• ६ जेठ २०८१, आइतबार

बौद्ध धर्म गुरु र धर्मालम्बीहरु साङ्ग पूजामा व्यस्त

blog

ग्याल्बो ल्होसारको अवसरमा सोमबार बौद्ध धर्म गुरु र धर्मालम्बीहरु बौद्धस्थित सेतो गुम्बा साङ्ग पूजामा सहभागी हुँदै । तस्बिर : सुजन गुरुङ

काठमाडौं, फागुन ८ गते । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा ग्याल्पो ल्होसार मनाइन्छ । यो पर्व भोलि मङ्गलबार विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । 


यसै उपलक्ष्यमा साेमबार बौद्ध धर्म गुरु र धर्मावलम्बीहरु ग्याल्बो ल्होसारको अवसरमा सोमबार बौद्धस्थित सेतो गुम्बा साङ्ग पूजामा सहभागी हुनुभयो । साङ्ग पूजामा विशेष गरी अग्नि, वायु, जललगायतको पूजा गरिन्छ र वर्षभरिको ग्रहदशा काट्ने काम पनि गरिन्छ । 


यस पर्वको अवसरमा शेर्पा  समुदायले आफ्नो घरआँगन, बाटोघाटो तथा पानीका स्रोतहरूको सरसफाइ गर्ने, घरको छतलगायत गुम्बा र चैत्यहरूमा नयाँ ध्वजाहरू राख्ने, गुथुक र खाप्से जस्ता परिकार खाने अनि आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने  परम्परा रहेको छ । 


यस पर्वको अवसरमा शेर्पा  समुदायले आफ्नो घरआँगन, बाटोघाटो तथा पानीका स्रोतहरूको सरसफाइ गर्ने, घरको छतलगायत गुम्बा र चैत्यहरूमा नयाँ ध्वजाहरू राख्ने, गुथुक र खाप्सेजस्ता परिकार खाने अनि आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने  परम्परा रहेको छ ।  त्यसै अवसरलाई दृष्टिगत गरी बौद्ध स्तूपलाई रङ्गरोगन गरी चिटिक्क पारिएको छ ।