वसन्तपुरमा ठड्याइयो होलीको चीर (फोटो फिचर)
काठमाडौँको वसन्तपुर अगाडि विधिवत् रूपमा आज (सोमबार) बिहान चीर ठड्याएको छ । चीर ठड्याएसँगै सोमबारदेखि राजधानी लगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ।
सरकारी वेबसाइट अब एकै स्वरूपमा
अबदेखि नेपालका सबै सरकारी वेबसाइट एउटा ढाँचा र मापदण्डमा निर्माण हुने भएका छन् । यसअघि ह्याकरको निसानामा पर्दै आएका सरकारी वेबसाइटको निर्माणमा एकरूपता ल्याउने विषय विभिन्न समयमा चर्चा चले पनि हालसम्म त्यसो हुन सकेको थिएन ।
इन्टरनेट नचले क्षतिपूर्ति पाइने
इन्टरनेट नचले अबदेखि त्यसको क्षतिपूर्ति पाइने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डेटा अथवा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट तोकिएको समयमा नचले क्षतिपूर्ति दिने व्यवस्था लागू गरेको हो । ‘दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७९’ जारी गर्दै प्राधिकरणले इन्टरनेट नचले सेवाप्रदायकले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था गरेको हो । यस्तो व्यवस्था आगामी वैशाख १ गतेदेखि लागू हुनेछ ।
बजेट अभावले जीटुजीको मल नआउने
मल आयात गर्न नेपाल र भारत सरकार (जीटुजी)बीच सम्झौताअनुसारको दोस्रो चरणको रासायनिक मल तत्काल नआउने भएको छ । बजेट अभावका कारण जीटुजीको मल आयात गर्न नसकिने भएको हो । पहिलो चरणको ३० हजार छ सय मेट्रिक टन मल आयात भए पनि बाँकी मल तत्काल आयात नहुने देखिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जीटुजीअन्तर्गतको मल आयात गर्न अग्रिम रकम भुक्तानी गर्नुपर्ने हुँदा बजेट अभावले तत्काल आयात गर्न नसकिने बताउनुभयो ।
जहाज निरन्तर भारततर्फ नै डाइभर्ट
गत जेठ १ गतेदेखि सञ्चालनमा रहेको भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भैरहवा विमानस्थल काठमाडौँ विमानस्थलको विकल्प भएको बताउनुभएको थियो । कारणवश काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाज भैरहवामा अवतरण हुने उहाँको भनाइ थियो ।
आठ दलको बैठक : कांग्रेस उपसभापति खड्काको नेतृत्वमा कार्यदल गठन
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदल गठन गरेको हो ।
उपत्यकामा पाँच महिनापछि वर्षा
काठमाडौं उपत्यकामा पाँच महिनापछि वर्षा भएको छ। पाँच महिनापछि आइतबार दिउँसो काठमाडौं उपत्यकामा पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो।
राष्ट्रपतिमा सर्वसम्मति भए राम्रो हुन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिका लागि सर्वसम्मतिको प्रयास भइरहेको बताउनुभएको छ।
उपराष्ट्रपति निर्वाचन: महिला उम्मेदवारमा सहमति आवश्यक
नेपालको संविधान २०७२ को भाग–६ मा राष्ट्रपति तथा उपराष्ट्रपतिको व्यवस्था गरिएको छ । संविधानको उक्त भाग अन्तर्गत धारा ६७ देखि धारा ७३ सम्ममा उपराष्ट्रपतिसम्बन्धी विभिन्न व्यवस्था छ ।
प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते दोहा जानुहुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरू (एलडिसिज)को पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ जानुहुने भएको छ ।
काठमाडौंमा सवारी पार्किङ्, चर्को शुल्क असुल्दै निजी व्यापारी
काठमाडौं महानगरले उपत्यकामा पार्किङ् हटाएपछि निजी व्यावसायीले पार्किङमा मनोमानी गर्ने गरेका छन् ।महानगरका मेयर बालेन्द्र साहले पार्किङ् हटाएपछि व्यावसायीले आफुखुसी शुल्क लिनेगरेका छन् ।
