गण्डकीमा राष्ट्रिय सभा चुनाव : २२९ मतदाता, ६३५७ मतभार
थिल्लो सदन राष्ट्रियसभा निर्वाचनको कार्यतालिका बमोजिम बुधबार देशका सातै प्रदेशमा उम्मेद्वारहरुले मनोनयनपत्र दर्ता गर्दै छन् । गण्डकी प्रदेशबाट दुई सदस्यका लागि निर्वाचन हुँदै छ ।
त्रिविको अतिक्रमित जग्गा : फिर्ता ल्याउने काममा विलम्ब
त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ सार्वजनिक भएको तीन महिना बितिसक्दा पनि अतिक्रमणमा परेका जग्गा फिर्ता ल्याउने विषयमा ठोस प्रगति देखिएको छैन । समितिले त्रिविको जग्गा विभिन्न व्यावसायिक तथा सामाजिक संस्थाबाट अतिक्रमणमा परेको तथ्यसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो । उक्त प्रतिवेदन असोज अन्तिम साता सार्वजनिक भएको थियो । प्रतिवेदन कार्यान्वयनका लागि फेरि अर्को समिति बनाउने तयारी भएको छ ।
परामर्श नहुँदा विषादीले ढाकिन्छ तरकारी
नेपालमा विगत केही वर्षदेखि तरकारीको उत्पादन उल्लेखनीय मात्रामा वृद्धि भएको छ तर किसानले तरकारीबालीमा विषादीको समुचित प्रयोग गर्न नजान्दा विषादीको अत्यधिक मात्रा फेला पर्न थालेको छ ।
‘सुरक्षाको सम्पूर्ण प्रत्याभूति सरकारले गर्छ, तोकिएकै समयमा निर्वाचन हुन्छ’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन सुरक्षाको सम्पूर्ण प्रत्याभूति जनाएको र तोकिएको समयमा नै निर्वाचन हुने बताउनुभएको छ।
टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा : कुशल र आदिल आउट, शेर र बसिरलाई अवसर
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपाली टिम घोषणा गरेको छ।
मन्त्रिपरिषद् बैठकका ३५ निर्णय (सूचीसहित)
मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नु हुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
एमालेले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने
नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिनेमा प्रमाणीकरणका लागि चलचित्र विकास बोर्डलाई बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ।
सत्य र न्याय बुझेर मात्र मतदान गर्नुहोला
भदौ २३ र २४ गते जेनजीको असाधारण आन्दोलनपछि सत्ता बदलियो । आन्दोलनको जनादेशसँगै प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित सरकारलाई फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने कार्यादेश प्राप्त छ ।
हिउँले छोपेको मुस्ताङ–डोल्पा जोड्ने सडक
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, साङ्ता गाउँ आसपासका क्षेत्र हिउँले छपक्कै छोपेको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिकालाई सडक सञ्जालले जोड्ने साङ्ता आसपासको सडक तथा भिरपाखा सबै हिउँले सेताम्मे भएको हो ।
चैतदेखि देशव्यापी आर्थिक गणना
देशको अर्थतन्त्रको यथार्थ तस्बिर तयार पार्ने उद्देश्यसहित सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२ गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ मूल नारासहित आगामी चैतदेखि देशव्यापी बृहत् अभियान घोषणा गरेको हो ।
निर्वाचन आचारसंहितामा दण्डात्मक व्यवस्था
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले चुनावी आचारसंहितालाई सुधारात्मकसँगै दण्डात्मक विषय पनि समेटेको बताउनुभएको छ । सोमबार बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकमा कार्यवाहक प्रमुख भण्डारीले विगतमा आचारसंहितालाई बढी नैतिकतासँग जोडिए पनि अहिले कानुन अनुसारका दण्डात्मक व्यवस्थालाई पनि समेटिएको बताउनुभएको हो ।
प्रदूषक गाडी, निष्क्रिय नियमनकारी
काठमाडौँ उपत्यकामा ५३ प्रतिशत सार्वजनिक सवारी वायु प्रदूषणको मापदण्डविपरीत गुडिरहेका छन् । पुराना सवारीले तोकिएको मापदण्डभन्दा दोब्बर प्रदूषणयुक्त कालो धुवाँ फाल्दै सडकमा गुडिरहँदा पनि नियमनकारी निकायको प्रभावकारिता भने देखिँदैन । यसले गर्दा चिसो मौसमसँगै उपत्यकाको वायु प्रदूषणलाई तीव्रता मिलेको छ ।
टी–२० विश्वकप ट्रफी नेपाल आउनु देशका लागि गौरव : राष्ट्रपति पौडेल
राष्ट्रपति भवन शीतल निवासमा सोमाबार विश्वकप ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गर्नुभयो ।
‘पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको स्थानहद फुकुवा’
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फुकुवा गरिएको छ ।
जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराइने
सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।
स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकहरुको आग्रह
देशको विभिन्न भूभागमा चिसो बढ्दै जाँदा शीतलहर र हिमपातका कारण जनजीवन प्रभावित हुन थालेको छ। जाडोयाममा तापक्रम घट्दा स्वास्थ्यमा असर पर्न थालेको छ।
शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो
शतायु नाघेका म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, बगरफाँटका खड्गबहादुर थापा शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुहुन्छ । नियमित दिनचर्या, खानपान र धार्मिक आस्थालाई जीवनको आधार बनाउनुभएका उहाँको दीर्घायु यहाँका मानिसहरूका लागि प्रेरणा बनेको छ ।
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
मकवानपुरमा सुमो दुर्घटना : मृतक चारको पहिचान खुल्यो
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा मृत्यु भएका छ जनामध्ये चार जनाको पहिचान खुलेको छ ।
कृषि वैज्ञानिक पलायन बढ्दो
मुलुकमा रोजगारी नपाएर दैनिक दुई हजारभन्दा बढी जनशक्ति विदेश गइरहेका बेला भएको जागिरसमेत छोडेर जाने क्रम बढ्दै गएको छ । पछिल्लो समय कृषिक्षेत्रमा काम गर्ने कृषि वैज्ञानिक विदेश पलायन हुने गरेका छन् ।
नेपालमा सवारी खरिद तीव्र : प्रदूषण र जामको मारमा सहर
नेपालमा जति सवारीसाधन भित्रन्छन् र सञ्चालन हुन्छन्, ती सबै सहरकेन्द्रित हुँदा सहरी जनजीवन थेगिनसक्नु प्रदूषणको मार खेप्न बाध्य छ । त्यति मात्र होइन, बढ्दो सवारी चापले राजधानीलगायतका केही मुख्य सहरमा ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त हुने गर्छ, यद्यपि सहरको ट्राफिकिङलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकार तथा सरोकारवाला निकायले ठोस रणनीति बनाएर कार्यान्वयन गर्न सकिरहेका छैनन् ।
पर्यटकीय गन्तव्य बन्यो कालु पाँडे पार्क
नेपालको ऐतिहासिक स्थलका रूपमा परिचित चन्द्रागिरिको काजी कालु पाँडे पार्कसहित आसपासको क्षेत्र रमणीय बन्दै गएको छ । काठमाडौँ उपत्यकाको धुवाँधुलोसहितको प्रदूषणबाट थोरै टाढाको यो क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटनको राम्रो थलो बनेको हो ।
न्यायालय बलियो भएमात्र नागरिकलाई ढुक्क हुने अवस्था हुन्छः प्रधान न्यायाधीश राउत
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालय बलियो भएमात्र नागरिकलाई ढुक्क हुने अवस्था हुने बताउनुभएको छ।