दशैं महिमा
दशैं शक्ति उपासनाको पर्व हो । यतिबेला शक्तिस्वरूपिणी माता भगवतीको उपासना गरी प्रसादको रूपमा टीका र जमरा लगाउने गरिन्छ । यसो गर्नाले आयु, आरोग्य र सुख, शान्ति प्राप्त हुन्छ भन्ने जनविश्वास पाइन्छ । शक्ति सबैलाई नभई नहुने तत्व हो । वैदिक सनातन संस्कृतिले माता भगवतीलाई त्यसैको प्रतिनिधि मानेर पूजा तथा उपासना गर्न सिकाएको छ, लगाएको छ । पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार देवताहरूले समेत गाह्रोसाह्रो पर्दा उनकै उपासना गर्ने गरेका छन् । भगवान् रामले पनि रावणमाथि विजय पाउन उनकै उपासना गरेका थिए, कृष्णले पनि आपत्विपत्मा उनकै सम्झना गरेका थिए ।
राष्ट्रपति भण्डारीद्वारा शक्तिपीठको दर्शन (फोटो फिचर)
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार काठमाडौंका विभिन्न शक्तिपीठमा पुगेर दर्शन गर्नुभएको छ।
बोसोयुक्त मासु नखान चिकित्सकको सुझाव
सामान्य मासु दैनिक घरमा पाके पनि दशैंको समयमा घरमा सिङ्गै खसी काटेर लामो समयसम्म त्यही मासु खाने चलन बढ्दै गएको छ।
कोही गृह जिल्लामा व्यस्त हुने, कोही काठमाडौंमै दशैं मनाउने
नेपाली हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो चाड दशैं घटस्थापनको दिनदेखि नै विधिवत रुपमा सुरु भइसकेको छ । नवौंं दिनसम्म नवदुर्गा देवीको पूजा आराधाना गरेर यस वर्ष असोज १९ गते दशमीमा आफूभन्दा ठूलाको हातबाट टीका तथा आशीर्वाद लिएर दशैंं मनाउने परम्परागत चलन रहँदैआएको छ । नेपाल पञ्चाङ्क निर्णायक समितिका अनुसार आउँदो बुधबार ११ बजेर ५१ मिनेटमा टीकाको साइत छ ।
राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको दर्शन (फोटो फिचर)
बडादशैं अन्तर्गतको नवरात्रीको अष्टमीको दिन राष्ट्रपति विद्यादेवि भण्डारीले आज सोमबार काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका –९ मा रहेको पलान्चोक भगवतीको दर्शन गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत सोमबार बिहान उहाँ पाँचखालस्थित बिरेन्द्र सैनिक कार्य तालिम केन्द्रसम्म आउनुभएको थियो ।
सन्थाल समुदायको नृत्य प्रतियोगिता (फोटो फिचर)
बडादशैंको अवसर पारेर लोपोन्मुख सन्थाल जातिहरुको सांस्कृतिक झाँकीसहितको नृत्य प्रतियोगिताको आयोजना गरिएको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा झापाको कनकाई माध्यमिक विद्यालयको खेल मैदानमा भएको सन्थाल नृत्यमा झापा र मोरङ जिल्लाका १८ सन्थाल टोलीको सहभागिता रहेको थियो ।
महाअष्टमीमा केराको पातमा महाभोज खाँदै नेवाः समुदाय
