रुबी र चाँदी
नामै राम्रो – रुबीभ्याली । पत्थर उजाड छ तर महँगो छ रुबी/चाँदी । यसको मूल्य बुझेकाले दोहन गरे । कम्पनी खडा गरे, पहाड खोतले, प्राकृतिक स्रोत ओसारे । अहिले गणेश हिमाल मेटल कम्पनीका टहरा पहरेदारले कुरेका छन् । सेयर (कम्पनीका लागि पैसा लगानी) लगानी गरेका गाउँले हेरेको हे-यै भए ।
जय नेपाल हजुर [कथा]
प्रेरणाले सोधिन्, “दाजु, यहाँ तपाईंलाई कुर्न कोही छैनन् ?” उत्तर दिने क्रममा उनले भने, “यस्तो अवस्था त शत्रुलाई पनि आई नलागोस् । सानैदेखिको अभागी म... ।” उनले पूरा वाक्य बोल्न पनि सकेनन् । छेउमा उभिएकी मलाई पनि कौतूहल बढ्यो, कहाँ होला त यिनको घर ? के होला थर ? यस्ता गज्याङगुजुङ प्रश्नले मगज भरियो । वास्तविकता जान्नै पर्ने गरी हुटहुटी भयो ।
बौद्ध धर्म दर्शनको ‘शून्यवाद’
बौद्ध धर्म दर्शनको चर्चा हुँदा अलि जानकार भएकाहरू ‘शून्यवाद’ शब्द प्रयोग गर्छन् र यो शब्दको प्रयोगसँगै बहस स्वतः गम्भीर र रहस्यमय भएर जान्छ । यो स्वाभाविक पनि हो । बौद्ध दर्शनमा चारवटा दार्शनिक सम्प्रदाय छन् र त्यसमा एउटा माध्यमिक सम्प्रदाय हो । आचार्य नागार्जुनद्वारा प्रतिपादित शून्यवादसँग यो सम्बद्ध छ । अन्य तीनवटा दार्शनिक सम्प्रदाय हुन्, वैभाषिक, सौत्रान्तिक र योगाचार (विज्ञानवाद) ।
लुम्बिनीबाट एक करोड १७ लाख विदेशी मुद्रा सटही गरिने
लुम्बिनीमा विदेशी पर्यटकबाट दानबापत सङ्कलित विदेशी मुद्रा अब सटही हुने भएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बिहीबार राष्ट्र बैक सिद्धार्थनगर रुपन्देहीका निर्देशक थानेश्वर आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएसँगै लामो समयदेखि सटही नभएर कागज बराबर भएका विदेशी मुद्रा सटही गर्ने सहमति भएको हो ।
वन्यजन्तुले गरायो उठिबास
धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, सिबुवा गाउँमा केही वर्षअघि १३ घरपरिवारको बसोबास थियो तर उनीहरू सडक, खानेपानीलगायतका सुविधा नहुँदा समस्याबाट गुज्रिइरहेका थिए । सडक बिजुलीलगायत विकासका पूर्वाधार क्रमशः बन्दै गएकाले पछिल्लो समय सबै कुरा सहज हुँदै गएको थियो । पूर्वाधारको विकास भए पनि गाउँमा स्थानीयवासी अडिन सकेनन् । स्थानीयवासीले गाउँ छाड्नुको मुख्य कारण बन्यो खानेपानीको समस्या र जङ्गली जनावरको आतङ्क ।
सार्वजनिक बिदामा सरकारी कार्यालय खोल्ने सरकारको निर्णय
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कर्मचारीलाई सट्टा बिदा दिने र कुन–कुन कार्यालयमा सेवा सुचारु गर्ने भन्ने सम्बन्धमा मन्त्रिपरिषद्को प्रशासनिक समितिले सूचिकृत गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो ।
सन्दीपले विदेश गएर खेल्न नपाउने
शुक्रबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले क्रिकेटर लामिछानेविरुद्धको अर्को मुद्दा सर्वोच्च अदालतमा नै विचाराधीन रहेकाले दुवै मुद्दालाई लगाउनमा राखेर सुनुवाइका लागि फागुन १४ गते आइतबार संयुक्त इजलासमा पेसी तोक्न आदेश दिएको हो ।
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ।
चार दलीय बैठक : राष्ट्रपतिमा कांग्रेसले आफ्नो दाबी नछोड्ने
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैठकमा आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारीमा स्वाभाविक दाबी गरेको बताउनुभयो ।
सिद्धिचरण राजमार्ग जीर्ण
नियमित मर्मत सम्भार र स्तरोन्नतिमा राज्यको नजर नपर्दा सिद्धिचरण राजमार्ग अन्तर्गत सिराहाको मिर्चैया देखि उदयपुरको घुर्मीसम्मको सडक जीर्ण बनेका छ । कटारी नगरपालिका हुँदै माथिल्लो सगरमाथाका ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङलाई तराईसँग जोड्ने मुख्य मार्गको रूपमा रहेको यो सडकलाई सरकारी निकायले चासो नदिँदा जीर्ण बनेको हो ।
विदेशमा रोजगार भएका पनि आबद्ध हुन सक्ने
सरकारले आउँदो चैत १ गतेदेखि वैदेशिक रोजगारीमा जाने वा गएका युवालाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकलाई योजनामा आबद्ध गराउने तयारी गरेको हो ।
राष्ट्रपति निर्वाचन: निर्णायक संवादमा प्रमुख दल
सत्ता साझेदार र प्रमुख प्रतिपक्षीसहितका राजनीतिक दल राष्ट्रपति निर्वाचनको उम्मेदवार तय गर्न अन्तिम तयारीमा जुटेका छन्। राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते शनिबार उम्मेदवारी मनोनयनको निर्वाचन कार्यतालिका तोकिएकाले दलहरूले अन्तिम चरणको छलफल तीव्र पारेका हुन्।
