सहकारी ठगी : २४ भन्दा बढी कम्पनी स्थापना गरेर ३८ करोडभन्दा बढी रकम ठगी
नेपाल प्रहरी प्रधान कार्यालय, महाराजगञ्जले सहकारी ठगी अपराध उजुरीमा २४ भन्दा बढी कम्पनी स्थापना गरी संगठित ठगी गरेको अनुसन्धानको क्रममा खुलेको छ।
कारखानामा ९८ प्रतिशत महिलाको सहभागिता
उद्योग व्यवसायमा अधिकांश पुरुषको बाहुल्य रहने गरे पनि पछिल्लो समय पाल्पामा महिलाको सहभागिता उत्साहजनक देखिएको छ ।
काठमाडौं महानगरको घर बहाल निर्देशिका : तीन लाखलाई करको दायरामा ल्याउने तयारी
काठमाडौं महानगरपालिकाले घर बहाल करलाई व्यवस्थित बनाउनका लागि नयाँ निर्देशिका घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी गरेको छ ।
चाँगुनारायण क्यान्सरकाे जोखिममा, दैनिक दुईजना बिरामी सिफारिस हुँदै
बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि भक्तपुरमा दीर्घकालीन योजना र नीति तथा कार्यक्रम तय गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।
आन्तरिक श्रमबजारमै विदेशी श्रमिकको भर
स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै दैनिक औसत दुई हजार दुई सय युवा रोजगारीको खोजीमा श्रमस्वीकृति लिएरै विदेशिन्छन् । अध्ययन वा भ्रमण भिसामा विदेश जाने र भारत जानेको सङ्ख्या श्रमस्वीकृति लिएर जानेकै हारहारीमा छ । तर देशभित्रको विकास निर्माणका लागि भने जनशक्ति अभाव हुँदा विदेशी कामदारले भरथेग गर्नुपर्ने अवस्था बढ्दै गएको देखिएको छ ।
थामिएन विदेशिने नेपालीको लस्कर
सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको दाबी गरिरहँदा रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेको लर्को नै लागेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को पहिलो सात महिना अर्थात् गत साउनदेखि माघसम्ममा साढे चार लाखभन्दा बढी नेपाली युवा रोजगारीको खोजीमा मलेसिया, खाडीलगायतका मुलुकमा गएका छन् ।
मदिराजन्य विज्ञापनमा रोक
सर्वोच्च अदालतले मदिराजन्य पदार्थको विज्ञापन तत्काल बन्द गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनस्वास्थ्य ऐनको व्यवस्थाअनुसार विज्ञापन रोक्न सरकारका नाममा आदेश जारी गरेको हो । अदालतले प्रेस काउन्सिल र विज्ञापन बोर्डलाई आदेश कार्यान्वयन गरी दुई महिनाभित्र प्रतिवेदन पेस गर्न पनि भनेको छ ।
ढुक्कसँग दोस्रो बुस्टर खोप लगाउन चिकित्सकको आग्रह
हाल विकसित कोरोनाविरुद्धको खोपले २४–२५ हप्तासम्म मात्रै रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ, त्यसैले सङ्क्रमणको जोखिम कम गर्न ६ वा एक वर्षमा बुस्टर डोज लगाउन जनस्वास्थ्यविदको सुझाव छ ।
माझी समुदायले धूमधाम मनाए लदिपूजा (फोटोफिचर)
माझी समुदायको मुख्य पर्व लदिपूजा अर्थात कोशीपूजा गरेर धनकुटाका माझी समुदायले धूमधामका साथ मनाएका छन् । प्रत्येक बर्षको फागुन महिनाको तेस्रो मंगलबार पहाडी माझी समुदायमा आफ्नो महत्वपूर्ण पर्व लदिपूजा गर्ने गरेका छन् ।