काठमाडौं, असोज १७ गते । विजयादशमी सुरु भएको आठौं दिन आज बेलुका नेवाः समुदायले ‘कुछी भ्वय्’ खाएर महाअष्टमी पर्व मनाउने चलन छ । नेपालभाषामा ‘कुछी’ अर्थात् दुई माना र ‘भ्वय्’को अर्थ भोज हो । आज महाअष्टमीको दिन नेवाः समुदायले केराको पातमा दुई माना चिउरासहित विभिन्न १२ थरीका मिष्ठान्न भोज तयार गरी खाने चलन छ । नेवाः समुदायमा ‘कुछी भ्वेय्’को ठूलो महत्व छ । संस्कृतिविद् ओम धौभडेलका अनुसार ‘कुछी भ्वय्’ ‘कुलछी भ्वय्’बाट अपभ्रंश भएको हो । ‘कुलछी भ्वय्’ अर्थात् कुलहरुसँगै बसेर खाने कुल भोज हो । नेपालभाषामा ‘ल’ को प्रयोग कम हुने भएकाले ‘कुलछी भ्वय्’बाट ‘कुछी भ्वेय्’ भन्न थालिएको उहाँ बताउनुहुन्छ । “कुछी भ्वय् महाभोज नै हो । नेवाः समुदायको मोहनी नख सुरु भएपछिको यो पहिलो भोज हो, जुन कालरात्री सुरु हुनुभन्दा पहिले नै खानुपर्छ,” उहाँ भन्नुहुन्छ, “जसरी देवदेवीहरुले शक्ति आर्जन गरेको हुन्छ । त्यसैगरी मानिसले पनि वर्षभरिका लागि शक्ति आर्जन गर्ने स्वरुपले ‘कुछी भ्वय्’ खाने चलन छ ।” मोहनी नखः वा दशैं सुरु भएदेखि नै कुछी भ्वय् खाने परम्परा सुरु भएको उहाँको भनाइ छ । नेपालमण्डलका जति पनि राज्यहरु थिए, ती सबै मोहनी नखसँग सम्बन्धित रहेको उहाँ बताउनुहुन्छ । प्रत्येक अष्टमात्रिका र शक्तिपीठबाट सुशोभित गरेर नगर बसाउने क्रममा तत्कालीन लिच्छवि शासकहरुले आराधना गर्ने क्रममा मोहनी नखःको सुरुवात गरेको पाइन्छ ।केराको पातको महत्वकुछी भोजमा सबैभन्दा महत्वपूर्ण सामान केराको पात हो । सबैभन्दा पहिले केराको पातमा चिउरा राखिन्छ । त्यसपछि सिङ्गो उसिनेको अन्डा, भटमास, माछाका साना सिद्रा, अचार, गेडागुडी आदि समयबजीका परिकार राखिन्छ । अनि तोरीको साग, सिसाफुसा (सलाद), मासुका तीनथरी परिकार ( सानो झोल परिकारको मासु, भुटन र तःकुला अर्थात् मासुको तास) राख्ने परम्परा छ । नेपालभाषामा तःकुकाे अर्थ ठूलो चोक्टा र लाको अर्थ मासु हो । यस्तै, यति व्यञ्जन राखेपछि अन्त्यमा, दही र मिठाइ राखेर भोज खाने काम सम्पन्न हुन्छ । यस्तै, पेयपदार्थको रुपमा जाँड, रक्सी, कत्थ्वँ पिउने परम्परागत चलन छ ।उहाँ भन्नुहुन्छ, “पहिले पहिले थाल थिएन र यसरी आदिमकालमा वा सभ्यताको सुरुवातको समयमा आफूसँग भएको वस्तुलाई नै प्रयोग गरिन्थ्यो । त्यस समयमा ठूलो भोज खानका लागि केराको पात प्रयोग हुन्थ्यो ।” केराको पात ठूलो पनि हुने र यसमा धेरै परिकार पनि अटाउने । केरा यस्तो फल हो जुन हरेक शुभकार्य प्रयोग गरिन्छ र यो चोखो वनस्पतिमा समेत रहेको उहाँको भनाइ छ । यसबाहेक स्वास्थ्यका हिसाबले पनि केरोका पातमा खानु लाभदायी हुन्छ । जस्तै, दक्षिण भारतमा अहिले पनि केराको पातमा भात खाने चलन छ । केराको पात यस महाभोजमा ठूलो आकारको थालको रुपमा प्रयोग भएको छ । उहाँका अनुसार मानिसको आहार नाप्ने तरिका पनि यस भोजलाई लिन सकिन्छ । नेवाः समुदायमा इन्द्रजात्रादेखि समयबजी खान सुरु हुन्छ । इन्द्रजात्रापछिको पहिले चाड नै ‘मोहनी नखः’ हो । यसरी दिनमा समयबजी खाने र भोज रातको समयमा खाने परम्परा छ । यसैलाई अँगालेर वर्षको पहिलो ठूलो भोज भएको