चक्रपथ विस्तार छिट्टै
काठमाडौँ चक्रपथको बहुप्रतीक्षित कलङ्की–महाराजगञ्ज सडक खण्डको विस्तार कार्य छिट्टै सुरु गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। चक्रपथको सो खण्डको बिहीबार निरीक्षण गर्ने क्रममा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह, नेपालका लागि चीनका राजदूत छन सोङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सरोकारवाला निकायका प्रमुखहरूले सो प्रतिबद्वता व्यक्त गर्नुभएको हो।
जन्मजात मुटुराेगकाे उपचार सम्भव
संसारभर एक हजार जीवितै जन्मिएका शिशुमध्ये आठदेखि १० जनामा जन्मजात मुटुसम्बन्धी रोग फेला परेको अध्ययनले देखाएको छ ।
विश्वकप लिगका विजेतालाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रुपियाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ ।
फोरजी सेवा गुणस्तर बनाएपछि मात्रै फाइभ जी लागू गर्न उपयुक्त : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभ जी लागू गर्न उपयुक्त हुने बताउनुभएको छ ।
फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने बताउनुभयो ।
युवामाथि सिङ्गो राष्ट्रको भरोसा छ: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले युवामाथि सिङ्गो राष्ट्रको आशा र भरोसा रहेको बताउनुभएको छ। बिहीबार बिहान काठमाडौंको टुंडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उहाँ साे कुरा बताउनुभएको हो।
आजदेखि १५ जिल्लाका ८५ लाख जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै
सरकारले आजबाट हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवन अभियान सुरु गरेको छ ।
घट्दो आयात, बढ्दो दबाब
एक वर्षअघिदेखि घट्न थालेको वस्तु आयात घट्ने क्रम जारी छ । नेपाल राष्ट्र बैङ्कले गत वर्षको पुसदेखि वस्तु आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था लागू गरेपछि आयात ओरालो लागेको हो । भन्सार विभागले बुधबार सार्वजनिक गरेको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी तथ्याङ्कअनुसार गत वर्षको माघको तुलनामा यस वर्ष सोही महिनाको वस्तु आयात करिब सवा दुई खर्बले रुपियाँ घटेको छ । सरकारले केही वस्तुमा लगाएको प्रतिबन्ध पुसमा हटेको भए पनि आयात बढेन । आयात घट्दा मुलुकबाट बाहिरिने रकम बचत त भएको छ तर सरकारको राजस्वको मुख्य आधारका रूपमा रहेको भन्सार राजस्व सङ्कलनमा भने दबाब बढेको छ ।
सहमतिको खाका आज आउन सक्ने
राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन दर्ताको समय तीन दिन बाँकी रहँदा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूको सक्रियता तीव्र भएको छ । राष्ट्रपति निर्वाचनकै सन्दर्भमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले छलफल गर्नुभएको छ ।
लघुवित्तबारे नयाँ व्यवस्था
एउटा लघुवित्तले बिनाधितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एक जना ऋणीलाई एउटा मात्र लघुवित्त वित्तीय संस्थाले यस व्यवस्थाबमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था भएको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि खुला
गत पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि प्रविधिमा आधारित उडान–अवतरण (इन्स्ट्रुमेन्टल फ्लाइट रुल, आईएफआर) उडान सुरु हुने भएको छ । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण भए पनि हालसम्म यो विमानस्थलमा आँखाले हेरेको आधारमा गरिने उडान (भिजबल फ्लाइट रुल, भीएफआर) हुँदै आएको छ । आईएफआर प्रणाली सुरु भएसँगै अन्तर्राष्ट्रिय उडानको पनि बाटो खुलेको छ ।
डायलासिसका लागि पालो पाउन कठिन
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला फेल भएका पाँच सय बिरामी डायलासिस गर्न पालो कुरेर बस्छन् । केन्द्रको क्षमताले दैनिक २५० जना बिरामीको मात्रै डायलासिस गर्न सक्छ । पालो नपाउनेहरू घर फर्किनुबाहेक उपाय रहँदैन । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले ४५ वटा डायलासिस मेसिनबाट तीन सेसन गरेर डायलासिस भइरहेको जानकारी दिँदै भन्नुभयो, “सबैलाई डायलासिस सेवा उपलब्ध गराउनु परेमा ५० वटा मेसिन थप्नुपर्ने हुन्छ । त्यति थप्दा जनशक्ति पनि थप्नुपर्छ ।”