प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. १ का उम्मेदवारले आ–आफ्नो जित सुनिश्चित हुने दाबी गर्नुभएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन हुँदैछ ।
आदिवासी जनजाति समुदामा पेवा प्रथा महिलाका लागि आर्थिक सशक्तीकरणको एक पाटो रहेको सरोकारवालाले बताएका छन् ।
नेपाल आदिबासी ज्ञान सम्मेलन २०८२ मा सङ्घीयता कार्यान्वयनका विभिन्न सवालमा बहस भएका छन् । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा राजनीतिशास्त्री एवम् प्राध्यापक कृष्ण खनालले बहुजातीय राज्य व्यवस्थापनका लागि सङ्घीयता एक उपयुक्त राजनीतिक संयन्त्र भएको बताउनुभयो ।
काठमाडौँको टोखा नगरपालिका वडा नंं ३ स्थित साङ्बो भोटेसहितका परिवारको सांस्कृतिक पर्वका लागि बनाइएको तुङ्बा लगायतका सामग्री प्रहरीले नष्ट गरेपछि सो परिवार समस्यामा परेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ जम्मा तीन हजार ४०६ जना उम्मेदवार छन् । यसमध्ये पुरुष उम्मेदवारको सङ्ख्या तीन हजार १७ र महिला उम्मेदवार तीनसय ८८ जना छ ।
आइतबार देशका सातै प्रदेशमा सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) जसपा गठनबन्धनका १८ उम्मेदवार विजयी बन्नुभएको छ। ६ प्रदेशमा एमाले र कांग्रेसले गठबन्धन गर्दा मधेश कांग्रेसमा जसपा समेटिएको छ ।
नेकपा (एमाले) ले देशभर एकसय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ। एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगको मनोनयन दर्ता गराउने कार्यतालिका बमोजिम मङ्गलबार एमालेले उम्मेदवारी दर्ता गराएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले बहुलता नेपालको मौलिक पहिचान भएको बताउनुभएको छ
सरकारी कामकाजमा मातृभाषा कार्यान्वयनमा विभिन्न नीतिगत एवम् व्यवहारिक जटिलता रहेको सरोकारवालाले बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउने विषयमा छलफल भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रक्रियामा सहभागी हुन आफूहरु तयार भए पनि सरकारले वातावरण बनाउन अझै नसकेको बताउनुभएको छ । चुनावको वातावरण नबने विघटित संसद पुनःस्थापना हुने उहाँको भनाइ छ ।
नेपाल, भारत र बंगलादेश गरी तीन देशका बालबालिकाको चित्रकला प्रदर्शनी सोमबारदेखि काठमाडौंमा सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली ‘कलाङ’ ले सो चित्रकला प्रदर्शनीको उद्घाटन गर्नुभयो ।
अर्थ एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले आफ्नो नागरिकलाई अधिकारसम्पन्न बनाउँदा शासक कमजोर नहुने बताउनुभएको छ ।
नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि कार्ड छपाईको काम सम्पन्न भइ वितरण कार्य सुरु भएको छ ।