आफूखुसी डिजाइन फेरिँदा कोलेनिका भवन निर्माण अलपत्र
कोष तथा लेखा नियन्त्रक कार्यालय गौरको निर्माण अलपत्र परेको छ । भवन निर्माणको प्रक्रिया पूरा गरी काम अन्तिम चरणमा पुगेपछि फेरि डिजाइन परिवर्तन गरिँदा भवन निर्माण अलपत्र परेको हो ।
आन्दोलन शिष्ट, माग विशिष्ट
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने र त्यसमा पेसागत सुरक्षा सुनिश्चित हुनुपर्ने माग गर्दै सामुदायिक विद्यालयका शिक्षक चैत २० गतेदेखि राजधानीकेन्द्रित आन्दोलनमा छन् । सधैँ कक्षाकोठामा विद्यार्थीलाई नयाँ कुरा सिकाइरहेका शिक्षकले आन्दोलनमार्फत केही नयाँ सन्देश पनि प्रवाह गरिरहेका छन् ।
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरू आन्दोलनमा बसिरहनुनपर्ने बताउनुभएको छ ।
विशिष्ट खालको समावेशी भएमात्र लोकतन्त्र सुन्दर बन्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यको हरेक क्षेत्रमा विशिष्ट खालको समावेशी भएमात्र लोकतन्त्र सुन्दर हुने बताउनुभएको छ ।
एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरू असफल भएको जनाउँदै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताउनुभएको छ ।
सङ्घीयतालाई अझै बलियो बनाउन अन्तर प्रदेश परिषद्लाई व्यवस्थित बनाउँदैछौँ : सञ्चारमन्त्री
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा आयोजित ‘सङ्घीयताको कसीमा तहगत अन्तरसम्बन्ध’ विषयक गोष्ठीमा सङ्घीयता कार्यान्वयन, प्रदेश सरकारको अधिकार र निर्वाचन प्रणालीबारे सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङको धारणा प्रस्तुत गरिएको छ ।
कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव
सरकारी कर्मचारीको अनिवार्य अवकाश र ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई सिफारिस गरेको छ ।
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज प्रदर्शन निरीक्षण गर्नुभएको छ ।
दाउन्ने सडक : बिस किलोमिटर जाम, यात्रुको बिचल्ली (फोटो फिचर)
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्नेमा चिप्लो बाटोका कारण सवारी साधन चल्न नसक्दा यात्रुको बिचल्ली भएको छ । राति १२ बजेदेखि एउटा गाडी पनि पास हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।
मुक्त कमैयाको पीडा: जग्गाको पोत तिर्छन् तर स्रेस्ता कायम हुँदैन
सन्तोष दहितदाङ, चैत २९ गते । दाङको राप्ती गाउँपालिका–२, मुक्तिनगरका मुक्त कमैया डिल्ली चौधरीले मालपोत तिर्न थालेको दुई दशकभन्दा बढी भइसक्यो । उहाँले हरेक वर्ष स्थानीय तहमा गएर भूमि कर तिर्नुहुन्छ । तर दुई दशक बित्दा पनि मालपोत कार्यालयले जग्गाको स्रेस्ता कायम गरिदिएको छैन । “मालपोत कार्यालय र नापी शाखा धाउँदा धाउँदै थाकिसकेँ, अझै स्रेस्ता कायम भएको छैन,” उहाँले भन्नुभयो ।