विद्युत् निर्यात सुरु खेर जाने जोखिम कायमै
नेपाल विद्युत् प्राधिकरणले यो वर्षको विद्युत् निर्यात सुरु गरेको छ । वर्षासँगै खोलानालामा पानीको बहाव बढेर विद्युत् उत्पादन वृद्धि भएपछि प्राधिकरणले शनिबारदेखि विद्युत् निर्यात सुरु गरेको हो । प्राधिकरणले शनिबार राति छ सय मेगावाट आवर विद्युत् इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा निर्यात गरेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । अहिले एक सय मेगावाट भए पनि विद्युत् उत्पादनको अवस्था अनुसार निर्यात निर्धारित हुँदै जाने उहाँले बताउनुभयो । केही विद्युत् आयोजना र प्रसारण लाइन मर्मतका काम नसकिएकाले आइतबार निर्यात नहुने उहाँले जानकारी दिनुभयो ।
स्रोतको दबाबबिच संयमित बजेट
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट लेखनको चटारोमा रहेको अर्थ मन्त्रालय यस पटक खर्चको स्रोत व्यवस्थापनको दबाबमा छ । चालु आवमा लक्ष्यभन्दा कम राजस्व सङ्कलनका कारण अप्ठ्यारो परिस्थितिको सामना गरिरहेको मन्त्रालयले यस पटक संयमित रहेर बजेट ल्याउने तयारी गरिरहेको छ । त्यसका लागि अनावश्यक कार्यव्रmम र खर्च कटौती गर्ने मन्त्रालयको योजना छ ।
अलैँची निर्यात बढ्यो
मुलुकबाट कुल निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अलैँचीको निर्यात भने ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म अलैँची निर्यात ७२ प्रतिशतले बढेर सात अर्ब २८ करोड १४ लाख २५ हजार रुपियाँ बराबरको ८९ लाख २१ हजार ६७९ केजी निर्यात भएको छ ।
अभिमुखीकरण तालिम प्रभावकारी बनाइने
वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्नुपूर्व दिइने अभिमुखीकरण तालिमलाई खारेजी नभई प्रभावकारी गराउने विषय उठेको जनाएको छ । बोर्डका सूचना अधिकारी राजन पौडेलले वैदेशिक रोजगारीमा प्रस्थानपूर्व हाल दिइँदै आएको तालिमलाई थप प्रभावकारी गराउने विषयमा छलफल भएको जानकारी दिनुभयो । अभिमुखीकरण तालिममा अनियमितता भएको स्वीकार गर्दै उहाँले भन्नुभयो, “तालिमप्रदायक संस्थाले तालिम नै नदिइकन प्रमाणपत्र दिने व्रmम बढेको छ । त्यसैले तालिम नदिने संस्थाको अनुगमन गरेर तालिम अनिवार्य गराउने र तालिमलाई थप प्रभावकारी गराउन अन्य माध्यमसमेत प्रयोग गर्ने विषयमा छलफल भएको छ ।”
एसडिजी स्तरोन्नतिमा सहकार्य प्रस्ताव
मुलुकको दिगो विकास लक्ष्य (एसडिजी) र विकासशीलमा स्तरोन्नतिको प्रयासमा नेपाल उद्योग वाणिज्य महासङ्घले पनि सहकार्य गर्ने चासो देखाएको छ । महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिङ्गर हमदीबिच आज महासङ्घ सचिवालयमा भएको भेटमा यसबारे छलफल भएको महासङ्घले जनाएको छ ।
ओमानबाट पुनः श्रम स्वीकृतिको तयारी
ओमानमा रहेको नेपाली दूतावासले आउँदो जेठ १८ देखि पुनः श्रम स्वीकृति दिने तयारी गरेको छ । सरकारले विदेशमा रहेका नेपाली दूतावाबाट पनि पुनः श्रम स्वीकृति सेवा प्रदान गर्ने निर्णय गरेसँगै जेठ १८ देखि ओमानबाट पनि पुनः श्रम स्वीकृति दिने तयारी गरेको हो ।
ब्युँतिएला गोरखकाली रबर उद्योग
रुग्ण गोरखकाली रबर उद्योगलाई पुरानै स्थितिमा फर्काउने सरकारको घोषणा कार्यान्वयन होला त भन्ने प्रश्न फेरि सतहमा आएको छ । सरकारले हालै सार्वजनिक गरेको आउँदो आव २०८०/८१ को नीति तथा कार्यक्रममा बन्द अवस्थामा रहेको सो उद्योग पुनः सञ्चालनमा ल्याउने उल्लेख छ ।
इन्धन आयात १६ प्रतिशतले घट्यो
नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घटेको छ । प्रत्येक वर्ष १० प्रतिशतसम्म आयात बढ्ने गरेकामा यो वर्ष खपतमा कमी हुँदा आयातमा समेत कमी भएको हो । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म दुई खर्ब २४ अर्ब ५७ लाख ५७ हजार रुपियाँ बराबरको २१ लाख २५ हजार ४६४ किलोलिटर (डिजेल, पेट्रोल, हवाई इन्धन, मटितेल र ग्यास) पेट्रोलियम पदार्थ आयात भएको छ ।
अन्तर प्रदेशको भाडादर घट्दा किन घटेन उपत्यकाको यातायात भाडादर
यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने भाडादर घटायो । गत साता डिजेलमा प्रतिलिटर १० रुपियाँ घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यातायातको भाडादर ३.२ प्रतिशतले घटाएको हो ।