३१ औँ काठमाडाैँ महानगर दिवस (फाेटाे फिचर)
काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई विशेष महत्त्व दिएर बढाउने नीति अपनाएको बताउनुभएको छ ।
दृढ अठोट र ऊर्जासहित आचरणशील र नेतृत्वको खाँचो छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गर्नुभएको छ ।
वन्यजन्तु जोगाउन नेपाल–चीन नाकामा संयुक्त गस्ती
चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकाको छोसेर क्षेत्रमा वन्यजन्तुको सुरक्षाका लागि गस्ती बढाइएको छ ।
निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सरकारको प्रमुख दायित्व : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकाले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्य अनुरुप अघि बढेको बताउनुभएको छ ।
पहिरो नियन्त्रण गर्ने सहमतिपछि खुल्यो तातोपानी नाका सडक
बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत भीषण इको पहिरो दुई महिनाभित्र नियन्त्रण गरेर बस्ती संरक्षणका काम गर्ने सहमतिपछि तातोपानी नाकाको कोदारी सडकखण्ड सूचारु भएको छ ।
ओली र पोखरेलबिच प्रतिस्पर्धा हुँदै
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी ११ औँ महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदै छ । निर्वाचन जित्नेमा ढुक्क देखिनुभएका ओलीले अध्यक्ष पदमा निरन्तरता दिने घोषणा गर्नुभएको छ । उहाँले भन्नुभयो, “म अध्यक्षमा निर्विरोध हुन्छु होला ।” मुलुकको लोकतन्त्र, संविधान र अग्रगमन सङ्कटमा रहेकाले त्यसको रक्षाका लागि पनि एमाले एकताको अपरिहार्यता भएको उहाँले बताउनुभयो । एमाले फुटेर होइन, जुटेर सङ्घर्ष गर्दा उपलब्धि हात लाग्ने उहाँको आग्रह छ ।
स्थानीय तहमा सीमा विवाद : साढे आठ वर्षसम्म पनि उस्तै
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको वडा नं. ४ र ५ को वडा मिलान नहुँदा सेवाग्राहीलाई वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीसम्म पुग्न समस्या भएको छ । वडा मिलान नहुँदा एक किलोमिटरको दुरीमा रहेको सेवाप्रदायक कार्यालयसम्म पुग्न सेवाग्राहीलाई तीन घण्टासम्म लाग्ने गरेको छ ।
पुराना नेताको चुनाव नलड्ने स्वघोषणा
सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा गरेपछि चुनावी माहोल तातेको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायत दलका शीर्ष नेताहरूले चुनाव लड्ने तयारी थाल्नुभएको छ ।
यसरी छनोट हुँदैछन् ३०१ केन्द्रीय कमिटी सदस्य
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट निर्वाचित हरेक भूगोल र क्षेत्रमा ४० वर्ष मुनिका युवालाई अनिवार्य सहभागिता हुनेगरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरिएको छ ।
राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिनुभएको छ ।
‘समावेशी विकासमा सरकारले काम गरिरहेको छ’
प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताउनुभएको छ ।
एमाले महाधिवेशनको बन्दसत्र सुरु
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ।
राष्ट्रिय आवास कम्पनी कार्यालयमा काम ठप्पः सुरक्षाको माग गर्दै कर्मचारी आन्दोलनमा
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनी योजना कार्यालयमा आइतबारदेखि सम्पूर्ण कामकारबाही ठप्प पारिएको छ ।
पाँच वर्षदेखि लगातार तीन करोड बजेट, योजना भने अलपत्र
खानेपानी योजनाका लागि गएको पाँच वर्षदेखि हालसम्म दुई करोड ९९ लाख रुपियाँ बजेट आए पनि योजना कार्यान्वयन नहुँदा ४२५ घरपरिवार काकाकूल बनेका छन् ।
समानुपातिकतर्फ त्रिचालिस दलले भाग नलिने
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दल दर्ता गराएका १४ वटा दलले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग नलिने भएका छन् । आयोगमा दर्ता कायम रहेका दलको सङ्ख्या १४३ छ । प्रत्यक्षतर्फ २९ र समानुपातिकतर्फ ४३ वटा दलले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा भाग नलिने भएका हुन् ।
सहकारी व्यवस्थापन समिति आफैँ ‘समस्याग्रस्त’
बैसट्ठी हजार ७६० बचतकर्ताको ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रुपियाँ बचत राफसाफ गर्न सरकारले स्थापना गरेको संस्था नै भद्रगोल छ । बचतकर्ताको रकम अपचलन र आर्थिक अनियमितता गरेका २७ सहकारीलाई समस्याग्रस्त घोषणा गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय आफैँ ‘समस्याग्रस्त’ भएको हो ।
विश्वम्भरको जर्बुटा कला अद्वितीय
कलाकार विश्वम्भर लामिछाने हरेक रुख, बोटबिरुवाको जरा र हाँगालाई विशेष रूपमा नियाल्नुहुन्छ । त्यसलाई सुमसुम्याउनुहुन्छ । सफा गर्नुहुन्छ । त्यसमा विभिन्न भाव सन्देशसहितको विम्ब खोज्नुहुन्छ वा परिकल्पना गर्नुहुन्छ । परिकल्पनालाई साकार पार्न सामान्य काँटछाँट, ताछतुछ गरेर रङरोगन भरेर एउटा विस्तृत कथासहितको अद्वितीय कला सिर्जना गर्नुहुन्छ । कथासहितको कला तयार भएपछि आत्मसन्तुष्टिसहित मुस्कुराउनुहुन्छ । प्रेमसहित आफ्नो सङ्ग्रहालयमा एउटा अतुलनीय र अद्वितीय कला थप्नुहुन्छ ।
ट्रफीको लागि खेल्दा कार र बाइक सबै मिल्यो : कप्तान रोहित
टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका रोहितले सर्वोत्कृष्ट खेलाडीको उपाधिसहित ६३ लाख रुपियाँ बराबरको ओमोडा कार र सर्वाधिक रन कर्ताको पुस्कार स्वरुप पल्सर मोटरसाइकल पुरस्कार पाउनुभयो ।
एमाले समृद्धिको स्वप्नद्रष्टा हो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक एमालेले अर्को एमालेसँग मन मिलाउनु, हात मिलाउनुमै पार्टी र देशको हित भएको बताउनुभएको छ ।
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई : दोस्रो पटक फाइनलमा चुक्यो सुदूरपश्चिम
नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ । फाइनलमा सुदूरपश्चिम रोयल्सलाई आठ विकेटले हराउँदै उपाधि उचालेको हो ।
टुँडिखेलमा नाँचियो साकेला (फोटो फिचर)
प्रकृति पुजारी किराती समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौलीको अवसरमा साकेला तथा चण्डी नाँच नाँचेको छन्।
एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक
नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गर्नु भएको छ ।
महाधिवेशनले एकताको सन्देश दिन्छ : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको ११ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउनु भएको छ।
नेपाल–अङ्ग्रेज युद्ध : स्मारकमा गोरखालीको वीरगाथा
वीर बलभद्र कुँवर नेपाल र नेपालीका लागि गौरवका पात्र हुन् । नेपालको इतिहासमा उनको नाम स्वर्णाक्षरले लेखिएको छ । नेपालको इतिहासमा मात्र होइन, वैश्विक युद्धको इतिहासमा बलभद्र कुँवर अविस्मरणीय व्यक्तित्व बनेका छन् ।