उम्मेदवारको जरिवाना मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
सर्वोच्च अदालतमा स्थानीय तहका उम्मेदवारहरूको जरिवाना रकम मिनाहा गर्ने निर्णयविरुद्ध रिट दर्ता भएको छ ।
पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्ने बताउनुभएको छ । पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँमा निर्माण भएको आदिबराह मन्दिरको आज (बुधबार) उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरणको माध्यमबाट ग्रामीण अर्थतन्त्रको विकासमा टेवा पुर्याउन सकिने बताउनुभयो ।
राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाताको नामावली सार्वजनिक (सूचीसहित)
निर्वाचन अयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आज (बुधबार) दिउँसो ८८१ जनाको मतदाता नामावली सार्वजनिक गरेको हो ।
राष्ट्रपतिद्वारा पर्वतस्थित आदिवराह मन्दिर उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारी पर्वतको जलजला गाउँपालिकास्थित धार्मिक पर्यटकीय स्थल वराह तालमा निर्माण भएको आदि बराह मन्दिरको उद्घाटन गर्नुभएको छ ।
जरिवाना तिर्न नसकेर साउदीको जेलमा रहेका कार्कीलाई छुटाउन प्रधानमन्त्रीको पहल
डेढ वर्षदेखि साउदीको जेलमा रहेका धनकुटा फलामेटार निवासी दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सगरमाथा विमानस्थल निर्माण क्षेत्र : रुख कटान रोकियो
उदयपुरको त्रियुगा नगरपालिका–१ र २ जोगीदहस्थित सगरमाथा आन्तरिक विमानस्थल निर्माण क्षेत्रमा रुख कटानको काम रोकिएको छ ।
दूधको मूल्य बढाउने तयारी
किसानले उत्पादन गरेको दूधको मूल्य बढाउने तयारी गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले किसानको लागत मूल्य बढेको र उद्योगीको सञ्चालन खर्च बढेका कारण देखाउँदै प्रतिलिटर १० रुपियाँ मूूल्य बढाउने प्रस्ताव गरेको हो ।
मुटुमा पुग्न मुटुकै भाषा
दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले भन्नुभएको छ, “तपाईंले एक व्यक्तिसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो उसको टाउकोमा जान्छ तर तपाईंले उसकै भाषामा कुरा गर्नुभयो भने त्यो उहाँको हृदयसम्म पुग्छ ।”
नयाँ परिवेशमा गोरखापत्रले आफूलाई रूपान्तरण गर्नुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्रले आफ्ना प्रकाशनहरूलाई थप परिष्कृत र पठनीय बनाउँदै लैजानुपर्ने बताउनुभयो।
आईसीसी लिग–२ : नेपाल चारै खेलमा विजयी
कप्तान रोहित पौडेलले सम्हालिएर ब्याटिङ गरेपछि आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले चारै खेलमा जित निकालेको छ ।
सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन राष्ट्रपतिको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन आग्रह गर्नुभएको छ । यस कार्यका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय निकायहरू आपसमा समन्वय गरेर प्रभावकारी रूपमा अघि बढ्न पनि उहाँले आह्वान गर्नुभयो ।
तस्बिरमा ग्याल्पो ल्होसार
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन बौद्ध धर्मावलम्बी शेर्पा समुदायले सांस्कृतिक पर्व ग्याल्पो ल्होसार अर्थात् नयाँ वर्ष मनाउने गर्दछ ।
