बिहीबार ३१ औं मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यो वर्ष समयमै बिउँ र मलखादको आपूर्ति गरिएकोले धान लगायत कृषिबालीको उत्पादनमा वृद्धि भएको बताउनुभयो।
सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चित गर्ने घोषणा गरेको छ।
काठमाडौंको हनुमानढोकास्थित वर्षौ पुरानो एवम् जीर्ण अवस्थामा रहेको प्रहरी भवनको भौतिक संरचना जोखिमपूर्ण समेत बन्दै गएको छ । सम्पदा संरक्षण अभियान्ता यादवलाल कायस्थका अनुसार प्रहरी भवन प्रवेश स्थल (दबु) मा स्थानीय एवम् श्रद्धालुहरु कुनै समय दिवंगतहरुको सम्झनामा दियो बाल्ने गर्दथे । महांकाल नाच, गाइजात्रा जस्ता जात्रा पर्वमा भक्तपुर लगायत टाढाबाट आएकाहरु नाचगानको तयारी तथा बसोबास गर्ने स्थान हो यो ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू अमेरिका भ्रमणमा रहेको मौकाको फाइदा उठाउँदै पार्टी फुटाएको आरोप लगाउनुभएको छ । उता, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेताले अध्यक्षको अलोकतान्त्रिक चरित्रका कारण पार्टी विभाजनको अवस्थामा पुगेको बताउनुभएको छ ।
एक सय रुपियाँको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णयमा छिमेकी मुलुक भारतले असन्तुष्टि जनाएको छ । गत वैशाख २० गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सयको नोटको अग्र भागको पृष्ठभूमिमा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेको चुच्चे नक्साको डिजाइन राखेर नयाँ डिजाइन परिमार्जन गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।
काठमाडौँ महानगरपालिकाको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ अन्तर्गत वैशाख १९ गतेदेखि एक महिने सीप मेला आयोजना हुँदैछ ।
काठमाडौं उपत्यकाको दोहोरी साँझ, डान्स बार तथा रेष्टुरेन्टलगायतका क्षेत्रमा प्रवेश गर्ने अधिंकाश कक्षा दशदेखि १२ सम्म पढ्ने बालबालिका पाइएको एक अध्ययनले देखाएको छ ।
विपद् व्यवस्थापन विज्ञ डा. कृष्णचन्द्र देवकोटाले भूकम्प प्रतिरोधात्मक संरचना निर्माण कार्य असफल भएको बताउनुभएको छ । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएर ७ दशमलव ८ रेक्टरको भूकम्प स्मरण गर्नुहुँदै उहाँले भूकम्प फेरि आए विगतकै परिणामको क्षति दोहोरिने बताउनुभयो ।
नेकपा (एमाले) नेता डा. भीम रावलले भर्खरै सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा आफूलाई निषेध गरेको बताउनुभएको छ ।
काठमाडौँ महानगरका विभिन्न ठाउँका पर्खाल तथा भित्ताहरू अचेल सन्देशमूलक चित्रकलाले सजिएको छ । बाटोका यात्रु तथा सर्वसाधारण ती चित्रकला हेरेर तथा फोटो खिचेर रमाउने रमाउने गरेका छन् ।
काठमाडौँ महानगरपालिकाले सम्बन्धित पक्षबाट अनिवार्य स्वीकृत नलिएका निर्माण कार्यमा सङ्लन्न व्यक्ति वा कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेको बताएको छ ।
“एक महिलाको चुनौती भनौं कि कमजोरी, बोल्न एकदम अक्मकाउनु हुन्छ, आफ्नो परिचय भन्न पनि लजाउनुहुन्छ । उहाँ हुनुहुन्छ मानव अधिकारका लागि एकल महिला समूहकी केन्द्रीय बोर्ड सदस्य सबिता महर्जन । “लाज भनेको महिलाको गहना हो भन्ने परम्परागत सिद्धान्त छ” उहाँले भन्नुभयो ।
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (एमाले) का सांसद विमला घिमिरे निर्वाचित हुनुभएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उहाँलाई बिहीबार उपाध्यक्ष निर्वाचित भएको घोषणा गर्नुभएको हो।
कुनै बेला नर्सिङ पेसामा आबद्ध निरु कुँवर जीवनमा केही फरक ढङ्गले स्थापित हुने चाहना राख्नुहुन्थ्यो ।