• २० कात्तिक २०८२, बिहिबार

संविधानमा उल्लेखित आदिबासी सवाल र कार्यान्वयन विषयमा संवाद

blog

कार्यक्रममा सहभागी अतिथिहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक १९ गते । नेपालको संविधान २०७२ मा आदिबासी जनजातिको सवाल विषयमा बुधबार यहाँ गम्भीर छलफल भएको छ । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानको आयोजना र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित कार्यक्रममा डा. कृष्ण भट्टचन र अधिवक्ता शंकर लिम्बूले विषय प्रस्तुत गर्नुभएको थियो । 

प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको सभापतित्वमा भएको कार्यक्रममा संविधानमा उल्लेखित आदिबासीको सवाल र कार्यान्वयनको अवस्था विषयमा छलफल र संवाद भएको प्रतिष्ठानका सदस्यसचिव ज्ञानेन्द्र पुनले जानकारी गराउनुभयो । कमलादी काठमाडौंमा आयोजित कार्यक्रममा आदिवासी जनजाति आयोगको अध्यक्ष रामबहादुर थापामगर, नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भूपाल राई, नेपाल आदिवासी जनजाति महासघको अध्यक्ष गेल्जे लामा शेर्पा, राष्ट्रिय आदिवासी जनजाति महिला महासघको अध्यक्ष निमी शर्पा, इनोल्यागका अध्यक्ष इन्दिरा श्रीसमगर लगायतले प्रस्तुतीमाथि धारणा राख्नुभएको थियो । 


कार्यक्रममा जातीय संस्थाको अध्यक्ष तथा प्रतिनिधीहरु, संचालक परिषद सदस्यहरु र आदिवासी जनजाति अभियनताहरुहरुको सहभागिता थियो । अध्ययनकर्ता डा भट्टचन र अधिबक्ता लिम्बूले अध्ययन अनुसन्धान गर्नुभएको सो प्रतिवेदनमाथिको छलफल उपलब्धीपूर्ण भएको प्रतिष्ठानका उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।