कारण यसमा विभिन्न १२ थरीका परिकार राख्ने चलन नेवाः समुदायको मौलिक परम्परा हो । यस्तै, धौभडेल भन्नुहुन्छ, “कुछी भ्वय्भित्र पनि विविधता पाइन्छ । नेवाः समुदायमै पनि शाही थरीले सप्तमीको दिनमा कुछी भोज खाने चलन छ । कतिपय नेवाः समुदायले दशैंमा मात्र नभई देवालीमा पनि कुछी भोज खाने गर्छन् । आफ्नो जात र संस्कृतिअनुसार परम्परा छ ।” उहाँ थप्नुहुन्छ, ‘‘आजको दिन नेवाः समुदायले दुई माना चिउरा राखेर भोज खाने भएकाले दुई माना राख्नका लागि मानाको तलपट्टि रुमाल वा अरु केही राखेर दुई माना बनाउने गरिन्छ ।’’यसरी काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र नेवाः समुदाय बसोबास गर्दै आएका अन्य जिल्लामा कुछी भ्वय् खाने आ–आफ्नै चलन रहेको संस्कृतिविद् धौभडेल बताउनुहुन्छ ।
लुम्बिनी तिलौराकोटसम्म निःशुल्क विधुतीय बस : आन्तरिक पर्यटक खुशी
भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा थन्किएर रहेको विद्युतीय बस कपिलवस्तुको तिलौराकोटसम्म सञ्चालनमा आएपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।
देशभर एक हजार ५५० भन्दा बढी पक्की पुल निर्माण हुँदै
देशमा पक्की पुल निर्माणको अभियान चलेको छ । पछिल्लो समय देशमा नयाँ सडकहरु निर्माण तथा विस्तारको क्रममा विभिन्न ठाउँमा रहेका नदी तथा खोलाहरुमा पक्की पुलहरु निर्माणको क्रम बढेको हो । हाल देशभर एक हजार ५५० बढी पक्की पुल निर्माणको क्रममा रहेका छन् ।
हेटौँडामा बस दुर्घटना : दुई जनाको मृत्यु, ३६ घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै सोमबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
युवापुस्ताले चासो नदिँदा राडीपाखी बुन्ने पेसा सङ्कटमा
कला, संस्कृतिमा धनी जिल्ला बागलुङमा पुराना परम्परा र पेसा हराउन थल्दा जिल्लाको पहिचाननै सङ्कटमा पर्ने देखिन्छ ।
दूधमा आत्मनिर्भर तर आयात खुला
नेपाल दूधमा आत्मनिर्भर भए पनि सरकारले भारतबाट दूध आयात खुला गरेको छ । सरकारले कच्चा दूध आयात खुला गरेपछि डेरी उद्योगले भारतबाट दूध ल्याउन थालेका छन् ।
विक लगातार चौथो पटक समानुपातिक सूचीमा
सुदूरपश्चिम प्रदेशका दलित अगुवा गणेश विक सङ्घीय संसद्को प्रतिनिधि सभा सदस्यका लागि चौथो पटक समानुपातिक सूचीमा पर्नु भएको छ । यसअघि तीन पटक समानुपातिक सूचीमा परे पनि उहाँ सो प्रणालीबाट निर्वाचित हुन सक्नु भएन ।
‘चाड आउँछ, ऋण बढाएर जान्छ’
सिन्धुपाल्चोकका २८ वर्षीय आशिष तामाङ शनिबार दिनभर इँटा बोक्नमै व्यस्त हुनुहुन्थ्यो । दशैँको तयारी गर्नुपर्ने बेलामा उहाँलाई कामकै चिन्ता छ । उहाँका अनुसार काम सम्पन्न भई ठेकेदारले ज्याला दिँदैनन् ।
दशैं मनाउन १७ लाखले छाडे काठमाडौं
काठमाडौं उपत्यकाबाट यो वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन्। यो महिनाको सुरुदेखि आइतबार फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका हुन्।
