• १३ साउन २०८१, आइतबार

राष्ट्रपतिमा सुवास नेम्वाङको उम्मेदवारी दर्ता

blog

नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले दिनुभयो राष्ट्रपति पदमा उम्मेदवारी दर्ता । तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन १३ गते । नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

शनिबार दिउँसो नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उपाध्यक्ष नेम्वाङले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहनुभएको छ भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहनुभएको छ ।

उम्मेदवारी दर्ता गराउन एमाले अध्यक्ष ओलीलगायतका नेताहरू बानेश्वर पुग्नुभएको थियो ।

आजै बसेको एमालेको सचिवालय बैठकले उपाध्यक्ष नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवारी बनाउने निर्णय गरेको थियो ।