विशेषज्ञ चिकित्सक दस हजार
वार्षिक दुई हजार चिकित्सक (डाक्टर) उत्पादन हुने नेपालमा विशेषज्ञता हासिल गरेका चिकित्सकको सङ्ख्या भने बल्ल १० हजार पुगेको छ। नेपाल मेडिकल काउन्सिलमा हालसम्म १० हजार ८० जना विशेषज्ञ चिकित्सक दर्ता भएका छन्। काउन्सिलमा दर्ता भएका कुल चिकित्सकको सङ्ख्या भने ३२ हजार २१८ पुगेको छ।
आसिफको अर्धशतकमा नेपाल तीन विकेटले विजयी
आईसीसी विश्वकप क्रिकेट लिग–२ मा अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल विजयी भएको छ।
सञ्चार र सूचना प्रविधि क्षेत्रको कानुन परिमार्जन प्राथमिकतामा : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार र सूचना प्रविधि दुबै क्षेत्रमा कानुन परिमार्जनलाई मुख्य जोड दिने नीति लिएको बताउनुभएको छ ।
निर्माणाधीन आदित्य मोक्ष धाममा प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनौती नगरपालिका–२ दारिमबोट कुशादेवीमा निर्माणाधीन आदित्य मोक्ष धाम आउनु भएको छ।
राष्ट्रपति निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा मतदाताले परिचयपत्र अनिवार्य बोक्नुपर्ने भएको छ ।
सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनामा अगाडि बढाउँछु : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सय वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउने घोषणा गर्नुभएको छ ।
महिलाको सहभागिता र सक्रियताको प्रचार हुन सकेन : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताउनुभएको छ ।
चैतभित्रै सुरक्षण मुद्रण सुरु गर्न मन्त्री शर्माको निर्देशन
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस) बाट चैत मसान्तभित्र अन्तःशुल्क ‘स्टिकर’ छाप्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।
नारायणगढ–बुटवल सडक चार वर्षमा २५ प्रतिशत काम
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामले गति लिन सकेको छैन । निर्माण सुरु भएको चार वर्ष बितेको छ । तर, प्रगति भने सन्तोषजनक छैन । यो सडकको भौतिक प्रगति हालसम्म २५ प्रतिशत मात्र छ ।
केयूले बेथानचोकमा सुरुङ मार्गको अध्ययन गर्ने
बेथानचोक गाउँपालिका हुँदै ललितपुर तथा प्रदेश राजधानी हेटौंडालाई जोड्ने वैकल्पिक राजमार्गको रूपमा प्रस्ताव गरिएको सडक अन्त्रगतको ढुङ्खर्क खोला च्याम्राङबेशी सडक खण्डमा सुरुङ मार्ग निर्माणको लागि अध्ययन गरिने भएको छ । सुरुङ मार्गको अध्ययनका लागि काठमाडौँ विश्वविद्यालय (केयू) र बेथानचोक गाउँपालिकाबिच बुधवार सम्झौता भएको छ ।
बचत र ऋणमा केन्द्रित हुँदा समस्या
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी संस्था बचत र ऋणमै केन्द्रित हुँदा समस्या उत्पन्न भएको बताउनुभएको छ । नेपाल सहकारी पत्रकार समाजसँग मन्त्रालयमा बिहीबार भएको अन्तक्र्रियामा सचिव रेग्मीले बहुउद्देश्यीय वा अन्य जुनसुकै उद्देश्य राखे पनि सबै सहकारी संस्थाले बचत र ऋणकै कारोबार मात्र गर्दा सहकारी संस्था समस्यामा परेको बताउनुभयो ।
एउटै गाउँपालिकामा वार्षिक सतचालीस करोड विप्रेषण
मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा बर्सेनि ४७ करोड २९ लाख रुपियाँ वैदेशिक रोजगारीबाट विप्रेषण आउने गरेको छ । यो गाउँपालिकाका दुई हजार ६४९ जना युवा वैदेशिक रोजगारीमा गएका छन् । नौ हजार ४६७ घरधुरी र ३८ हजार ८२४ जनसङ्ख्या रहेको कानेपोखरी गाउँपालिकाका दुई हजार ६४९ घरधुरी (२८ प्रतिशत)का युवा कुनै न कुनै वैदेशिक रोजगारीमा गएको पाइएको छ ।