विश्व बैंकको सय मिलियन डलर ऋण सम्झौतालाई अन्तिम रुप दिन वार्ता समिति गठन गर्ने
सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैङ्कबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायकसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रको बजेट बढाउँछु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गर्नुभएको छ ।
असुरक्षित हुँदै वन्यजन्तु, दैनिक दुर्घटनामा मारिँदै
हरिप्रसाद कोइराला उर्लाबारी, फागुन १६ गते । घना जङ्गल अतिक्रमणमा परेपछि जङ्गली जनावर असुरक्षित हुन थालेका छन् । वैज्ञानिक वनका नाममा सर्पट कटान हुने र साल, कर्मा, अस्ना बाहेक अरु वनस्पतिको संरक्षण नगर्ने सामुदायिक वनको नीतिले बसोबास मासिँदैछ। १२ महिनामै मानिसहरू जङ्गल पस्ने भएकाले जङ्गली जनावर असुरक्षित छन् । जङ्गली साग निगुरो खोज्ने, दुना टपरीका लागि पात खोज्न , दाउरा खोज्ने, रातोमाटो र कमेरो लिन मानिस ३६५ दिनै जङ्गलमा पुग्छन् । पछिल्लो समय जङ्गली जनावरको चोरी शिकारी र तस्करी बढेको छ । डिभिजन वन कार्यालय मोरङका सूचना अधिकृत रामलखन ठाकुरका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा एउटा नीलगाई र दुईवटा चित्तल चोरीतस्करी गरिरहेको अवस्थामा तस्करलाई पक्राउ गरी मुद्दा दायर गरिएको थियो । ‘जङ्गली जनावरहरू मानव बस्तीमा सुरक्षित हुन थालेका छन् । शिकारीले बिच्काएका जङ्गली जनावर बस्तीमा भेटिनु यसैको कारण हो,’ ठाकुरले भन्नुभयो । आव ०७७/०७८ मा रङ्गेली –३ मा र विराटनगर एयरपोर्टको कम्पाउण्डभित्र नीलगाई भेटियो । जङ्गलमै बसोबास गर्ने चरा, कछुवा, माउसुली, सुनगोहोरोे, हुचिललगायत जीवजन्तुु डिभिजन वन कार्यालयले उद्धार गरी सामुदायिक वनलाई संरक्षण गर्न दिएका छौं । जङ्गलमा साल, कर्मा र अस्ना बाहेकका वनस्पति छैनन् ।काठपातको वृक्षरोपण, जङ्गली जनावरका लागि अनुपयुक्त २०५२ सालमा सामुदायिक वनको अवधारण आएपछि नेपालमा वनक्षेत्र विस्तार भएको तथ्याङ्क हरेक वर्ष सार्वजनिक भइरहेका छन् । सामुदायिक वनले वन विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको वन विस्तारको अभियानमा लागेका अभियन्ताहरूको भनाइ छ । तर अभियानले मानिसले प्रयोेग गर्न उपयोगी जातका काठपातको मात्र वृक्षरोपण गरेका छन् । जसले गर्दा वन क्षेत्र जङ्गली जनावरका लागि उपयुक्त भएन । सामुदायिक वन महासङ्घ प्रदेश नं. १ का सचिव अग्नि पौडेलले भन्नुभयो– ‘जङ्गली जनावरले खाने फलफूलका वनस्पति शून्य भएका छन् । अग्ला रुख मात्र होइन, साना बुट्यानहरू जसले पर्यावरणको रक्षा गर्दै हिँड्डुल गर्ने जङ्गली जनावरहरूको वासस्थानका रुपमा प्रयोगमा थिए । ती वनस्पति पनि अनेक अभियानका नाममा फाँडिए । वनस्पति कोइला बनाउने अभियानले साना बुट्यानहरू सखाप भए । अहिले आएर अभियन्ताहरूको आँखा खुलेका छन्, ’ उहाँले भन्नुुभयो । पौडेलका अनुसार अहिले बाँदरले खाने फलफूल जन्य वनस्पति जङ्गलमा छैनन् । त्यसैले बाँदर र अरु जङ्गली जनावरहरू मानव बस्ती र राजमार्ग वरपर भेटिन्छन् । बसोबास मासिएकाले बाँदर गाउँघरतिरबाँदर विज्ञ डा. सबिना कोइरालाका अनुसार बाँदरको प्राकृतिक बसोबास मासिएकाले बाँदरहरू गाउँघरतिर छिरेका हुन् । बाँदर मात्र होइन । खरायो, दुम्सी, स्याल, वनकुकुर, चितुवा गाउँ छिरेका छन् । वन भनेको साल, कर्मा र अस्नाका ठूला रुख मात्र हुन् भन्ने बुझाइले हाम्रो वातावरणीय सन्तुलन बिग्रिएको उहाँ बताउनुहुन्छ । डा. कोइरालाका अनुसार बाँदरमा प्राकृतिक बसोबास बदल्न सक्ने क्षमता भएकाले बाँदर अहिले पनि घटेका छैनन् । तर, अरु प्रजातिका जङ्गली जनावरको बसोबास सुरक्षित नगरिदिने हो भने ती पशुहरू लोप हुन सक्नेछन् । ‘२०४५ सालसम्म मोरङको पूर्वपश्चिम राजमार्ग उत्तरको जङ्गलमा गाई लिएर गोठालो जाँदा हामी खाजा बोकेर जाँदैनथ्याैं । जङ्गलमा वनकेरा, आँप, बाँदरझुला, फडिर, जामुनो, क्यामुनो, बेल, कुसुम खान पाइन्थ्यो ।’ मोरङको कानेपोखरी –७ का इन्द्रप्रसाद कोइरालाले भन्नुभयो– ‘बाँदरले खाएर नसकेका उभ्रिएका हामी खान्थ्यौं । गाउँघरतिर बाँदर, खरायो, दुम्सी, स्याल देख्न पाइँदैनथ्यो । तर, अहिले जङ्गलमा बनकेरा, आँप, बाँदरझुला, फडिर, जामुनो, क्यामुनो, बेल, कुसुम केही छैन ।’ उहाँले जङ्गली फलफूल नभएको र जङ्गलको झाडी मासिएकाले वन्यजन्तु गाउँ पसेको बताउनुभयो । दैनिक सडक दुर्घटनामा मर्छन् पशु मोरङको बेलबारीदेखि पूर्व पथरीशनिश्चरेकोे सुनझोडा खोलाबीचको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा बाँदर, हरिण, चित्तल र मृगले दैनिकजसो दुर्घटना गराउने गर्छन् । डिभिजन वन कार्यालय मोरङले सडक दुर्घटनामा मरेका र घाइते भएका जङ्गली पशु जनावरको तथ्याङ्क राखेको छैन । तर बेतना पूर्व सुनझोडाबीचको राजमार्ग क्षेत्रमा हप्तामा एउटा जङ्गली जनावर मर्ने गरेको वन प्राविधिकहरू बताउनुहुन्छ ।
एकीकृत प्रणालीमार्फत सरकारी निकायका सूचना प्राप्त गर्न सकिन्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै सरकारी निकायका आ–आफ्नै वेबसाइटहरु हुने र सर्वसाधारणले सूचना खोज्न पनि झन्झटिलो हुने भएकाले अब एकै प्रणालीमार्फत सरकारी निकायको सूचनाहरु पाउन सकिने अवस्था आएको बताउनु भयो ।
मौलिक चाडपर्वले नयाँ उमङ्ग र उत्साह पैदा गरेको छ : प्रधानमन्त्री
माझी समुदायको लदी पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले माझी जाति परम्परागत रूपमा पानीसँग नै रमाउँदै र जिउँदै आएको एक विशिष्ट पहिचान भएको जातिका रुपमा उल्लेख गर्नुभएको छ ।
बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुँदै
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू हुने भएको छ ।
जीवनरक्षाका लागि गर्भवती बालिका सामाजिक सञ्जालमा
१६ वर्षीया गर्भवती बालिकाले आफूलाई बचाउन भन्दै फेसबुकमा भिडियो पोष्ट गरिन् । सात महिनाको गर्भ बोकेकी उनले आफ्नो स्वास्थ्य अवस्था कमजोर भएको र आफन्त कोही नभएको भन्दै बचाउन आग्रह गरेकी थिइन् ।
काठमाडौँ उपत्यकामा स्मार्ट शौचालय निर्माण अझै अन्योल
काठमाडौँ महानगरले निर्माण गर्ने भनेको स्मार्ट शौचालयको काम ओझेलमा परेको छ । महानगरका मेयर बालेन्द्र साहले यस आर्थिक वर्षमा १० वटा स्मार्ट शौचालय बनाउने बताए पनि यसको प्रक्रिया भने अहिलेसम्म सुरु हुन सकेको छैन ।
तीन वस्तुले घटायो कुल निर्यात
प्रशोधित खाने तेल (पाम तेल, भटमासको तेल र सूर्यमुखी)को निर्यात घट्दा समग्र निर्यातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको सात महिना (साउन–माघ)मा पाम तेल र भटमासको तेलको निर्यातमा ४८ अर्ब ८० करोड रुपियाँ ह्रास आउँदा कुल निर्यातमा प्रभाव परेको हो । सात महिनाको कुल निर्यातमा भटमासको तेल, पाम तेल र सूर्यमुखी तेलको योगदान २४ दशमलव ०१ प्रतिशत रहेको छ । कुुल निर्यातमा पाम तेल १४ दशमलव ९ प्रतिशत, भटमासको तेल ८ दशमलव ९ प्रतिशत र सूर्यमुखी तेलको हिस्सा शून्य दशमलव २ प्रतिशत रहेको छ ।
कर्मचारीको उमेर हद: साठी वर्षमा सहमति, गणनामा विमति
सङ्घीय निजामती सेवा ऐनमा कर्मचारीको निश्चित अवधि थपेर ६० वर्ष बनाउने वा एकमुष्ट रूपमा ६० वर्ष बनाउने भन्नेबारेमा मतैक्य हुनसकेको छैन। ऐनमा कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष बनाउन भने सबै सहमत छन्।
प्रधानमन्त्रीसमक्ष एमालेका मन्त्रीद्वारा राजीनामा पेस
नेकपा (एमाले) का मन्त्रीहरूले राजीनामा दिनुभएको छ । सोमबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमालेबाट भएका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाउनुभएको हो ।
सरकारको मुख्य प्राथमिकता सुशासन र विकास: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएको बताउनुभएको छ ।
सञ्चार क्षेत्रमा कानुन परिवर्तनको खाँचो छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन परिवर्तनमा जोड दिने नीति लिएको बताउनुभएको छ ।
नसाको उपचार छिटो, छरितो र सुरक्षित हुँदैछ: प्रा.डा. मोहनराज शर्मा
“नसासम्बन्धी रोग निको हुँदैन भनेर धेरैजना उपचारको दायरामा आउँदैनन् । नसासम्बन्धी रोग लाग्दैमा आतिहाल्नु पर्दैन समयमा नै उपचारको दायरामा आएमा धेरैजस्ता रोग पूर्णरुपमा निको हुन्छ ।”
रहरले सिकायो
उनी स्टेजमा होस् या अन्य ठाउँमा आत्मविश्वासका साथ बोल्ने गर्छिन् । आफूले जानेको कुरा बोल्न डराउनु हुँदैन, डरायो भने त कहिल्यै पनि अघि बढ्न सकिँदैन, मुनासँगको कुराकानीको क्रममा उनले जिज्ञासु हुँदै भनिन् ।