दशैंमा नयाँ घर पाउँदा विपन्न परिवारमा खुसीयाली
तनहुँमा जनता आवास कार्यक्रम अन्तर्गत दुई सय ८६ जना विपन्न परिवारले दशैं नयाँ घरमा मनाउन पाउनुभएको छ । झुप्रोबाट छुटकारा पाई पक्की घरमा चाड मनाउन पाउँदा गरिब परिवारका सदस्यले खुसी भएको बताउनुभएको छ ।
दशैंघरमा फूलपाती भित्र्याइयो (फोटो फिचर)
काठमाडौंको हनुमान ढोकास्थित दशैंघरमा फूलपाती भित्र्याइएको छ।
पाथीभरा माताको दर्शनमा भक्तजनहरुको भीड
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा भक्तजनको भीड लागेको छ । दशैँको नवरात्रपछि पाथीभरामा भक्तजनको भीड लागेको हो ।
लिङ्गेपिङ सम्झने, व्यावसायिक पिङमा मच्चिने
“कस्तो आङ्नै जिरिङ् भो। दशैंमा एकपटक भुइँ छोड्नुपर्छ रे, यहीँ भए नि पिङको झल्को मेटियो बाई।”,
बुढापाकासँगै हराउँदै छ पिङ चमच्चाको चलन
बागलुङको काठेखोला गाउँपालिका –२ भीमापोखराको बिटाचौतारो कुनै समय दशैं–तिहारमा पिङ्ग र चमच्चा खेल्ने गन्तव्य थियो । ठूला दुई वटा खिर्राको रुपमा तयार गर्ने चमच्चा र नजिकैै निर्माण हुने पिङ्ग खेल्न बच्चादेखि बुढापाकासम्मको भीड लाग्ने गथ्र्यो । त्यतिबेला पिङ चमच्चा हाल्ने पाको पुस्ता अधिकांशको स्वर्गारोहण भयो । युवा पुस्ता बुढेसकालमा पुगे ।
गोधुली साँझमा पिङ खेलेर रमाउँदै स्थानीय बालबालिका
अस्ताउन लागेको सूर्य । दिनभरको घाम डुब्न लाग्दाको क्षितिज । गोधुली साँझमा बालबालिका लिङ्गे पिङ खेल्दै रमाएका छन् । चचहुई गर्दै पिङ मच्चाउँदै आकाश छुन खोज्दाको निकै रमणीय महसुस भएको बालबालिकाको भनाइ छ ।
बासी र सडेगलेका खाना नखान स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वको बेलामा बासी,सडेगलेका र झिँगा भन्केका खानेकुरा नखान आग्रह गरेको छ । मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै चाडपर्वको बेलामा बासी, सडेगलेका र झिँगा भन्केका खानेकुरा नखान आग्रह गरेको हो ।
कनकमुनि बुद्धसँग सम्बन्धित अरौराकोट संरक्षणको पर्खाइमा
कपिलवस्तुको पर्यटकीयस्थल अरौराकोट संरक्षणको पर्खाइमा रहेको छ । कनकमुनि बुद्धले आफ्नो बाल्यकाल तथा वैवाहिक जीवन व्यतीत गरेको ठाउँ अरौराकोट संरक्षणको पर्खाइमा रहेको हो । कनकमुनि बुद्धको जन्मस्थल निगालीकोटबाट करिब डेढ किलोमिटरको दुरीमा यो स्थान रहेको छ ।
दशैँमा काठमाडौँ महानगरपालिका चिटिक्क पारिँदै
काठमाडौँ महानगरपालिकाले दशैँ पर्वका समयमा सहरी सरसफाई र फोहोर व्यवस्थापनलाई नियमित गर्ने योजना बनाएको छ । वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईकाअनुसार कर्मचारीको विदा, पर्वमा उत्पादन हुने फोहोरको प्रकृति र ल्याण्डफिल साइटका स्थानीयको मागलाई व्यवस्थापन गर्दै फोहोर संकलन, ढुवानी र अन्तिम विसर्जनको काम नियमित गर्ने योजना बनाइएको हो ।