साउदी जेलमा रहनुभएका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगत दुई वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
थप तीन ठाउँमा फ्लाई–ओभर निर्माण गर्न अध्ययन हुँदै
काठमाडौंमा सवारी चाप व्यवस्थापनका लागि थप तीन ठाउँमा फ्लाई–ओभर निर्माणका लागि अध्ययन भइरहेको छ । अहिले बनिरहेको ग्वार्कोमा बाहेक अन्य तीन ठाउँमा पनि फ्लाई–ओभर निर्माणको काम अघि बढाउन अध्ययन भइरहेको सडक विभागले जनाएको हो ।
विज्ञान–प्रविधिको विकासमा प्रतिबद्ध छु: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास हुन नसक्ने बताउनुभएको छ।
नाकामा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलन प्रभावित
बाँकेमा मुख्य नाका बाहेक अन्य कुनै पनि नाकामा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलनको लक्ष्य भेटाउन समस्या भइरहेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
स्याउला सङ्कलनमा व्यस्त मुगुका महिला
हिमाली र पहाडी क्षेत्रका महिलाको दिनचर्या जङ्गलको स्याउला, घाँस, पातपतिङ्गर र दाउरा सङ्कलनमै बित्ने गरेको छ ।
हिमाली बौद्धको नयाँ वर्ष
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश हो । मानव सभ्यताको विकासक्रमसँगै विभिन्न प्रकारका भाषा, धर्म, संस्कृति र परम्पराको विकास हुँदै आउँदा हिमवत् खण्डअन्तर्गत पहाडी र उच्च हिमाली भेगमा बसोबास गर्ने बौद्ध धर्मावलम्बी अस्तित्वमा आए । ल्होछार-लोसार उनीहरूको नयाँ वर्ष हो । बौद्ध दर्शन अँगाल्ने उनीहरूको ल्होछारको आफ्नै विशेषता छ । नेपाल, तिब्बत, थाइल्यान्ड, भियतनाम र भुटानलगायत विश्वका थुप्रै देशमा ल्होछार मनाउने गरिन्छ । नेपालमा विशेषतः तामाङ, गुरुङ, ह्योल्मो, शेर्पालगायतका समुदायले ल्होछार मनाउने गर्छन् । बौद्ध-चन्द्र पञ्चाङ्गअनुसार निर्धारित बाह्रवटा महिनाको चक्रीय प्रणाली (दाखोर) एक फन्को लगाएर पुनः पहिलो महिनामा प्रवेश गर्ने पहिलो तिथिलाई ल्होछार भनिन्छ । यसै तिथिबाट ‘ल्हो’ फिर्छ-नयाँ वर्ष लाग्छ । पात्रोमा १२ जीवजन्तु तथा पन्छीको चित्राङ्कित एउटा वर्गचक्र-वर्षचक्र हुन्छ, जसलाई ‘ल्होखोर’ भनिन्छ । यो वर्षचक्र प्रत्येक वर्षमा पालैपालो एउटा जीव र पाँच स्त्री-पुरुष तìव (फो-मो खाम)मध्ये एक तत्वले ग्रहण गर्दै क्रमशः पहिलो महिनाको पहिलो दिनमा फेरिने गर्छ, यसैलाई ल्होछार भनिन्छ ।ल्होछारको अर्थहिमाली भाषामा ल्हो भन्नाले साल-वर्ष र छार-सार भन्नाले नयाँ भन्ने जनाउँछ । यसर्थ ल्होछार-ल्होसार शब्दले नयाँ वर्ष भन्ने बुझाउँछ । प्राचीन चिनियाँ पात्रोमा आधारित सबैभन्दा पुरानो दाबी गरिएको ल्होछार परम्परा कहिलेदेखि मनाउन थालियो भन्ने यकिन तथ्य अझै फेला परेको छैन । किंवदन्तीअनुसार बुद्धले पृथ्वीलोक छोड्नुअघि पृथ्वीका सम्पूर्ण प्राणीलाई अन्तिम भेटका लागि बोलाउनुभयो । निमन्त्रणा स्वीकार्दै बुद्धको दर्शनार्थ क्रमशः मुसा, गोरु-गाई, बाघ, खरायो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बँदेल पुगे । तिनीहरूलाई बुद्धले आफ्नो अनुपस्थितिमा पालैपालो पृथ्वीमा शासन गर्न आदेश दिनुभयो । यसै समयदेखि ती जीवजन्तुको नामबाट ‘ल्हो’-वर्ष गन्ने प्रचलन सुरुवात भएकोे विश्वास गरिन्छ ।