएसनलगायतका सरोकारवाला निकायसँग छलफल गरेको हो । आयात निर्यात सहजीकरण गर्ने उद्देश्यका साथ चोभारमा सुक्खा बन्दरगाह निर्माण भई २०७८ चैत २२ देखि सञ्चालनमा आए पनि प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । समितिले निजी क्षेत्रलाई चोभार सञ्चालनको जिम्मा दिने तयारी गरेको जनाएको छ ।
बक्यौता रकम लिन सिंहदरबारमा भौँतारिँदै उखु किसान
“उखुको बक्यौता रकम लिएर जान्छौँ या ज्यान त्यागेर जान्छौँ,” यो पीडायुक्त भनाइ सात दिनदेखि माइतीघर मण्डलामा रिले अनशनमा बस्नुभएका उखु किसान रामलाल कलवार र तुलसीराम छिदीको हो । नौ वर्षदेखि बाँकी रहेको रकमका लागि पटक पटक आन्दोलन गरेँ तर कुनै सुनुवाइ भएन अनि काठमाडौँसम्म आउन बाध्य भएको उहाँले बताउनुभयो ।
सेयर बजारमा उच्च सुधार
लगातार ओरालो लागेर लगानीकर्तालाई निराश बनाएको सेयर बजार उच्च अङ्कले सुधारिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि दुई अर्ब २० करोड रुपियाँभन्दा बढी भएको छ । पछिल्ला दिनमा एक अर्बभन्दा पनि तल सीमित रहेको कारोबार रकम तीन महिनायताकै उच्च सुधार आएको हो । सेयर बजारमा तीन महिनापछि दुई अर्बमाथि कारोबार भएको हो ।
बूढीगण्डकी आयोजनाको शिलान्यास छिट्टै हुनेछ : गण्डकी गाउँपालिका अध्यक्ष
गोरखाको साबिकको फुजेल, दर्बुङ, भूम्लिचोक, घ्याल्चोक, ताङ्लिचोक र मकैसिङ गरी छ गाउँ विकास समितिलाई एकीकृत गरी स्थापना भएको गण्डकी गाउँपालिका प्राकृतिक रुपमा विविधता पूर्ण रहेको छ ।
निलगिरि जलविद्युत आयोजनाको ८० प्रतिशत निर्माण सम्पन्न
म्याग्दीको अन्नपूर्ण गाउँपालिका -४ नारच्याङमा निर्माणाधीन निलगिरि जलविद्युत आयोजनाको करिब ८० प्रतिशत निर्माण सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय व्यापारबारे प्रशिक्षण
‘अन्तर्राष्ट्रिय व्यापार तथा व्यापार नीति’ सम्बन्धी पाँचदिने प्रशिक्षण कार्यशाला सुरु भएको छ । व्यापार नीति निर्माण, कार्यान्वयन र व्यापार वार्ताका लागि नेपालको क्षमता अभिवृद्धिको आवश्यकतालाई मध्यनजर गर्दै युरोपेली सङ्घको आर्थिक सहयोग अन्तर्गत इयु–नेपाल व्यापार तथा लगानी कार्यले नेपाल सरकारका वाणिज्य क्षेत्र सम्बद्ध अधिकारीहरूका लागि प्रशिक्षण सुरु गरेको हो ।
संरक्षण गर्न किसानलाई याक वितरण
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पशुपालनको प्रवर्द्धनका लागि स्थानीय पशुपालक किसानलाई याकको बाच्छा वितरण गरेको छ ।
अरुण तेस्रो प्रसारण लाइनका लागि ५९७ टावर निर्माण हुने
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत प्रसारण लाइन सात जिल्लामा निर्माण गरिने भएको छ ।
तामाकोसी पाँचौँ निर्माण गर्न १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर
दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौँ जलविद्युत् आयोजनाको लगानी जुटेको छ । निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्नेछ ।