नेपाली कांग्रेसको संसदीय दलको बैठकले निरन्तर अवरुद्ध संसद् सुचारु गर्न सत्तापक्ष र प्रतिपक्ष लगायत सबै दलसँग संवादको पहल गर्ने निर्णय गरेको छ ।
नेपालमा मानव बेचबिखन अपराधमा १८ वर्षमुनिका पीडित बालिकाको सङ्ख्या वर्षेनी बढ्दैगएको तथ्यांक छ । नेपाल प्रहरीको तथ्यांकअनुसार करिब दुई वर्षअघि आर्थिक वर्ष २०७७–७८ मा १८ वर्षमुनिका पीडित बालबालिकाको संख्या एक सय ८७ रहेकोमा बालकको संख्या एक र बालिकाको संख्या ७९ छ ।
अन्तर पार्टी महिला सञ्जालले निर्वाचनमा प्रदेश तहमा ४० प्रतिशत र स्थानीय तहमा ५० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चित हुनुपर्ने माग गरेको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको कानुनसम्बन्धमा अन्तर पार्टी महिला सञ्जालले महिला अधिकारकर्मी, सांसद एवम् सरोकारवालासँग आज छलफल गर्दै अयोगलाई सो सुझाव दिने जनाएको हो ।
साउन ११ गते । तारकेश्वर नगरपालिकाअन्तर्गत विभिन्न खोलामा सरसफाइ अभियान अघि बढेको छ । वर्षायाममा खोलाको सतह बढेर बस्तीमा पानी पस्ने जोखिम बढेसँगै सो अभियान अभियान अघि बढाइएको हो ।
सिन्धुपाल्चोकको इन्द्रावती नदी आसपास माझी बस्ती छ। तर बर्सेनिजसो आउने बाढीपहिरोले नदी किनारमा जीविकोपार्जन गर्ने अल्पसङ्ख्यक माझी समुदायको बस्ती विस्थापित गर्दै लगेको छ। २०७८ असार १ गते मेलम्ची र इन्द्रवतीमा आएको गेग्य्रानसहितको बाढीले यो बस्ती पूर्ण रूपमा विस्थापित बनायो। त्यसपछि इन्द्रावती गाउँपालिका–५, बाँडेगाउँमा करिब ३६ घरधुरीको एकीकृत माझी बस्ती निर्माण भयो। यो माझी बस्तीमा प्रायः आधा उमेर ढल्केका तथा विवाहित महिलाको दैनिकी घरधन्दामै बित्छ। केही ससाना केटाकेटी खेलेर दिन काट्छन् भने धेरै जसो विद्यालय जाने, पढ्ने, लेख्ने गर्छन्।
सत्ता गठबन्धनले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णयसँगै जनमतले पनि सरकारमा जाने तयारी गरिरहेको छ । जनमत पार्टीले गत पुस १० मा बनेको सत्ता गठबन्धनभित्र उद्योग, शहरी विकासजस्ता विकासे मन्त्रालयको माग राखेको थियो ।
पढ्न चाहनेलाई उमेरले छेक्दैन भन्ने उदाहरणीय पात्र बन्नुभएको छ– ७० वर्षकी ज्येष्ठ नागरिक सूर्यवती खनाल । खनालले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० उत्तीर्ण गर्नुभएको छ । परीक्षा उत्तीर्ण भएसँगै उहाँ खुसीले दङ्ग पनि हुनुहुन्छ ।
नेपाल प्रहरीले निक्षेपकर्ताको १२ अरब २३ करोड ५१ लाख ८३ हजार रुपियाँ रकम दुरुपयोग गर्ने अभियुक्त केदारनाथ शर्मालाई पक्राउ गरेको छ।
देशको एक पुरातात्विक धरोहर घण्टाघर । झण्डै एक सय ३० वर्ष पहिले वीर शमशेरको पालामा स्थापना भएको घण्टाघर समयसँगै निकै जिर्ण अवस्थामा छ । नेपालमा त्यो बेलादेखि एक मात्र समय सूचक बनेर जिउँदो इतिहासको रुपमा संघीय राजधानीको मुटुमा ठिङ्ग उभिएको छ ।
काठमाडौंको गोङ्गबुस्थित चेतना महिला माध्यमिक विद्यालयमा विभिन्न उमेर समूहका महिला नर्सरी तहदेखि कक्षा १० सम्म पढ्छन् ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २ गते शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका – १ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्ची खानेपानी आयोजना अन्तर्गत याङ्ग्री र लार्केको दोस्रो फेजको काम तारुकताका साथ अगाडि बढाउनुपर्ने बताउनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ ।
नेकपा (एमाले) ले पछिल्लो समय विधानमा रहेको केन्द्रीय कमिटी सदस्यको ७० वर्षको उमेर हदको व्यवस्था हटाएको छ । यससँगै राजनीतिमा उमेर हदको व्यवस्था, यसको आवश्यकता तथा कार्यान्वयनको विषय पुनः चर्चामा आएको छ ।
छिमेकी मुलुक भारतको हालै नयाँ संसद्को उद्घाटन भयो । संसद् भवनमा अखण्ड भारतको नक्सा राखिएको छ । नेपालको कपिलवस्तु र लुम्बिनीसमेत समेटिएको सो नक्सा यतिबेला विवादित छ । अखण्ड भारत नामक सो नक्सामा राखिएको नेपाली भूगोलको सही पहिचान गरेर यसको कूटनीतिक पहल लिनुपर्ने विज्ञहरू बताउँछन् ।