गत कात्तिक १७ गते शुक्रबार मध्यराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गयो । भूकम्पबाट जाजरकोट र रुकुमपश्चिम जिल्लाका एकसय ५७ जनाको मृत्यु भयो, हजारौँको सङ्ख्यामा घाइते भए ।
करिब तीन वर्ष अघि २०७७ चैत २० गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले यस धाराको औपचारिक शुभारम्भ गर्नुभयो । मेलम्चीको दैनिक १७ करोड लिटर पानी वितरण हुने भएपछि काठमाडौंवासीमा खुसी त छाएको थियो नै, यससँगै भृकुटीमण्डप क्षेत्रमा हिँड्डुल गर्ने यात्रुसमेत यसबाट लाभान्वित हुनेमा आशावादी थिए ।
साझा यातायातका एक मात्र चालक महिला हुनुहुन्छ हर्मिता श्रेष्ठ ।
घरपरिवार वा समाजमा पुरुषमाथि हुने हिंसाको यकिन तथ्याङ्क बाहिर आएको पाइँदैन ।
त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घ केन्द्रीय समितिले विगतमा भएका सम्झौता कार्यान्वयन नभए दीक्षान्त समारोहमा सहभागी नहुने जनाएको छ । त्रिवि कर्मचारी सङ्घले मंसिर १८ गते पदाधिकारी समक्ष त्रिविमा कार्यरत प्राविधिक, नर्सिङ्ग तथा प्रशासनिक कर्मचारीको पेशागत हक हितको पक्षमा ज्ञापनपत्र पेश गरेको थियो ।
आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोज तीन महिनासम्म महिला तथा लैङ्गिक हिंसासम्बन्धी देशभर ६,०३९ वटा उजुरी प्रहरीमा परेका छन् । जसमध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा १,७९१ र सबैभन्दा कम गण्डकीमा २८२ हिंसाका घटना दर्ता भएका छन् ।
‘दिगो विकास लक्ष्यको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नारासहित आइतबार ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ।
लैङ्गिक समानता तथा सामाजिक न्यायका सवालमा सांसद, अधिकारकर्मी एवम् सरोकारवालाले राज्यको तीनै तहमा लैङ्गिक उत्तरदायी बजेट विनियोजन गर्नुपर्ने माग राखेका छन् ।
आर्थिक वर्ष २०७९/८० मा महिला आयोगमा उजुरी भएका ९०२ उजुरीमध्ये ८१८ वटा घरेलु हिंसाका छन् । पछिल्लो साउनदेखि असोजसम्म आयोगमा १६८ वटा घरेलु हिंसा र अरू हिंसाका १३ वटा उजुरी परेका छन् ।
ललितपुर महानगरपालिकाले लगनखेलस्थित ऐतिहासिक तथा धार्मिक महत्त्वको सप्तपाताल पोखरीलाई पुनर्जीवित गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ । महानगरपालिकाले सो पोखरीको निर्माण कार्य अबको दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
काठमाडौँको बल्खुमा दुर्गा प्रसाईँ समूह र प्रहरीबिच झडप भएको छ । प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरू निषेधित क्षेत्र कालीमाटीतर्फ जान थालेपछि झडप भएको हो ।
साना कलिला नानीबाबुदेखि ग्राज्युएडसम्मका पाठकलाई एउटा राम्रो अवसर हुन सक्छ ‘साउथ एसिया इन्टरनेशनल बुक फेयर २०२३ (नेपाल)’। काठमाडौँको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको पुस्तक प्रदर्शनी अब चार दिनसम्म चल्नेछ।
नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच पार्टी एकताबारे विभिन्न चरणमा संवाद हुँदै आए पनि पार्टीको विधान, नाम, सङ्गठनात्मक संरचना, चुनाव चिह्नलगायतका विषयमा सहमति जुट्न सकेको छैन ।
जाजरकोट र रुकुमपश्चिम लगायत भूकम्प प्रभावित क्षेत्रमा नेकपा (एमाले) को श्रमदान अभियान जारी छ । एमालेको ११ सय स्वयंसेवक भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको कार्यमा व्यस्त छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मङ्सिर २, ३ र ४ गते तीन दिन घरदैलो अभियान सञ्चालन गर्ने भएको छ।