बालेन्द्र शाहलाई मेट्रोरेलको नेतृत्व लिन चिरिबाबु महर्जनको अनुरोध
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाका लागि मेट्रोरेल निर्विकल्प भएको बताउँदै काठमाडौँ महानगरलाई यसको नेतृत्व लिन अनुरोध गर्नुभएको छ ।
मकवानपुरगढी दरबारको जीर्णोद्धार धमाधम
मकवानपुर जिल्लाको महत्त्वपूर्ण मकवानपुरगढी दरबारको जीर्णोद्धार सुरु गरिएको छ। ऐतिहासिक महत्त्वको मकवानपुरगढी दरबार सामान्य मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएपछि पुरातत्त्व विभागले जीर्णोद्धार सुरु गरेको हो। मकवानपुरगढी दरबार परिसरमा रहेको श्रीकृष्णको मन्दिरको पश्चिमतर्फ र पूर्वतर्फ रहेको दरबारको भग्नावशेषको मर्मतसम्भार गरिने भएको छ। मकवानपुरगढी गाउँपालिका–२ का वडाध्यक्ष बखानसिंह पाख्रिनले मन्दिरको पश्चिमतर्फ रहेको भवनको जीर्णोद्वारसहित छानासमेत हाल्ने योजना रहेको जानकारी दिनुभयो। चालू आर्थिक वर्षको रकमबाट भवनको मर्मत तथा संरक्षण गरिनेछ, उहाँले भन्नुभयो।
राष्ट्रपतिका आकाङ्क्षी पाँच, उम्मेदवार दुई
गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रपतिका लागि आकाङ्क्षी पाँच जना रहे पनि तीन जनाले प्रस्तावक र समर्थक नपाउँदा दुई जनाको मात्र उम्मेदवारी परेको हो।
समन्वय नहुँदा शिक्षक अन्योलमा
दुई सरकारी निकायबीच समन्वय नहुँदा शिक्षक र विद्यार्थीका परीक्षा एकै समयमा पर्ने भएका छन् । त्यसले गर्दा विद्यार्थी र शिक्षक दुवैको परीक्षामा असहज अवस्था सिर्जना हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत १७ गतेदेखि कक्षा १० का विद्यार्थीका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्दैछ । त्यसको भोलिपल्ट अर्थात् चैत १८ गते शनिबार शिक्षक सेवा आयोगले पनि माध्यमिक तहमा स्थायी शिक्षक नियुक्तिका लागि लिखित परीक्षा
राष्ट्रपतिमा पूर्व सभामुखको प्रतिस्पर्धा
राष्ट्रपतिमा पूर्व सभामुखद्वयको प्रतिस्पर्धा हुने भएको छ। शनिबार राष्ट्रपति पदका पूर्व सभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभएको हो।
क्यान्सरपीडितको हाँसो र रुवाइ
म भने घरी रुन्थेँ; घरी चुप लाग्थेँ; कहिले अन्धकार लाग्थ्यो अगाडिको यात्रा त कहिले म गर्न सकिहाल्छु नि; भन्ने झिनो आशा र हिम्मत पलाउँथ्यो; मनको कुना-कन्दराबाट !
आठ दलको सहमति राष्ट्रिय सहमतिकै प्रारूप हो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने आठ दलबीच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताउनुभएको छ।
संविधानको पालना गर्नु आफ्नो कर्तव्य हो : उम्मेदवार पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको छ ।
राष्ट्रपतिमा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
राष्ट्रपतिमा सुवास नेम्वाङको उम्मेदवारी दर्ता
नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
राप्रपाका चार मन्त्रीद्वारा राजीनामा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिनुभएको छ ।
संविधान र जनताको अधिकारको रक्षा गर्ने अभिभारा आएको छ : नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा प्रदान गरेको अधिकारको अभिभारा आएको बताउनुभएको छ ।
एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने
नेकपा (एमाले) ले राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।