बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएकाे छ ।
शिक्षण संस्थाका विचित्र नाम
तपाईंले पढ्नु भएको विद्यालयको नाम सम्झनुहोस् त ! लामो थियो ? वा छोटो ? कतिपय विद्यालयको नाम निकै लामा छन् । स्थापना हुँदा ती विद्यालयको नाम छोटो नै थिए । चन्दादाता वा विद्यालय स्थापना गर्दा योगदान गरेका वा स्थानीय प्रसिद्ध व्यक्तिको नाम पनि जोड्न थालेपछि नाम लामो हुन पुगेका हुन् । राज्यले नै चन्दा प्रदान गरेपछि दाताको नाम विद्यालयको नामसँग जोड्ने नीति अवलम्बन गरेको छ । यसले गर्दा पनि विद्यालयको नाम लामो हुन पुगेको भन्न सकिन्छ ।
सिंहदरबारमै फर्कियो संसद्
प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाका २७४ जना सदस्यले शपथग्रहण गरेका छन् । सिंहदरबारस्थित सङ्घीय संसद्को निर्माणाधीन बहुउद्देश्यीय सभाकक्षमा सांसदहरूले शपथग्रहण गर्नुभएको हो । नवनिर्वाचित सदस्यहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउनुभयो ।
प्रधानमन्त्रीको शपथ आज
प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ । रास्वपा केन्द्रीय कार्यालय चःमतिमा बिहीबार बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको विधान परिमार्जनसहित पार्टीका वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो । गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनअघि भएको सहमतिमा शाह संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने घोषणा भएको थियो ।
आन्दोलनमा अत्यधिक बल प्रयोग : आयोग
गत भदौ २३–२४ गते नवयुवा (जेनजी) को आन्दोलन हिंसात्मक हुनुमा तत्कालीन सरकार र सुरक्षा निकायको गम्भीर लापर्बाही मुख्य कारण रहेको छानबिन प्रतिवेदनले औँल्याएको छ । घटनाबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले बिहीबार सार्वजिनक गरेको हो ।
अब बदलिने पालो कर्मचारीको
प्रतिनिधि सभा सदस्य निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत प्राप्त गरेकाले रास्वपाको संसदीय दलका नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्दै छ । नयाँ सरकार गठन भएसँगै राजनीतिक नेतृत्वले गरेका निर्णय कार्यान्वयन गर्ने प्रशासनिक संयन्त्र पनि बदलिनुपर्ने बा
निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक पूरा गरी आज गृह मन्त्रालयबाट बिदाइ हुनुभएको छ ।
सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु (फोटो फिचर)
चैते दसैँको दिन बिहीबारदेखि सेतो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ । मच्छिन्द्र बहालदेखि आर्यालोकितेश्वरको मूर्तिलाई मन्दिरबाट बाहिर ल्याई भक्तजनको लावालस्कर साथ तीनधारा पाठशालामा निर्माण गरिएको शिखर शैलीको रथमा बिराज गराइए पश्चात सो जात्रा रथयात्राको रुपमा अगाडि बढेको हो ।
'नयाँ पुस्ताको परिवर्तनको आकाङ्क्षा नै हाम्राे एजेण्डा'
सिंहदरबारस्थित संसद् भवनमा आज प्रतिनिधिसभा सदस्यका रुपमा सपथ लिएपछि सांसद् मनिष खनालले आफ्नाे भूमिका जेन–जी बिद्रोहको भावनालाई सदनको रोष्टमबाट जीवन्त राख्नु आफ्नो प्राथमिकता हुने बताउनुभयो ।
रास्वपा संसदीय दलको नेतामा शाह चयन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन हुनुभएको छ ।
संसद्मा अब एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा
संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर सदनका बैठकमा बस्दै आएका तीन राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी अब भने एउटै बेञ्चमा बस्ने भएका छन् ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यद्वारा शपथ
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
