• १६ भदौ २०८१, आइतबार

बडादशैंमा सांस्कृतिक झाँकी

सन्थाल समुदायको नृत्य प्रतियोगिता (फोटो फिचर)

blog

लीलाराज खड्का

बिर्तामोड, असोज १७ गते । बडादशैंको अवसर पारेर लोपोन्मुख सन्थाल जातिहरुको सांस्कृतिक झाँकीसहितको नृत्य प्रतियोगिताको आयोजना गरिएको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा झापाको कनकाई माध्यमिक विद्यालयको खेल मैदानमा भएको सन्थाल नृत्यमा झापा र मोरङ जिल्लाका १८ सन्थाल टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिताबाट गौरीगञ्ज सन्थाल युवा क्लब प्रथम, झापा गाउँपालिका सन्थाल समूह दोस्रो, बाह्रदशी राजगढ सन्थाल टिम तेस्रो र मदरगाछ सन्थाली टिम सान्त्वना उपाधि हात पारेको छ । विजयी टिमलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले क्रमश ३१ हजार, २५ हजार, २१ हजार १८ हजार रुपियाँ नगदसहित प्रमाणपत्र प्रदान गर्नुभयो । 


प्रतियोगिता गर्ने आयोजक संस्था कनकाई खेलकुद प्रतिष्ठानलाई नगद १ लाख रुपियाँ आर्थिक सहयोग गर्नुृभयो । दशैं मेलाको सन्थाल सांस्कृतिक कार्यक्रममा भाग लिन सन्थाल युवायुवतीसहितको सन्थाल समुदाय आफ्ना मौलिक बाजागाजा र भेषभूषामा सहभागी हुनुभएको थियो ।