चन्द्र पात्रो परम्परामा १२ जीवजन्तुले पालैपालो एक÷एक वर्ष शासन गर्छन् । ती जीवजन्तुले क्रमशः एक-एक वर्ष शासन गर्दा १२ वर्ष बित्छ, तत्पश्चात् फेरि त्यही क्रम दोहोरिइरहन्छ, यसलाई ‘ल्होखोर’ भनिन्छ । हिमाली बौद्ध धर्मावलम्बी जुन वर्षमा जुन जीवजन्तुको ल्हो पर्छ, त्यस वर्षमा जन्मने बालबालिकाको स्वभाव र क्रियाकलापमा उक्त जीवको पर्याप्त प्रभाव रहन्छ भन्ने विश्वास गर्छन् । ल्होछार संस्कृतिलाई आफ्नो पुर्खाको सम्पत्ति मान्ने उनीहरू जन्मका आधारमा केटाकेटीको ल्हो–खाम मिल्छ या मिल्दैन भनेर ‘चि’-पात्रो हेर्ने गर्छन्, ल्हो–खाम एकापसमा मिल्छ भने मात्रै विवाह गरिन्छ । तसर्थ एउटा जीवको शासनावधि पूरा भइसकेपश्चात् अर्को जीवजन्तुको शासन समय सुरु हुने दिन विविध कार्यक्रम गरेर ल्होछार मनाउने गरिन्छ ।ल्होछारको प्रकारल्हो-वर्ष एकै पटक मात्र फेरिन्छ भन्नेमा दुईमत छैन । भौगोलिक अवस्थाअनुसार फरकफरक भूगोलमा बसोबास गर्ने समुदायले आ–आफ्नो कार्यव्यस्ततालगायतका कारणले अनुकूलतामा विभिन्न ल्होछार मनाइन्थ्यो भन्ने खोज–अनुसन्धानबाट बाहिर आएको छ । यहाँ चार प्रकारका ल्होछार अस्तित्वमा रहेकोे पाइन्छ ।कोङ्पो ल्होछारयो हिमाली बौद्ध धर्मावलम्बीमा प्रचलित पात्रोअनुसार दसौँ महिनामा मनाइने पर्व हो । राजा आग्यालले मङ्गोल र भोटबीच युद्ध हुँदा मङ्गोल सेनाबाट आक्रमण सुरु भइसकेको र ल्होछार आउन तीन महिना बाँकी रहेको अवस्थामा ल्होछार नमनाई युद्धमा नजाने निर्णय लिए र सबैलाई सोहीअनुसार ल्होछार मनाउन लगाए । यसरी तिब्बत प्राचीन कोङ्पो प्रान्तमा यो ल्होछार मनाउन सुरुवात भएको थियो । तसर्थ बाध्यतावश मनाइकाले यहाँ ल्हो-वर्ष फेरिँदैन ।तोला ल्होछारएघारौँ महिनाको पहिलो दिनमा मनाइने तोला ल्होछार किसानले आफ्नो जीविकोपार्जन गर्न लगाइएको नयाँ अन्नबाली पाक्ने बेला भएपछि उक्त फसल उठाएर विभिन्न पकवान बनाई देवीदेउतालाई चढाएर खुसियालीका साथ नुवागी खाने केही सीमित भू–क्षेत्रमा यथावत् सांस्कृतिक पर्व हो । पछिल्लो समयमा नेपालका गुरुङ समुदायले पुसको १५ मा मनाउन थालेपछि यसलाई कम सुनिएको छ । सोनाम ल्होछारकिसानले आफूले लगाएको अन्नबाली उठाइसकेको अवस्था र आउँदै गरेको ल्होछारपछि नयाँ अन्नबाली लगाउनुपर्ने व्यस्तताबीच एक महिनाअगावै बाह्रौँ महिनाको पहिलो दिनलाई सोनाम ल्होछारका रूपमा मनाउने परम्पराको सुरुवात भएको थियो । यसै ल्होछारमा ल्हो फेरिने भनेर आधिकारिक तथ्य प्रमाण कुनै पात्रोमा लेखिएको पाइन्न । ग्याल्बो ल्होछारहिमवत् क्षेत्रका मानिस सामाजिक संरचनामा प्रवेश गरिनसकेको अवस्थामा एउटा असाधारण लक्षणले युक्त बोधिसत्व डिब्पा नाम्सेलको निर्माण कार्यको आगमन भयो । उक्त असाधारण अलौकिक व्यक्तिलाई देखेर तिमी को हौ ? कहाँबाट आयौ भनी प्रश्न गर्दा आकाशतिर मात्रै आफ्नो आँैला देखाइरहेपछि देवलोकबाट आउनुभएको देवराज रहेछन् भन्ने ठानी काँधमा आसन बनाएर राजाको उपाधि दिइयो । उक्त राजालाई ङ्यठिचेन्पो भनी नामकरण गरियो, जसको अर्थ काँधमा बनाइएको आसन हो । उनै ङ्यठिचेन्पो हिमवत् क्षेत्रका प्रथम राजा कहलिए । यो घटना २१४९ वर्ष अगाडि घटेको हो । यसै दिनको सम्झनास्वरूप ल्होछार मनाउन सुरु भएको थियो । यो बाह्रौँ महिनाको समाप्तिसँगै पहिलो महिनाको पहिलो दिन मनाइन्छ । पछिल्लो समयमा ग्याल्बो ल्होछारको नामले परिचित छ ।