सार्वजनिक खरिद ऐन संशोधन गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलगायतका सरोकारवालासँग छलफल गरेर सार्वजनिक खरिद ऐन संशोधन गरिने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा उहाँले सो कुरा बताउनुभएको हो ।
त्रिदेशीय मार्ग निर्माण गर्न राष्ट्रपति भण्डारीको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल, चीन र भारत जोड्ने त्रिदेशीय मार्ग निर्माण गर्न सम्वद्ध पक्षमा आग्रह गर्नुभएकोछ । विहीबार सदरमुकाम चरीकोटमा हजारभन्दा बढीको संख्यामा गठित टुकीको ४५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित टुकी प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको हो ।
नेपाल यू–१९ विश्वकपमा छनोट
नेपाल सन् २०२४ मा श्रीलंकामा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ । युएईस्थित आजमान इडेन गार्डेन ओभल क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले आयोजक यूएईलाई सात रनले हरायो ।
राष्ट्रपति उम्मेदवारको रुपमा ममाथि सबैको भरोसा छ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति उम्मेदवारको रुपमा आफूमाथि सबैले भरोसा राखेको बताउनुभएको छ।
संसद् विघटन ठीक थियो भनेपछि नयाँ विकल्प सोच्यौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गतेको प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष केपी ओलीले संसद् विघटन ठीक थियो भन्ने अभिमत जाहेर गरेपछि आफूहरूले नयाँ विकल्प खोजेको बताउनुभएको छ।
मानहानि हुने प्रकृतिका सामग्री उत्पादनमा रोक
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी आचारसंहिता फागुन १७ देखि चैत ५ गतेसम्म लागू भएको छ । फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति निर्वाचनको मिति तय भएको छ ।
आठ दलका शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण जारी
नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थितिमा राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
लापर्बाहीका कारण खाल्डाखुल्डी पुर्न ढिला
काठमाडौं उपत्यकाका सडकका परेका खाल्डाखुल्डी समयमै पुर्न सकिएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले उपत्यकाका सडकहरूमा रहेका खाल्डाहरू महिनादिनमै पुरिसक्न निर्देशन दिनु भए पनि अझै पूर्णरुपमा खाल्डाखुल्डीहरू पुरिएको छैन ।
कमलको जरा खोज्नेको घुइँचो (फोटो फिचर)
हरेक वर्ष माघको दोस्रो हप्ता देखि फागुनको तेस्रो हप्तासम्म कमलको जरा निकाल्ने समय मानिन्छ । यस वर्ष माघको २५ गतेबाट निकाल्न सुरु गरिएकोमा यही फागुन २५ गते सम्म कमलका जरा निकाल्ने अवधि तोकिएपछि जरा खोज्नेको घुइँचो लाग्ने गरेको छ ।
पेचिलो बन्दै फोहोर व्यवस्थापन, डम्पिङ साइड प्राथमिकतामा परेन
स्थानीय तह गठन भएको छ वर्ष बितिसक्दा पनि पूर्वी मोरङका स्थानीय तहले फोहोर व्यवस्थापनको दिगो समाधानमा चासो देखाएका छैनन् । पछिल्लो समय मोरङ, सुनसरी, झापा लगायतका स्थानीयतहहरुमा फोहोर व्यवस्थापन पेचिलो बन्दै गएको छ ।
कोरियामा नेपाली श्रमिकको माग बढ्यो
रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन् । आकर्षक श्रम गन्तव्य देश बनेको दक्षिण कोरियाले यही फेबु्रअरीदेखि प्रत्येक महिना दुई हजार नेपाली युवा कोरिया लैजान थालेको हो ।
पर्यटकको औसत खर्च निकालिँदै
नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले गर्ने औसत खर्चबारे अध्ययन सुरु गरेको छ। बोर्डका निर्देशक मणिराज लामिछानेले राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कति रहेको छ भन्ने पत्ता लगाउन विदेशी पर्यटकले नेपालमा गर्ने दैनिक औसत खर्चको विवरण लिन सुरु गरिएको बताउनुभयो।