बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट पाँच यात्रु लिएर आज दिउँसो १२ बजेर २ मिनेट जाँदा खार्तम्छास्थित बालाबेँसी आइपुगेको हेलिकप्टर अवतरणको क्रममा भित्तामा ठोक्किएको थियो ।
राष्ट्रपतिद्वारा घोडेजात्रा अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली सेनाद्वारा घोडेजात्रा–२०८२ का अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ ।
सांसदको शपथ तयारी: यस्तो बन्यो नयाँ हल (फोटो फिचर)
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथका लागि नयाँ हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
एकल घोडेजात्रा (फोटो फिचर)
पाटन दरबार क्षेत्रबाट घोडेजात्राका लागि भीमसेन गुठी च्योः खलःका गुठियारले प्रतिनिधित्व गरी घोडसवार गरी बालकुमारीसम्म पुगी घोडेजात्रा मनाइएको हो ।
सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिनुभएको छ ।
हेलिकाेप्टर दुर्घटना : चालकसहित ५ सवार, एक घाइते
खोटाङमा भएको हेलिकाेप्टर दुर्घटनामा कसैको ज्यान गएको छैन, एक जना घाइते हुनुभएको छ । सुरुमा लास लिएर आएको हेलिकप्टर दुर्घटना भएको भनिए पनि दुर्घटनाग्रस्त हेलिकप्टमा लास नभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले बताउनुभयो ।
कोरला नाकामा चिसो घटेपछि लयमा फर्कियो ब्यवसाय
अत्यधिक चिसोसँगै कोरला नाकाको ब्यवसाय छाडेर पोखरा जानुभएका उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –२, छोसेरका पेमा छिरिङ गुरूङ दुई महिनापछि ब्यवसायमा फर्किनुभएको छ ।
राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
नागरिक लगानी कोषले मनायो ३६औँ वार्षिकोत्सव (फोटो फिचर)
नागरिक लागानी कोषले आफ्नो स्थापनाको ३६ औँ वार्षिकोत्सव मनाएको छ । कोषले बुधबार बिहान एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
ङत अजिमा जात्रा
पाहाँचर्को साँझबाट नरदेवी जात्रा (ङत अजिमा)को जात्रा सुरु भएको छ । दुईसम्म हुने जात्रा पाहाँचर्हे र सोको भोली पल्ट घोडेजात्राको दिन नरदेवी मन्दिरको विपरित दिशामा रहेको डबलीमा नचाइन्छ ।
भत्केको अर्थतन्त्रमा आशाको सञ्चार
चम्किलो सेतो रङले सधैँ टलक्क देखिने अर्थ मन्त्रालयका बाहिरी भित्ता गत असोज १ गतेसम्म कालो धुवाँले पोतिएका जस्ता देखिन्थे । त्यसो त उक्त मितिसम्म सिंहदरबार नै खण्डहर बनेको थियो । त्यसैको अर्को दिन भित्तामा टाँसिएको कालो निखार्न चलिरहेको रङरोगनले अर्थपरिसर गन्धयुक्त थियो ।
जनादेशबाट पाखा लाग्यो पहिचानवादी धार
सङ्घीयता र पहिचानवादी दल प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ बाट पाखा लागेका छन् । २०४८ सालयता सङ्घीय संसद्को तल्लो सदनमा पहिचानवादी पक्षधर दलको प्रतिनिधित्व नभएको यो पहिलो अवसर हो ।
प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै
सङ्घीय संसद् सचिवालयले चैत १३ गतेभित्र नवनिर्वाचित सदस्यको शपथग्रहण गराउने आन्तरिक तयारी गरेको छ । निर्वाचन आयोगले चैत ५ गते निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने जनाएको छ । आयोगले परिणाम बुझाएको केही दिनभित्रै शपथग्रहण गराउने सचिवालयको तयारी छ ।
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सरकारले कर्मचारीको सरुवा प्रणालीलाई पूर्णतः प्रविधिमैत्री बनाई कार्यान्वयन गर्ने अन्तिम तयारी गरेको छ । कर्मचारी सरुवामा सधैँ आलोचना हुँदै आएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अबदेखि कर्मचारी सरुवाको दिगो समाधान गर्न लागेको हो । नयाँ आउने सरकारले कर्मचारी सरुवामा अल्झन नपर्ने गरी कर्मचारी सरुवा प्रणालीलाई प्रविधिमैत्री बनाएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
रास्वपाको सरकार बनेपछि खबरदारी गर्नुस् : उपसभापति वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित प्रतिनिधि सभा सदस्याका लागि अभिमुखीकरण कार्यक्रम ललितपुरमा जारी छ।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा एमालेको प्रशंसा
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई धन्यवाद दिनुभएको छ ।
देशभर २४ घण्टामा ७३ विपद्का घटनाः चार जनाको मृत्यु
नेपालभर पछिल्लो २४ घण्टामा विभिन्न प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटनामा परी चार जनाले ज्यान गुमाएका छन् ।
हावाहुरीसहितको असिनाले किसान चिन्तित, हजारौँ बिघाको बाली नष्ट
सुनसरीमा सोमबार राति आएको हावाहुरीसहितको असिनापानीले मकै, गहुँ तथा तरकारी बालीमा ठुलो क्षति पुर्याएको छ।
रास्वपा नवनिर्वाचित सांसदको अभिमुखीकरण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।
राष्ट्रपति पौडेलद्वारा एमाले अध्यक्ष ओलीप्रति समवेदना प्रकट
राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहनुभएका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समवेदना प्रकट गर्नुभएको छ ।
बालेन लहरको मनोविज्ञान
हालै सम्पन्न चुनावमा २०७९ सालमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकको अनुमानभन्दा फरक नतिजा ल्याएको छ । १८२ सिट अर्थात् झन्डै दुई तिहाइ सिटको जितपश्चात् रास्वपाले हासिल गरेको सफलतालाई चुनावी लहर विशेष गरेर बालेन्द्र (बालेन) शाहको पक्षमा आएको लहर भनेर विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय सञ्चार जगत् र
नेपालको समृद्धि साझा लक्ष्य
प्रधानमन्त्री सुशीला कार्कीले परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको नेपाल नयाँ राजनीतिक परिवेशअनकूल मुलुकलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जागृत भएको बताउनु भएको छ ।
निर्वाचन प्रहरी : सुविधाभन्दा सिकाइ बढी !
रुपन्देहीको तिलोत्तमा–१ का ४७ वर्षीय प्रेमप्रसाद पौडेल निर्वाचन प्रहरीको ४० दिने जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी घर फर्किनुभयो । पौडेलका लागि नेपाल प्रहरीको अस्थायी छोटो जागिर केवल रोजगारी मात्र नभई अनुभव, सिकाइ र जीवनमा नयाँ ऊर्जा थप्ने अवसर बन्यो ।
काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा
मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ।