नेपाल प्रहरीको पछिल्लो एक तथ्याङ्क अनुसार दसैँ अवधिमा मात्रै चोरी अपराधमा ५० वटा मुद्दा दर्ता भएको छ ।पछिल्लो दुई हप्ताको अवधिमा डाका चोरीका जम्मा ६ मुद्दा, नकबजनी चोरीका सात र साधारण चोरीका जम्मा ३७ गरी जम्मा ५० मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको नेपालको औपचारिक भ्रमणबारे विभिन्न कोणबाट मुल्याङ्कन भइरहेको छ । गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रिया, जलवायु परिवर्तन एवम् यससँग सम्बन्धित समस्या, शान्ति सेनालगायतका विविध पक्षको आवाज विश्व समुदायमा उठाउन अवसरको रुपमा लिइएको विज्ञहरुले बताएका छन् ।
नेपाल प्रहरीले चाडपर्वको समयमा हुने सार्वजनिक सवारी साधनको दुर्घटना यो वर्ष कम भएको बताएको छ ।
घटस्थापनादेखि विधिवत् सुरु भएको बडादसैँ देशैभर मनाउनेक्रम जारी छ । दसैँको विशेष दिन आफूभन्दा ठूलाको हातबाट टीका, जमरा र आशिर्वाद थाप्ने परम्परागत चलन रहीआएको छ ।
खोकना (ललितपुर), असोज २८ गते । ललितपुरको खोकनामा ऐतिहासिक १२ वर्षे मेला सुरु भएको छ । यो जात्रामा रुद्रायणी मन्दिरमा रुद्रायणी देवगणहरुलाई एक महिनाका लागि विधिवत पूजाअर्चना गरी ‘द्यो कुनेगु’ अर्थात् गुप्तवास राखिन्छ । ललितपुर महानगरपालिका वडा नं. २१ र रुद्रायणी गुठीले आइतबार पत्रकार सम्मेलनगरी सो जात्राको ऐतिहासिक तथा सांस्कृतिक विविध पक्षबारेमा जानकारी दिएको छ ।वडा नं. २१ का अध्यक्ष रविन्द्र महर्जनले विगतमा केन्द्रीय सरकारको मातहतमा यो जात्रा मनाइने गरे पनि संघीयता कार्यान्वयनपछि स्थानीय सरकारको मातहतमा रहेको बताउनुभयो । उहाँले काठमाडौंको पचली भैरव, पुरानो खोकनाको देवी सिद्धकाली मन्दिरमा अवस्थित रुद्रायणी, बालकुमारी पाटनमा कौमरी, कीर्तिपुर चोभारमा रहेको जलविनायक, हलुमान, न्हसिकाप, कुसुन्तीमा कुमार, नेखुमोलमा ब्रम्हायणी देवी, नख्खुस्थित विष्णुदेवी, पशुपतिको महेश्वरी, बल्खुको इन्द्रायणी, बज्रबाराही, गुह्येश्वरी, महालक्ष्मी, आकाश भैरवलगायतका शक्तिपीठमा सो पूजा गरिने जानकारी दिनुभयो । रुद्रायणी गुठीका ईलाखा बेखानारायण महर्जनले भन्नुभयो, “मैले २०२० साल, २०३२, २०४४, २०५६, २०६८ र अहिले २०८० मा मेरो उमेरको हकमा यो जात्रा गर्दैछु ।” उहाँले काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्ने तथा नाच देखाइने बताउनुभयो । जात्रा अवधिभरमा देखाइने सिकाली नाच परम्परागत भएकाले विगतमा देखाइँदै आएका स्थानमा मात्र देखाउने परम्परा छ । गुठीका नायः योगेश महर्जनले नेपाललाई विश्वसामु चिनाउने विविध जात्रापर्व र संस्कृतिकमध्ये १२ वर्षे मेला पनि एक रहेको बताउनुभयो । सांस्कृतिक पक्ष सँगसँगै यो वर्ष अभिलेखिकरणमा समेत जोड दिइएको उहाँको भनाइ छ । यसको इतिहासलाई दीगो राख्न एवम् देशव्यापी बनाउने उद्देश्यले भावी दिनमा संस्कृति संरक्षणका लागि संग्रहालय बनाउन पनि जरुरी रहेको उहाँले बताउनुभयो । रुद्रायणी देवीको १२ वर्ष मेला २०८० गाईजात्राको भोलिपल्ट अर्थात् खोकनाबासीको स्थानीय गाईजात्राको दिनबाट गुफा राखेर सुरु गर्ने परम्परागत चलन छ । मेला अवधिमा खोकना गढभित्र नुहाउने, लुगा धुने, छालाका सामानहरु लगाउने, कुखुराको मासु, अण्डा, पूजामा रातो टीका, घण्टी बजाउने, मनोरञ्जनात्मक कार्य तथा भोज भतेर कार्य पूर्णरुपमा प्रतिबन्ध गरिन्छ । जात्राको अन्त रुद्रायणी मन्दिर अगाडिको डबलीमा हुन्छ । सोही जात्रा नै १२ वर्षे मेलाको प्रमुख जात्रा हो । यसैबीच, सो जात्राबारे गाइएको भजन पनि सार्वजनिक गरिएको थियो ।
चाडबाड नजिकिएसँगै बजारमा चहलपहल बढ्दो क्रम जारी छ । सूचना प्रविधिको आजको युगमा अनलाइनमार्फत आफूलाई चाहेको वा मन परेको सामान घरैमा उपलब्ध हुने सहज वातावरण बनेको छ । आधुनिक प्रविधिको प्रयोगसँगै सरसामान खरीदबिक्रीको तौरतरिका पनि बदलिँदै गएको अवस्था छ ।
सडकका बेवारिसे कुकुरको व्यवस्थापनमा सायदै थोरैको ध्यान जाने गर्दछ । एकातिर बजारबाट कुकुर किनेर घरमा पाल्ने सौख बढ्दै गएको छ । तर, आकर्षण नभएका तथा बिरामी भए, मन नपरेमा कुकुरलाई सडकमा छाडिदिने विभिन्न घटना पनि छन् । सडकमै जन्मेका, हुर्केका बेवारिसे कतिपय कुकुर मान्छेको कुटाइ, पिटाइदेखि, एसिड छ्याप्ने, सडक दुर्घटनाको शिकार बनेका छन् ।
नेपाली हिन्दु नारीको विशेष पर्व हरितालिका तीजको रौनक गाउँ सहरमा छाइसकेको छ ।
शालीन राजनीतिका एक पर्याय सुवासचन्द्र नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
नेकपा (एमाले) ले पार्टी उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा सबै कार्यालयको झण्डा तीन दिनसम्म झुकाउने निर्णय गरेको छ ।
प्रथम जननिर्वाचन प्रधानमन्त्री बिपी कोइरालाको सरकार तत्कालीन राजा महेन्द्रद्वारा वि.सं. २०१७ पुस १ गते अपदस्त भयो ।
नेपाल भाषाका वरिष्ठ संगीतकर्मी तथा गायक गोविन्द ह्यूमतको एकल प्रस्तुती कार्यक्रम समापन भएको छ । कीर्तिपुरको पाँगास्थित सिनेप्लेक्समा सोमबार गोविन्द ह्यूमल सनिल – ११४३ एकल साँझ कार्यक्रम सम्पन्न भएको हो । उहाँले दर्जनभन्दा बढी १५ वटा नेपाल भाषाको गीतमा संगीत एवम् गायन प्रस्तुत गर्नुभयो ।
नागरिकता विधेयक प्रमाणीकरण भएपछि नागरिकता उपलब्धतामा सहज भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गत जेठ १७ गते नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले स्थानीय तह, प्रदेश र केन्द्रले नीतिगत योजना बनाएर बाल अधिकार र विकासको क्षेत्रमा काम गर्नुपर्ने भन्नुहुँदै सरकारले राष्ट्रिय बाल नीति छिट्टै पारित गर्ने बताउनुभयो ।
सत्ता गठबन्धनले संसद् सुचारुका लागि पहल गर्दैआएको छ । सभामुख देवराज घिमिरेले संसद् बैठक सुचारुका लागि आवश्यक वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समेत छलफल गर्नुभएको छ ।