सरकारी कर्मचारीले स्रेस्ता कायम नगरी वर्षौँदेखि झुलाइरहेको उहाँले गुनासो गर्नुभयो । उहाँले २०५७ सालदेखि जग्गा भोग चलन गर्दै आएको बताउनुभयो । उहाँले २०५८ सालमा पाँच कट्ठाको जग्गाधनी प्रमाणपत्र पाउनुभएको थियो ।यस्तै कमलप्रसाद कुमालको पनि समस्या उस्तै छ । उहाँ पनि बर्सेनि मालपोत त तिर्दै आउनुभएको छ, तर उहाँको नाममा स्रेस्ता कायम हुन सकेको छैन । “जति पटक गए पनि काम हुँदैन, रित्तो हात फर्काउँछन्,” कुमाल गुनासो गर्नुभयो ।डिल्ली र कमलप्रसाद त उदाहरण मात्रै हुनुहुन्छ । मुक्तिनगरका १६ मुक्त कमैया परिवारको साझा समस्या यही हो । दुई दशकदेखि जग्गाको स्रेस्ता कायम गर्न सदरमुकाम धाइरहेका छन् । तर जति कोसिस गर्दा पनि केही सीप नलागेको उहाँहरूको गुनासो छ ।सरकारले २०५७ साउन २ मा कमैया मुक्तिको घोषणा गरेपछि जमिनदारको घरबाट मुक्त गराउँदै सामुदायिक वन क्षेत्रको सरकारी जग्गामा बसोबासको व्यवस्था गरेको थियो । त्यही क्रममा राप्ती गाउँपालिका–२ स्थित कालिका सामुदायिक वनको जग्गामा संयुक्त बस्ती बनाएर १२६ परिवारलाई बसालेको थियो ।प्रतिपरिवार पाँच कट्ठाका दरले जग्गा पाएका थिए। त्यसपछि भूमि सुधार तथा व्यवस्था मन्त्रालयले गठन गरेको मुक्त कमैया पुनः स्थापनाका लागि गठित जग्गा दर्ता समितिले जग्गाको प्रमाणपत्र पनि दिएको थियो । २०५८ जेठ १० मा उनीहरूले जग्गाधनी प्रमाणपत्र पाएका थिए ।त्यसका आधारमा उनीहरूले हरेक वर्ष मालपोत पनि तिर्दै आएका छन् । १२६ मध्ये ११० परिवारको स्रेस्ता कायम पनि भएको छ । बाँकी १६ परिवारको भने अहिलेसम्म स्रेस्ता कायम गराउन नसकिएको मुक्त कमैया समाज, दाङका अध्यक्ष हरिशचन्द्र चौधरी बताउनुभयो । “मालपोत कार्यालय विभिन्न बहानामा जग्गा स्रेस्ता कायम गर्न आलटाल गरिरहेको छ,” अध्यक्ष चौधरीले भन्नुभयो ।
मुग्लिङ–पोखरा सडक: ४८ प्रतिशत प्रगति
काठमाडौँ र पूर्वी नेपाललाई पर्यटन राजधानी पोखरासँग जोड्ने सडक सहज हुँदै गएको छ । पोखरादेखि मुग्लिङसम्मको सडक स्तरोन्नतिले गति लिँदा पछिल्लो समय कास्कीको पोखरा महानगर क्षेत्रमा पनि तीव्र गतिमा काम भइरहेको छ । यसअघि मापदण्डका संरचना, बिजुली पोल, खानेपानी पाइप व्यवस्थापन जस्ता समस्याले काम सुस्त थियो ।
प्राकृतिक चिकित्साले चामत्कारिक उपचार
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन स्वास्थ्योपचारका लागि थुप्रै मुलुक धाउनुभयो ।
उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताका आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिनुभएको छ ।
तीनै तहको सरकारले सुशासन प्रवर्धनमा ध्यान दिनुपर्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीयता कार्यान्वयनका क्रममा तीनै तहको सरकारले सुशासन प्रवर्धनमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
बाढीले निर्माणाधीन पक्की पुलमा क्षति
बिहीबार बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ ।
वैदेशिक सहायता घट्दै गयोः परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरु सङ्कुचित हुँदै गएको बताउनुभएको छ ।
सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली सेना अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शानः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना नेपालको मात्र नभइ अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान, शान्ति र मानवताको प्रतीक भएको बताउनुभएको छ ।
पाथीभरा दर्शनार्थीलाई स्वागत गर्दै लालीगुराँस (फोटो फिचर)
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा ढकमक्क लालीगुराँस फुलेको छ । गुराँस फुल्ने मौसम भएसँगै पाथीभरा क्षेत्रमा ढकमक्क गुराँस फुलेको हो ।
प्रधानमन्त्री ओलीले बजेटको तयारीबारे मन्त्री र सचिवसँग छलफल गर्नुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्थिक वर्षको बजेट तयारीबारे सबै मन्त्री र सचिवहरूसँग छलफल गर्दै हुनुहुन्छ ।
२० वटा फार्मेसीमा आठ लाख मूल्यको म्याद सकिएका औषधि बरामद
सल्यान जिल्लामा म्याद सकिएका औषधि तथा सर्किजल सामग्रीहरू बिक्रीका लागि राखिएको भेटिएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको समन्वयमा जिल्ला प्रशासन कार्यालय सल्यान र औषधि व्यवस्था विभाग नेपालगन्जको संयुक्त अनुगमन टोलीले झन्डै ७ लाख ९८ हजार ६ सय ९२ रुपैयाँ बराबरका म्याद सकिएका औषधिहरू बरामद गरेको हो ।
इलामसँगै सुरु भएको बैतडीको चिया खेती कान्लामै सीमित
बैतडी, चैत २८ गते । कुनै बेला चियाका लागि प्रसिद्ध मानिने बैतडी खलङ्गाको चिया बगान अहिले खेतका आली र कान्लामा सीमित भएको छ । बैतडीमा चिया खेती हुन्छ भने कुरा अहिले सर्वसाधारणलाई मात्र होइन, कृषि क्षेत्रमा काम गर्ने सरकारी निकायका पदाधिकारीलाईसमेत थाहा छैन । सदरमुकामको गढी आसपास क्षेत्रका केही घरमा अहिले पनि बैतडीकै चियाको उपभोग हुने गरेको छ । यद्यपि सरकारी उदासीनताका कारण व्यावसायिक खेती भने हुन सकेको छैन । दशरथचन्द नगरपालिका–४, खलङ्गाको गढी क्षेत्रमा राणा कालमै सरकारी स्तरबाट चिया बगान स्थापना भएको पूर्व प्रहरी अधिकृत एवं स्थानीय ८४ वर्षीय वीरबहादुर चन्दले बताउनुभयो । बैतडीको चिया भारतको उत्तराखण्डसम्म जाने गरेको उहाँले बताउनुभयो । खलङ्गाको चिया पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको घर कुरकुटियाँसम्म कोसेलीका रूपमा जाने गरेको उहाँले स्मरण गर्नुभयो ।उहाँले भन्नुभयो, “इलाम र बैतडीमा सँगसँगै चिया खेती सुरु भएको हो । इलामको चिया विश्वभरि परिचित छ तर, बैतडीको चिया बगान मासिएर खेतका आली र कान्लामा सीमित हुन पुगेको छ । खलङ्गाका विभिन्न ठाउँको नाम नै चियाबारी, खोला बारी रहेका थिए । चिया बगानसँगै ती ठाउँका नाम पनि हराए । यो साह्रै दुःखको कुरा हो ।” खलङ्गा स्थित जिल्ला अदालत पछाडिको आफ्नो बारीमा अहिले पनि चियाका बोट रहेको प्रकाश चन्दले बताउनुभयो । उहाँले घरायसी प्रयोजन र आफन्त नातागोतालाई आफ्नै बारीको चिया