• ७ कात्तिक २०८२, शुक्रबार

विश्वकप लिग–२ को अभ्यासमा नेपाली टिम (फोटो फिचर)

blog

विश्वकप लिग–२ को अभ्यासमा व्यस्त नेपाली क्रिकेट टिम । तस्बिरः क्यान

काठमाडौँ, कात्तिक ७ गते। आइसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाकाका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम अभ्यासमा व्यस्त छ। 

लिग–२ अन्तर्गत युएई र अमेरिकासँग हुने शृङ्खलाकाका लागि युएई पुगेको नेपाली टिम अभ्यासमा व्यस्त भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको हो।

यूएई शृङ्खलाका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टिम घोषणा भइसकेको छ। क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल‌ आलमलाई  हङकङ सिक्सेस टिममा पठाएर विश्वकप लिग–२ खेल्ने  टिममा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ।

लिग–२ अन्तर्गत युएई र अमेरिकासँग शृङ्खला कात्तिक ९ देखि १९ गतेसम्म युएईमा हुँदैछ।  


नेपालले पहिलो खेल कात्तिक ९ गते आइतबार अमेरिकासँग खेल्दैछ भने दोस्रो खेलमा कात्तिक १३ गते बिहीबार युएईसँग प्रतिस्पर्धा गर्ने छ। शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग खेल्ने नेपालले शृङ्खलाको अन्तिम खेलमा कात्तिक १९ गते बुधबार युएईसँग प्रतिस्पर्धा गर्ने छ। 

विश्वकप लिग–२ मा १२ खेल खेलेको नेपालले १६ अङ्क जोडेको छ। समान खेल खेलेको युएईले ६ अङ्क मात्र जोडेको छ। तालिकामा नेपाल सातौं स्थानमा छ भने युएई आठौं स्थानमा छ। 

२० खेल खेलिसकेको अमेरिका २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ। अमेरिकाले २० खेल खेल्दा १४मा जित र ६ मा हारको सामना गरेको छ।