ल्होछारको महत्वधार्मिक, सामाजिक, आर्थिक, स्वास्थ्य एवं राजनीतिक रूपले ल्होछारको विशेष महìव छ । यस वर्ष सबैको शुभ होस् भन्ने कामनासहित लामाद्वारा मङ्गलामृत मन्त्रोच्चारण गर्दै ग्रहशान्ति पूजा गरी घरआँगनमा दज्र्यु गाडेर लुङ्दर फहराउने गरिन्छ, यसले धार्मिक महìवलाई उजागर गर्छ । परदेश गएका आफन्त फर्कने, कुलकुटुम्ब, इष्टमित्र एवं चेलीबेटीलाई बोलाएर मिठामिठा पकवान खुवाउने, नयाँ कपडा लगाउने र परम्परागत लोकसंस्कृतिले भरिपूर्ण गीत–सङ्गीतमा नृत्य गर्दै रमाइलो गरिन्छ । यसले सामाजिक–सांस्कृतिक महत्व राख्छ ।ल्हो-वर्ष एकै पटक मात्र फेरिन्छ भन्नेमा दुईमत छैन । भौगोलिक अवस्थाअनुसार फरकफरक भूगोलमा बसोबास गर्ने समुदायले आ–आफ्नो कार्यव्यस्ततालगायतका कारणले अनुकूलतामा विभिन्न ल्होछार मनाइन्थ्यो भन्ने खोज–अनुसन्धानबाट बाहिर आएको छ । यहाँ कोङपो, तोला, सोनाम र ग्याल्बो गरी चार प्रकारका ल्होछार अस्तित्वमा रहेकोे पाइन्छ ।यो अन्धविश्वासमा चलेको संस्कृति होइन, चन्द्रमाको गति र प्राकृतिक विज्ञानको नियममा आधारित भएकाले समयानुकूल मौसमअनुसारको अन्नबाली लगाउन पर्याप्त ज्ञान दिन्छ । तसर्थ यसले प्रकृतिको नियमलाई बुझ्न सहयोग पुर्याउँछ । मानव जीवनमा जल, वायु, अग्नि, काठ र धातुजस्ता पञ्च तत्व (खाम)को महत्व हुन्छ । यसले मानव शरीरको महìवपूर्ण अङ्ग फोक्सो, मुटु, मिर्गौला, आन्द्रा र कलेजोलाई नियमित गर्न मद्दत गर्छ । पृथ्वीमा पानी र जमिनको भागको अनुपातमा मानव शरीरमा रगत र मासुको भाग छ । तसर्थ हरेक दृृष्टिकोणले ल्होछार परम्परा स्वास्थ्य विज्ञानसम्मत छ । मनाउने तरिकाल्होछार धार्मिक एवं सांस्कृतिक पर्व मात्रै होइन, विधिवत् र वैज्ञानिक रूपले पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने दिन हो । एक महिनाअघि घरआँगन, बाटोघाटो, पानीपँधेरो, चौतारा आदि सरसफाइ गरी घर लिपपोत, रङ्गरोगन गर्ने गरिन्छ । त्यसपश्चात् १५ दिन अघिबाट गहुँ–जौ, मकै आदि मिसाएर समृद्धिको प्रतीक जमरा (ल्होफुई) राख्ने गरिन्छ । रोटी (खाप्से) पकाउने, नयाँ कपडा किन्ने, फलफूल तथा सगुन आदिको तयारी गर्नुपर्छ । अँासीको अघिल्लो दिन वर्षभर अन्यत्र छरिएर रहेका सदस्य एक ठाउँमा जम्मा हुन्छन् । त्यस दिन बेलुका विभिन्न प्रकारका गेडागुडीलगायतका खाद्य सामग्री मिसाएर थुग्पा बनाइन्छ, त्यसमा हाँस्य–व्यङ्ग्यात्मक एवं मनोरञ्जनात्मक प्रतीकसमेत बनाएर मिसाइन्छ । थुग्पा पाकिसकेपछि सबैलाई पस्कने गरिन्छ, जसको भागमा जे पर्छ उसलाई सोहीअनुरूपको फल प्राप्त हुन्छ भन्ने विश्वास छ । यसरी थुग्पा खाएर रमाइलो गरिसकेपछि बाँकी रहेको जुठो थुग्पा (थुगला)लाई एउटा भाँडोमा जम्मा गरेर चौबाटोमा लगेर वर्षभरिको ग्रहदशा हटोस् भनेर फाल्ने गरिन्छ । यो पर्व नौ दिनसम्म मनाइन्छ । त्यसपश्चात् चार दिन फेरि आफन्तजनसँग भेटघाट कार्यले नै निरन्तरता पाउँछ । अन्ततः बुद्धले रिद्धिशक्ति प्रदर्शन गरी विजय प्राप्त गर्नुभएको उपलक्ष्यमा विजय उल्लास मनाउँदै गुम्बा दर्शन गरिसकेपछि ल्होछार समापन हुन्छ । ल्होछारको दिनदेखि पन्ध्रौँ दिनसम्म बुद्धले शक्ति प्रदर्शन गर्नुभएको यस समयमा अकुशल कर्म त्यागी कुशल कर्ममा लाग्ने प्रतिबद्धता गर्नुपर्छ । बुद्धले रिद्धिशक्तिद्वारा शास्तामाथि विजय प्राप्त गरेको दिन रिद्धिप्रतिहार्य दिवस (छ्योढुल धुइछेन) हो, यो बौद्ध धर्मावलम्बीका लागि महìवपूर्ण छ । सदियौँदेखि चल्दै आएको जन्मदेखि मृत्युसम्मका क्रियाकलाप जुन पात्रोको आधारमा गरिन्छ, सोहीअनुसार ल्हो (वर्ग) र खाम (तìव) ल्होछारको दिनबाटै फेरिन्छ । तसर्थ यसलाई ल्होछार मात्रै भनेर मनाउँदा सार्थक र अर्थपूर्ण हुने देखिन्छ । हिजोका दिनमा विभिन्न भूगोल, क्षेत्र र समुदायले आ–आफ्नो अनुकूलतामा ल्होछारमा ल्हो–खाम नफेरिने हुँदा नयाँ वर्षका रूपमा मनाउनु सार्थक र औचित्यपूर्ण देखिँदैन । जातअनुसारको ल्होछार छ-थियो भनी किटान गरिएको ऐतिहासिक दस्ताबेज कहीँकतै भेटिँदैन । विशेषतः नेपालका तामाङ यस सन्दर्भमा सोनाम र ग्याल्बो गरी दुई खेमामा विभाजित छ । यसरी विभाजित हुनु खेदपूर्ण छ, त्यसकारण ऐतिहासिक र आधिकारिक ल्होछार मनाउने प्रयत्न गर्न जरुरी देखिन्छ । यो वा त्यो भनेर विभाजित हुनु हुँदैन । त्यसैले चन्द्र, सूर्य, ग्रह, नक्षत्र आदि जातका आधारमा कहिल्यै घुम्दैन, एक वर्षमा एकै पटक मात्र ल्हो फिर्छ, महिनैपिच्छे ल्हो परिवर्तन हुँदैन भन्नेमा विश्वस्त हुन जरुरी छ । चन्द्रमा पूर्ण हुने पूर्णिमा र निष्पट्ट अन्धकार हुने औँसी आ–आफ्नै तिथिअनुसार आउँछ र तिनको तिथि कहिल्यै फरक पर्दैन । ल्होछार घरघरमै मनाइयोस्, अबका दिनमा ल्होछार त्यस्तो नहोस्, सिर्फ एउटा ल्होछार होस्, न सोनाम न त ग्याल्बो, मात्रै एउटा ल्होछार होस् ।
सन्तुलित कूटनीतिक सम्बन्ध
सबै मुलुकसँगको मित्रवत् व्यवहार र सहकार्यलाई शिरोधार्य गर्दै कूटनीतिक सम्बन्ध कायम राख्ने प्रयत्नलाई निरन्तरता दिनुपर्छ । कूटनीतिक प्राथमिकता बढ्दै जाँदा नेपाल कसैको प्रभाव र दबाबमा होइन कि आफ्नै राष्ट्रहितका निमित्त छिमेकी मुलुकसहित सम्पन्न शक्तिशाली मुलुकसंँग पनि निर्धक्क रूपमा समयानुकूल छलफल, सहमति र समन्वय गर्न सक्छ भन्ने सन्देश प्रवाह गर्नु जरुरी छ ।नेपाल दक्षिण एसियाको एक विकासशील भूपरिवेष्टित मुलुक । जनसङ्ख्या, भूगोल, सैन्य सुरक्षा र आर्थिक उन्नयनका हिसाबले ठुला दुई मुलुकको बीचमा अवस्थित भएको हुँदा विगतदेखि नै यहाँको भूराजनीतिक परिवेश क्रमिक रूपमा बदलिँदै गएका सन्दर्भ छन् । पछिल्लो समय सन् २०१५ को भूकम्पपछि आर्थिक सहयोग र विकासका सन्दर्भमा विश्व समुदाय नेपालप्रति सहयोगसँगै कूटनीतिक प्राथमिकता पनि बदलिँदै गएका सन्दर्भ छन् । कोभिड १९ को विश्वव्यापी महामारी र युक्रेन–रसियाबीचको युद्धपछि विश्वकै भूराजनीति अवस्था झन् जटिलतातर्फ उन्मुख छ । अर्थतन्त्र, सैन्य सुरक्षा र आन्तरिक प्रतिस्पर्धाका कारण चीन अमेरिकाबीचको शीतयुद्धका नरम बाछिटाहरू नेपालमा