उपभोगका लागि दिने गरेको बताउनुभयो । अधिकांश ठाउँमा स्याउला सोतरका रूपमा गाईबस्तुको गोठमा प्रयोग हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“ १५÷२० बोटले घरका लागि वर्षभरि चिया खान पुग्छ । टिप्न छाडेका केही बोटका हाँगा बढेर फल लाग्ने गरेको छ । हाँगामा फलेका दाना बिउका रूपमा आफै उम्रिन्छन् । खेत जोत्ने बेला आफै उखेलिएर नष्ट हुन्छ ।” चैतदेखि वैशाखसम्म मुना टिपेर घरका लागि चिया पत्ती बनाउने गरेको उहाँले बताउनुभयो । थप्दै उहाँले भन्नुभयो, “ चियाको मुना टिपेर एक रात ओइलाउन दिन्छौँ । भोलीपल्ट हातले माडेर कपडामा पोको पारेर राख्छौँ । तेस्रो दिन सुकाउन राखेपछि बास्नादार चिया पत्ती तयार हुन्छ । बजारको चिया मिठो लाग्दैन । बैतडीको चिया जस्तो वासनादार पनि हुँदैन ।”आफ्नो बारीमा पनि चियाका बोट रहेको खलङ्गाका विकास चन्दले बताउनुभयो । अर्का स्थानीय सुदर्शन खड्काको बारीमा पनि चियाका बोट रहेको उहाँले बताउनुभयो । चिया खेतीका लागि राम्रो सम्भावना भए पनि यो विषयमा सरकारी स्तरबाट खोज अनुसन्धान हुनु पर्ने उहाँले बताउनुभयो । खलङ्गाका केही स्थानमा चियाका बोट रहेको आफूले पनि सुनेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख हरिदत्त जोशीले बताउनुभयो । बैतडीमा कफी खेती भने राम्रो देखिएका बेला व्यावसायिक रूपमा चिया खेती फस्टाउन नसकेको उहाँले बताउनुभयो । चिया खेती गर्ने कुनै किसान पनि कार्यालयको सम्पर्कमा आएका छैनन् । यद्यपि यो विषयमा स्थलगत निरीक्षण गर्ने उहाँले बताउनुभयो । नेपालमा चियाको इतिहासतथ्याङ्क अनुसार वि.सं. १९२० मा कर्णेल गजराज सिंह थापाले चीनबाट उपहारस्वरूप प्राप्त भएको चियाको बिरुवा इलाममा रोपेपछि नेपालमा नेपालमा चिया खेतीको सुरुवात भएको मानिन्छ । कर्णेल थापा जङ्गबहादुर राणाका ज्वाँई थिए । थापाले जङ्गबहादुरकी जेठी छोरी वदनकुमारीसँग बिहे गरेका थिए । चिनिया सम्राट्बाट उपहारमा प्राप्त भएको चियाको बिरुवा जङ्गबहादुरको आदेश इलामका तत्कालीन बडाहाकिम तथा कर्णेल गजराजलाई दिएपछि नेपालमा चिया खेतीको औपचारिक सुरुवात भएको मानिन्छ । बैतडीमा कहिलेदेखि चिया खेती सुरु भयो ? भन्ने यकिन तथ्याङ्क नभए पनि इलामसँगै त्यति बेलाका अड्डा गौडाका बडा हाकिमको पहलमा बैतडीमा चिया खेती सुरु गरिएको स्थानीय ८४ वर्षीय वीरबहादुर चन्दको भनाइ छ । उहाँले प्रहरीमा नोकरी गर्ने बेला आफू इलाम पुग्दा त्यहाँका स्थानीयले बैतडीको चिया बगान कस्तो छ ? भनेर आफूलाई सोधेको बताउनुभयो ।
हुलाकी सडक अलपत्र, निर्माण व्यवसायीलाई सातदिने सूचना
हुलाकी राजमार्ग अन्तर्गत दाङ खण्डमा काम अलपत्र छोड्ने निर्माण व्यवसायीलाई कारबाही गरिने भएको छ ।
आठ महिनामा भित्रियो साढे दस खर्ब रुपियाँ रेमिट्यान्स
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा १० खर्ब ५१ अर्ब ७७ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ ।