पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताउनुभएको छ। नेकपा (एमाले) ले आयोजना बुधबार काठमाडौँमा आयोजना गरेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो।
सरकारले घरेलु मदिराको उत्पादन, ब्राण्डिङ, बजारीकरण तथा बिक्रीका लागि कानुनी व्यवस्था मिलाइने बताएको छ। संघीय संसदमा मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।
पूर्व उपसभामुख एवम् नेपाली कांग्रेसकी नेतृ पुस्पा भुसालले गणतन्त्रसँग नेपाली जनताले ठूलो आशा र भरोसा राखेको बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युग सुहाउँदो नयाँ समाजवादको मोडल विकास गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले आवश्यक परेको अवस्थामा सकारात्मक ढङ्गले गाँठो फुकाउन संविधान संशोधन गर्न तयार हुनुपर्ने बताउनुभएको छ।
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नागरिकको लामो समयको बलिदान पश्चात् प्राप्त गणतान्त्रिक व्यवस्थामा नेपाली जनताको चुल्हो बल्ने अधिकारको सुनिश्चितता हुनुपर्ने बताउनुभएको छ ।
बिहीबार ३१ औं मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यो वर्ष समयमै बिउँ र मलखादको आपूर्ति गरिएकोले धान लगायत कृषिबालीको उत्पादनमा वृद्धि भएको बताउनुभयो।
सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चित गर्ने घोषणा गरेको छ।
काठमाडौंको हनुमानढोकास्थित वर्षौ पुरानो एवम् जीर्ण अवस्थामा रहेको प्रहरी भवनको भौतिक संरचना जोखिमपूर्ण समेत बन्दै गएको छ । सम्पदा संरक्षण अभियान्ता यादवलाल कायस्थका अनुसार प्रहरी भवन प्रवेश स्थल (दबु) मा स्थानीय एवम् श्रद्धालुहरु कुनै समय दिवंगतहरुको सम्झनामा दियो बाल्ने गर्दथे । महांकाल नाच, गाइजात्रा जस्ता जात्रा पर्वमा भक्तपुर लगायत टाढाबाट आएकाहरु नाचगानको तयारी तथा बसोबास गर्ने स्थान हो यो ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू अमेरिका भ्रमणमा रहेको मौकाको फाइदा उठाउँदै पार्टी फुटाएको आरोप लगाउनुभएको छ । उता, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेताले अध्यक्षको अलोकतान्त्रिक चरित्रका कारण पार्टी विभाजनको अवस्थामा पुगेको बताउनुभएको छ ।
एक सय रुपियाँको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णयमा छिमेकी मुलुक भारतले असन्तुष्टि जनाएको छ । गत वैशाख २० गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सयको नोटको अग्र भागको पृष्ठभूमिमा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेको चुच्चे नक्साको डिजाइन राखेर नयाँ डिजाइन परिमार्जन गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।
काठमाडौँ महानगरपालिकाको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ अन्तर्गत वैशाख १९ गतेदेखि एक महिने सीप मेला आयोजना हुँदैछ ।
काठमाडौं उपत्यकाको दोहोरी साँझ, डान्स बार तथा रेष्टुरेन्टलगायतका क्षेत्रमा प्रवेश गर्ने अधिंकाश कक्षा दशदेखि १२ सम्म पढ्ने बालबालिका पाइएको एक अध्ययनले देखाएको छ ।
विपद् व्यवस्थापन विज्ञ डा. कृष्णचन्द्र देवकोटाले भूकम्प प्रतिरोधात्मक संरचना निर्माण कार्य असफल भएको बताउनुभएको छ । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएर ७ दशमलव ८ रेक्टरको भूकम्प स्मरण गर्नुहुँदै उहाँले भूकम्प फेरि आए विगतकै परिणामको क्षति दोहोरिने बताउनुभयो ।