राष्ट्रिय पोशाकमा सांसद (फोटो फिचर)
शपथ ग्रहण समारोहमा विभिन्न राष्ट्रिय पोशाकमा सांसद सिंहदरबार पुगेका हुन् । सबै सांसदले ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीसँग पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ ।
सेती–कर्णाली नदीमा ‘एङ्गलिङ’ प्रतियोगिता उत्सव
डोटी जिल्ला अन्तर्गत पर्ने सेती र कर्णाली नदी क्षेत्रका कतिपय स्थानहरु यतिबेला विदेशी पर्यटकहरुको चहल–पहलले भरिएका छन् । अरु समयमा स्थानीय बासिन्दाको मात्र उपस्थिति देखिने नदी क्षेत्रमा अहिले विदेशी पाहुनाहरूको आवत–जावतले नयाँ रौनकता थपिएको छ ।
महादेव खोला कोरिडोरका अनधिकृत संरचना हटाइयो
काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ११ को हिलेडोल क्षेत्रमा अनधिकृतरुपमा बनाइएका संरचना भत्काइएको छ । महादेव खोला किनारमा खोलाको मापदण्ड मिचेर बनाइएका संरचना भत्काइएको हो ।
नवनिर्वाचित सांसदको शपथ आजै, सबै तयारी पूरा
सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनमा सक्रिय भएको छ। बिहीबार अपराह्न २ बजे शपथ समारोह आयोजना हुने योजना छ।
झापामा बर्डफ्लु : दमकको फार्ममा तीन करोडको क्षति
झापा जिल्लाको दमक–१० स्थित एक ठूलो कुखुरा फार्ममा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ। यस घटनाले स्थानीय कुखुरापालक किसानहरूमा गम्भीर चिन्ता थपेको छ।
प्रसारण लाइन निर्माण र सञ्चालनमा अब निजी क्षेत्र
विद्युत् उत्पादनमा अग्रणी भूमिका स्थापित गरिसकेको नेपालको निजी क्षेत्रले अब प्रसारण लाइन पनि आफ्नै लगानी र नेतृत्वमा निर्माण तथा सञ्चालन गर्ने अवसर पाएको छ । प्रसारण लाइन निर्माण गर्न सक्षम रहे पनि अवसर नदिइएको गुनासो गर्दै आएको निजी क्षेत्रलाई चार वटा प्रसारण लाइन निर्माण तथा सञ्चालनसमेत गर्ने गरी नेपाल विद्युत् प्राधिकरणले आशयपत्र माग गरेको छ ।
‘मतदानको उत्साह लोकतन्त्रप्रतिको आस्था’
राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमा मतदाताले देखाएको अभूतपूर्व सहभागिता लोकतन्त्रप्रतिको अटुट विश्वास भएको बताउनुभएको छ । चुनावी प्रक्रिया समापनका अवसरमा निर्वाचन आयोगले बुधबार आयोजना गरेको जलपान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सु्दृढ तुल्याएको बताउनुभयो ।
नवनिर्वाचित सांसदको शपथ आज
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराउँदै हुनुहुन्छ । उहाँले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गर्नुभयो ।
शपथ गराएका ज्येष्ठ सदस्य
प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य अर्जुननरसिंह केसीले ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधि सभाको सदस्यको शपथग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ सदस्य केसीलाई बुधबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रमबिच शपथ गराउनुभएको हो । सङ्घीय संसद् सचिवालयका अनुसार ज्येष्ठ सदस्यका रूपमा शपथ लिनुभएका केसी ७८ वर्षका हुनुहुन्छ । नवयुवा पुस्ताको आन्दोल
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेस
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन पेस गर्नुभएको छ ।
घोषित मितिमै निर्वाचन गर्न आयोग सफल : प्रमुख आयुक्त भण्डारी
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विभिन्न जटिलता र व्यवधान बेहोरेर पनि निर्वाचन आयोगले घोषित मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरेको बताउनुभएको छ ।
सेतो मच्छिन्द्रनाथ जात्राको तयारी
काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण पुगेको छ ।