आगामी मङ्सिर १६ गते ३१ जिल्लाका विभिन्न स्थानीय निकायमा उपनिर्वाचन हुँदैछ । २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले रिक्त ३९ पदमा उपनिर्वाचन हुँदैछ ।
सिन्धुलीको खुर्कोटबाट करिब हप्ता दिन हिडेर पदमबहादुर जर्गामगर ४० वटा खसीबोका लिएर काठमाडौं आउनुभयो । बाढी पहिरोले बाटो बगाएपछि काभ्रेको तिमाल डाँडा, भकुण्डे हुँदै उहाँ भृकुटीमण्डपको खसीबजारसम्म आइपुग्नुभयो ।
महिला आन्दोलनका साझा मुद्दामा राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा सरोकारवालाले सुझाव दिएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिमा आधारित सुशासन प्रणालीको कार्य यही वर्षदेखि सुरु हुने बताउनुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गका आठ सय पाँच स्थानमा पहिरो गएकोमा सात सय ७४ स्थानको पहिरो हटाइएको बताएको छ।
दसैँ नजिकिएसँगै बजारमा मासुजन्य उत्पादनको माग ह्वात्तै बढ्ने गर्दछ ।
सडक विभागका अनुसार चाडपर्वलक्षित करिब चार हजार किलोमिटर सडक मर्मतसम्भार गर्नुपर्नेछ ।
बल्खु क्षेत्रमा बस्दै आउनुभएकी गायत्री सापकोटा खोला बढेर आउँदा खाना पकाउँदै हुनुहुन्थ्यो । ६० वर्षीय गायत्री मुटुरोगी समेत हुनुहुन्छ ।
एक पछिल्लो सर्वेक्षण अनुसार महिला राजनीतिज्ञको समाचार 'कभरेज'मध्ये गोरखापत्र दैनिक सबैभन्दा अगाडि देखिएको छ।
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन भोलि बिहीबारदेखि काठमाडौँमा सुरु हुँदैछ । असोज १४ गतेसम्म सञ्चालन हुने नेतृत्व चयनको सम्मेलनमा अध्यक्ष पदका लागि दर्जनको हाराहारीमा प्रत्याशी देखा परेका छन् ।
चाडपर्व नजिकिँदै जाँदा विदेशबाट स्वदेश र शहरबाट गाउँघर फर्कने क्रम बढ्ने गर्दछ ।
गृहमन्त्री रमेश लेखकले नागरिकतासम्बन्धी निर्देशिकालाई समयसापेक्ष ढङ्गले परिमार्जन गर्ने गरी चाँडै काम अघि बढाइने बताउनुभएको छ ।
केही दिन अघि, ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका– ६ लेलेपको सेखाथुमस्थित घुन्सा खोलामा फेरि बन्यो, तुइन । यो वर्खामा पहिरोले झोलुङ्गे पुल भत्काएपछि यस क्षेत्रमा तुइन सञ्चालनमा आयो ।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्ला पाँच वर्षमा मात्रै सडक दुर्घटनाबाट १२ हजार ३७१ जनाले अकालमा ज्यान गुमाए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नबल किशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धमा कडा कानुन निर्माण भइरहेको बताउनुभएको छ ।