पनि देखिएका छन् । केही महिनाअघि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ पहिलो विदेश भ्रमण नेपालबाट सुरु भएलगत्तै चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा पूर्व परराष्ट्रमन्त्री नारायण खड्काले चीनको कूटनीतिक भ्रमण गर्नुभएको थियो । यसअघि संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले दुई पटक नेपाल भ्रमण गर्नुभयो । अमेरिकी सेनाका प्यासिफिक कमान्डिङ जेनलर चाल्र्स ए फिलन नयाँ दिल्ली हुँदै नेपालको भ्रमण सकेलगत्तै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अमेरिकाको भ्रमण सकेर फर्कनुभयो । नियमित र पूर्वनिर्धारित भ्रमण भनिए पनि भारतीयस्थल सेनाध्यक्ष मनोज पाण्डेको नेपालमा सेनाका उच्च नेतृत्व र राजनीतिक दलका शीर्ष नेतासँगको शिष्टाचार भेटघाटले अर्थ राखेको छ ।नेपाल, भारत र अमेरिकी सैनिक नेतृत्वको भ्रमण र गतिविधि पनि सघन रूपमा नै अगाडि बढिरहेका छन् । नेपालमा अमेरिकी भ्रमण र चासो बढेपछि चिनियाँ कूटनीतिक सक्रियता पनि उत्तिकै बढेको छ । सङ्घीय संसद्का पूर्वसभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा संसदीय प्रतिनिधित्वमा चीनबाट राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष ली झान्सु नेपालको भ्रमणमा राजनीतिक दलका शीर्ष नेतासँगको भेटघाट गरी फर्किए, जुन अत्यन्तै महìवपूर्ण थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट आफ्नो कार्यकालमा पाँच पटक नेपालको औपचारिक भ्रमण भइसकेको छ । यसैबीच भारतले पनि विभिन्न माध्यमबाट सैन्य कूटनीति, धार्मिक–सांस्कृतिक कूटनीति, अर्थ कूटनीति एवं राजनीतिक रूपमा समेत आफ्ना गतिविधिलाई निकै सूक्ष्म तरिकाले नियालिरहेको कूटनीतिक विज्ञको बुझाइ छ । नेपालमा एमसीसी प्रतिनिधि सभाबाट पारित भएपछि तथा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल संलग्न भएको आशङ्का बाहिरिएपश्चात् चीनको चासो नेपालप्रति बढेको छ । यसै सन्दर्भमा नेपाललाई लिएर वासिङ्टन र बेइजिङबीच चेतावनीपूर्ण संवाद नै चलेपछि नेपाल अप्ठ्यारो स्थितिमा परेको थियो ।उत्तरी छिमेकी मुलुक चीनको आशङ्काका बीच नेपाललाई अमेरिकाले किन यति धेरै महìव दिँदैछ यो प्रश्न बारम्बार आम रूपमा उब्जिरहेको छ । यहीँ गत जेठमा मानव अधिकार मामिलासम्बन्धी उपमन्त्री उज्रा जिया नेपाल भ्रमण सकेर फर्केकी थिइन् । भर्खरै, प्रतिष्ठित कूटनीतिज्ञ तथा राजनीतिक मामिलासम्बन्धी अमेरिकी उप–विदेशमन्त्री भिक्टोरिया नुल्यान्ड फर्कने बित्तिकै अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) कि प्रमुख सामन्था पावर नेपाल भ्रमण सकेर फर्किन् । सन् २००२ मा तत्कालीन अमेरिकी विदेशमन्त्री कोलिन पावेलको भ्रमणपछिकै यो उच्च तहको भ्रमण हो । सामन्था अमेरिकाको क्याबिनेट तहकी अधिकारी मात्रै नभई त्यहाँको राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत हुन् । त्यस अर्थमा आसन्न भ्रमणलाई उच्च महìवका साथ हेरिएको छ । पछिल्लो बदलिँदो भूराजनीतिक परिवेशअनुसार अमेरिकाले चीनप्रति हार्दिकताका शब्दहरू व्यक्त गरे पनि यथार्थ भने त्यस्तो छैन । युक्रेन युद्ध, ताइवान, भियतनाम र कोभिड महामारीपछिको अर्थ व्यापारलगायत समस्याका कारण हाल वासिङ्टन र बेइजिङबीच न्यानोपन छैन । त्यसलाई ‘न्यु नर्मल’ मा ल्याउन कूटनीतिक पहलका रूपमा विदेशमन्त्री स्तरीय भ्रमण र वार्ताको क्रम चलिरहेको छ । दक्षिण तथा पूर्वी एसियामा चीनको बढ्दो उपस्थिति अमेरिकाका लागि सरोकारको विषय भइसकेकाले उपराष्ट्रपति कमला ह्यारिसले सिङ्गापुर र भियतनाम भ्रमण गरिन् । विदेशमन्त्री एन्थोनी ब्लिंकेनले भारत भ्रमणका बेला नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन वार्ता गर्दै एमसीसी र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा चासो राखेका थिए । विदेशमन्त्री एन्थोनी ब्लिंकेनल चीन भ्रमणको तयारी सार्वजनिक गर्दै गर्दा पेन्टागनमा चिनियाँ बेलुन देखिएपछि फेरि कूटनीतिक तरङ्ग देखिएको छ । नेपालका सन्दर्भमा भारत, चीन र अमेरिकाबीच बढ्दो प्रतिस्पर्धात्मक कूटनीतिक प्राथमिकताका अन्तर्यहरूको सूक्ष्म अध्ययन चासोपूर्ण छ । नेपालमा बेइजिङको बढ्दो प्रभाव अनि, नेपालको वामपन्थी सरकारलाई अमेरिकाले सुखद रूपमा लिन सकेको छैन । चिनियाँ सहायताको मात्रा बढ्दै जाँदा नेपालमा स्वतः उसको भूराजनीतिक चासो र सरोकारले महìव पाउने, त्यसले क्षेत्रीय सुरक्षा रणनीतिमै असन्तुलन आउन सक्ने अमेरिकी बुझाइ छ । अर्कातर्फ, नेपालको आन्तरिक मामिलामाथि अमेरिकाले निरन्तर हस्तक्षेप गरेको भन्ने चिनियाँ बुझाइ पनि सार्वजनिक रूपमा नै बाहिरिएको छ । त्यस्तै अमेरिकी र चिनियाँ चासो नेपालमाथि पर्दै गएका सन्दर्भमा दक्षिणी छिमेकी मुलुक भारतको कूटनीतिक वृत्तमा पनि त्यस्तै संशय देखिएका छन् । नेपालमा अमेरिका र चीनको प्रभाव बढ्दै जाँदा भारतीय चासो उत्तिकै बढ्दो छ । भारतीय विदेशसचिव विनयमोहन क्वात्रा कूटनीतिकभन्दा पनि राजनीतिक भेटवार्ता र सक्रियताले स्पष्ट सन्देश दिएको छ । पछिल्लो समय नेपाल भारतबीच इपिजि प्रतिवेदन, सीमा, सुरक्षा संवेदनशीलता, लिपुलेक, तराईका विभिन्न स्थानका उच्च बाँधका समस्या छन् । पेट्रोलियम पदार्थको ढुवानी, ऊर्जा, जलविद्युत् र विकास निर्माणमा भएका ढिलासुस्ती र मानवीय त्रुटिहरूले पनि नेपाल भारतको सम्बन्धमा बेला बेलामा उतारचढाव ल्याइनै रहेका छन् । आमनिर्वाचनपछि तेस्रो पटक सत्तारोहण गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व नयाँ सरकारले भारत भ्रमणको तयारी गरिरहेको छ । पछिल्ला भारत भम्रणका क्रममा यो सरकार कसरी प्रस्तुत होला भन्ने चासो सबैतिर छ । नेपाल पछिल्लो समय दक्षिण एसियाली मुलुकमध्येमा सामरिक रूपमा कूटनीतिक महìव र प्राथमिक दृष्टिमा पर्दै गइरहेको विकसित समसामयिक गतिविधिले सङ्केत गरिरहेका छन् । एकपछि अर्को भारत, चीन र अमेरिकी उच्च निकायका नेतृत्वका भ्रमण र चासोले नेपालको राजनीतिक परिवर्तन र बदलिँदो कूटनीतिलाई उच्च प्राथमिकतामा राखेको देखिन्छ । नेपालबाट पनि ती मुलुकको निमन्त्रणामा राजनीतिक एवं सैन्य तहका उच्चस्तरीय भ्रमण भएका छन् । नियमित प्रक्रिया भनिए पनि बदलिँदो परिवेशमा भएका एकपछि अर्को उच्च स्तरीय भ्रमणले राजनीतिक वृत्तदेखि आममानिससम्म