• ८ मंसिर २०८१, शनिबार

वसन्तपुरमा ठड्याइयो होलीको चीर (फोटो फिचर)

blog

काठमाडौँको वसन्तपुर अगाडि विधिवत् रूपमा आज (सोमबार) बिहान चिर ठड्याएपछी फागु खेल्न सुरु गर्दै । तस्बिर : केशब गुरुङ

काठमाडौँ, फागुन १५ गते । काठमाडौँको वसन्तपुर अगाडि विधिवत् रूपमा आज (सोमबार) बिहान चीर ठड्याएको छ । चीर ठड्याएसँगै सोमबारदेखि  राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ।

वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ७ बजेर ४५ मिनेटको शुभ साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याइएको हो । चन्द्रमास अन्तर्गत फागुन महिनाको पूर्णिमाको दिन मनाइने होली यही फागुन २२ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा र २३ गते  तराईका विभिन्न जिल्लामा  फागु अर्थात होली पर्व मनाइँदै छ । आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।

धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएका थिए तर, आगोले विष्णुका भक्त मार्ने प्रयास गर्ने होलिका नै भष्म भइन् । आगोले प्रह्लादलाई छोएन । यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ ।

तस्बिर: मनोजरत्न शाही /केशब गुरुङ