• १३ साउन २०८१, आइतबार

मुसिकोटमा रिक्सा चल्यो

blog

अटो रिक्सा सञ्चालन कार्यक्रमको उद्घाटन गर्नुहुँदै मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र के.सी. । तस्बिर : राजु लामिछाने

राजु लामिछाने 
रुकुम पश्चिम, फागुन ३० गते । रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा पहिलो पटक अटो रिक्सा सञ्चालनमा आएको छ । जिल्लाको मुसिकोट नगरपालिका क्षेत्रमा अटो रिक्सा सञ्चालनमा आएका हुन् । 
अटो रिक्सा सञ्चालनका लागि नगरपालिकाले अटो तथा इ–रिक्सा कार्यविधि निर्माण गरेको थियो । जस अनुसार मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले सोमबार एक कार्यक्रमका बिच अटो रिक्सा सञ्चालनको उद्घाटन गर्नुभएको हो । 
नगरपालिकाले विभिन्न छ वटा रुटमा अटो रिक्सा सञ्चालन गर्न अनुमति दिइएको छ । नगर क्षेत्रमा २४ वटा अटो रिक्सालाई सञ्चालन अनुमति दिने दिने सूचना निकाले पनि सुरुवातमा १९ वटा अटो मात्र सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले बनाएको कार्यविधि अनुसार छिवाङ जिउला–सादनचौर–माछमी हुँदै खलङ्गासम्म, स्याउली बजार–सोलावाङ हुँदै खलङ्गासम्म र होल्तारा–झुल्खेत हुँदै खलङ्गासम्म अटो सञ्चालन गर्न दिइने नगरपालिकाका प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो ।