काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले व्यक्तिगत स्वार्थका लागि सडक कब्जा गर्न नदिने बताउनुभएको छ।
कुनै बेलाका करोडपति रामबहादुर श्रेष्ठको दिन अचेल बेसहारा मानव बस्ने आश्रममा बित्छ । रामबहादुरको सानैमा आमा स्वर्गे भएपछि आठ वर्षको उमेरमा जन्मघर छोड्ने बाध्यता पर्यो ।
सत्तापक्ष एवम् प्रतिपक्षीका सांसदहरूले हिउँदे अधिवेशनलाई छिटोभन्दा छिटो अघि बढाउनुपर्ने बताएका छन् । सरकार माघको तेस्रो हप्ताबाट आगामी हिउँदे अधिवेशन बोलाउने तयारीमा छ । यो अधिवेशन विधेयक अधिवेशनका रूपमा रहेकाले कानुन तथा नीति निर्माणमा ढिलाइ गर्न नहुने उनीहरूको भनाइ छ ।
राजधानीले काली–कर्णालीलाई अशिक्षित, हलिया प्रथा, छाउपडी प्रथा भएको, विकास नपुगेको यस्तै अनकन्टार क्षेत्रको रुपमा चिन्छ । मैले बुझेको काली–कर्णाली भौगोलिक रुपमा विकट, आर्थिक रुपमा विपन्न छ । तर सांस्कृतिक रुपमा भाषा, लोकसाहित्यमा काली–कर्णाली जति धनी नेपालमा अरु कुनै क्षेत्र छैन ।
हिउँदको कठ्याङ्ग्रिदो जाडोयाममा खुला आकाशमुनि रात बिताउने यी मानवका दृश्य हेर्दै दुःखदायी छन् । दिनमा तातो खाना छैन न त, रातमा छाना नै छ ।
निर्वाचन आयोगले यस पटकको राष्ट्रिय सभा निर्वाचनमा क्लष्टर (समूह) मा फेरबदल नगर्ने र त्यसमा कडाइ गर्ने भनाइ सार्वजनिक गरेको छ ।
सांस्कृतिक एवम् पर्यटकीय क्षेत्र वसन्तपुरमा सौन्दर्यीकरणका विभिन्न गतिविधि निरन्तर अघि बढेको छ । हरियाली बिरुवाको गमला सजाएसँगै यस क्षेत्रको आकर्षण थप बढेको छ ।
काठमाडौँस्थित पद्मा कन्या बहुमुखी क्याम्पसमा करिब २० वर्षदेखि उपप्राध्यापन गर्दै आउनुभएको प्रतिमा गुरुङ मानव अधिकार र अपाङ्गता भएका व्यक्तिको अधिकारका सवालमा उत्तिकै सक्रिय हुनुहुन्छ ।
नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौंका अनुसार यो वर्ष (२०८०/८१) को साउन महिनामा दुई हजार २३ वटा, भदौमा दुई हजार ३४, असोजमा दुई हजार ९८ र कात्तिक महिनामा दुई हजार ५३ सवारी दुर्घटना भएको तथ्याङ्क रहेको छ ।
गत कात्तिक १७ गते शुक्रबार मध्यराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गयो । भूकम्पबाट जाजरकोट र रुकुमपश्चिम जिल्लाका एकसय ५७ जनाको मृत्यु भयो, हजारौँको सङ्ख्यामा घाइते भए ।
करिब तीन वर्ष अघि २०७७ चैत २० गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले यस धाराको औपचारिक शुभारम्भ गर्नुभयो । मेलम्चीको दैनिक १७ करोड लिटर पानी वितरण हुने भएपछि काठमाडौंवासीमा खुसी त छाएको थियो नै, यससँगै भृकुटीमण्डप क्षेत्रमा हिँड्डुल गर्ने यात्रुसमेत यसबाट लाभान्वित हुनेमा आशावादी थिए ।
साझा यातायातका एक मात्र चालक महिला हुनुहुन्छ हर्मिता श्रेष्ठ ।
घरपरिवार वा समाजमा पुरुषमाथि हुने हिंसाको यकिन तथ्याङ्क बाहिर आएको पाइँदैन ।
त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घ केन्द्रीय समितिले विगतमा भएका सम्झौता कार्यान्वयन नभए दीक्षान्त समारोहमा सहभागी नहुने जनाएको छ । त्रिवि कर्मचारी सङ्घले मंसिर १८ गते पदाधिकारी समक्ष त्रिविमा कार्यरत प्राविधिक, नर्सिङ्ग तथा प्रशासनिक कर्मचारीको पेशागत हक हितको पक्षमा ज्ञापनपत्र पेश गरेको थियो ।
आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोज तीन महिनासम्म महिला तथा लैङ्गिक हिंसासम्बन्धी देशभर ६,०३९ वटा उजुरी प्रहरीमा परेका छन् । जसमध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा १,७९१ र सबैभन्दा कम गण्डकीमा २८२ हिंसाका घटना दर्ता भएका छन् ।