नै चासोपूर्ण प्रश्न उब्जिएका छन् । चीन र अमेरिकाबीचको उच्चस्तरीय भ्रमण र चासोका सन्दर्भमा नेपाली राजनीति पछिल्लो दशक एकपछि अर्को तरङ्गमा छ । एमसीसी, इन्डो प्यासेफिक स्ट्राटेजीजस्ता सुरक्षा रणनीतिसँगै विगतदेखिको अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगमार्फत आइरहेका आर्थिक सहायतालाई समेत बढवा दिएको छ । विकास परियोजनामार्फत रणनीतिक योजनामा उत्रिएका सम्पन्नशाली मुलुकको प्रतिस्पर्धात्मक प्राथमिकताले धेरै आशङ्कापूर्ण प्रश्न सिर्जना गरेका छन् । अमेरिकाले सुरक्षा र आर्थिक सहयोगका रूपमा राजनीतिक प्रभाव बढाउँदै लगेपछि चीनले पनि क्रमिक रूपमा नेपालसँगको रणनीतिक सुरक्षा संवेदनशीलता संँगसंँगै विकासका लागि बीआरआई सञ्जालमा जोड्नेदेखि द्रुत गतिका रेल सञ्चालन गर्न प्रारम्भिक अध्ययनलाई अगाडि बढाउँदै आर्थिक उन्नतिमा सहकार्यलाई जोड दिएको छ ।बदलिँदो भूराजनीतिक परिवेशले त्रिपक्षीय कूटनीतिक सन्तुलन गर्न नेपाललाई अहिले हम्मे हम्मे परेको छ । नेपालको समग्र विकासका लागि, आर्थिक, प्राविधिक, सैन्य सुरक्षाजस्ता विषयमा सहयोगको अपरिहार्यता छ । आर्थिक, राजनीतिक, सैन्य सुरक्षा र कूटनीतिक प्रतिस्पर्धामा नेपाल केन्द्रबिन्दुमा भए पनि स्वार्थप्रेरित कुनै पनि अङ्गमा समावेश हुनु हुँदैन । नयाँ सरकारका लागि सबै मुलुकसँगको मित्रवत व्यवहार र सहकार्यलाई शिरोधार्य गर्दै कूटनीतिक सम्बन्ध कायम राख्ने प्रयत्नलाई निरन्तरता दिनुपर्छ । यसर्थ, कूटनीतिक प्राथमिकता बढदै जाँदा नेपाल कसैको प्रभाव र दबाबमा होइन कि आफ्नै राष्ट्रहितका निमित्त छिमेकी मुलुकसहित सम्पन्न शक्तिशाली मुलुकसंँग पनि निर्धक्क रूपमा समयानुकूल छलफल, सहमति र समन्वय गर्न सक्छ भन्ने सन्देश प्रवाह गर्नु जरुरी छ ।
उद्योगमा छ घण्टा ‘लाइट लोड’
सुनसरी–मोरङ औद्योगिक कोरिडोर ‘लाइट लोड’को समस्यामा परेका छन् । आन्तरिक उत्पादन र आयात गरिएको विद्युत्ले धान्न नसक्दा यस क्षेत्रका उद्योगलाई ‘लाइट लोड’ सेड्युल तोकिएको हो ।
तीन वर्षमा पनि बनेनन् औद्योगिक ग्राम
सरकारले थप आठ स्थानमा औद्योगिक ग्राम घोषणा गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले हालै थप आठ स्थानमा ग्राम घोषणा गरेको हो ।
तराईका जन्तु पहाड उक्लनु खतराको घण्टी
जलवायु परिवर्तनका कारण पशुपन्छी तथा कीराफट्याङ्ग्रा एउटा तापक्रम भएको स्थानबाट अर्काे तापक्रम भएको स्थानमा बसाइँ सर्ने गरेको पाइएको छ । कतिपय कीराफट्याङ्ग्रा यात्रु ओहोरदोहोर गर्दा सुटकेसबाट अर्को ठाउँ जाने गरेका छन् तर मानिसका कारण वा आफैँ पनि पशुपन्छी स्थानान्तरण हुने गरेका छन् । सुरक्षाका लागि वा जलवायु परिवर्तनका कारण पशुपन्छीले बसाइँ सर्ने गरेका छन्
बौद्ध धर्म गुरु र धर्मालम्बीहरु साङ्ग पूजामा व्यस्त
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा ग्याल्पो ल्होसार मनाइन्छ ।
राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्ने जिम्मा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सोमबार केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको जानकारी दिनुभएको हो।