• ८ पुस २०८१, सोमबार

स्याउला सङ्कलनमा व्यस्त मुगुका महिला

blog

मलका लागि प्रयोग हुने सल्लीपिरल सङ्कलन गर्दै मुगुका स्थानीय महिला । तस्बिर: हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी

मुगु, फागुन ९ गते । हिमाली र पहाडी क्षेत्रका महिलाको दिनचर्या जङ्गलको स्याउला, घाँस, पातपतिङ्गर र दाउरा सङ्कलनमै बित्ने गरेको छ । हिउँदको समयमा ग्रामीण भेगका महिला खेतबारीमा गोडमेल गर्ने काम नभएपछि गोठेमलको प्रयोजनका लागि सोत्तर (स्याउला) सङ्कलनमा जुटेका हुन् ।

घरायसी अन्य केही काममा पुरुषले सघाए पनि जङ्गलबाट सामग्री ल्याउन भने महिला मात्र बाध्य रहेको मुगुका महिलाले बताएका छन् । मलका लागि प्रयोग हुने सल्लीपिरल सङ्कलन गर्दै मुगुका स्थानीय महिला ।



तस्बिर: हरिकृष्ण ऐडी