काठमाडौं उपत्यकाभित्र कतिपय ठाउँमा मिटरब्याजीको रुपमा बालश्रमको चरम शोषण गरिएको पाइएको छ ।
पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले संविधान जारी भएको नौ वर्ष भइसक्दा समेत संसदबाट सबै कानुन निर्माण हुन नसक्दा सङ्घीय व्यवस्था पूर्णरुपमा कार्यान्वयनमा जान नसकेको बताउनुभएको छ । सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि संविधानको पुनरावलोकन गर्नुपर्ने उहाँले सुझाव दिनुभएको छ ।
मेलम्चीको खानेपानी मनसुन सक्रिय भएसँगै फेरि बन्द हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले वर्षात् सुरु भएदेखि बाढीपहिरो जानसक्ने तथा लेदो बग्ने हुँदा टनेल बन्द गर्नुपर्ने बताउनुभयो ।
नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क टई योङले नेपाल र दक्षिण कोरियाबिच जनस्तरको सम्बन्ध रहेको बताउनुभएको छ । गोरखापत्र संस्थानमा जारी ऐतिहासिक फोटो प्रदर्शनीको अवलोकन पश्चात् बुधबार उहाँले संक्षिप्त प्रतिक्रिया दिनुहुँदै सो कुरा बताउनुभएको हो ।
उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान)का अध्यक्ष रमेश सिलवालले शैक्षिक मेलाको उद्देश्य शिक्षालाई सीपसँग जोड्नु रहेको बताउनुभयो।
नेपाल बार एशोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले न्यायालय पुरानो संरचनामा चल्न नसक्ने बताउनुभएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ उपत्यका र मधेश प्रदेशमा सबैभन्दा बढी सडक दुर्घटना भएको छ । आर्थिक वर्ष २०७८-७९ मा देशभर भएको जम्मा सवारी दुर्घटना सङ्ख्या २४ हजार ५३७ छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताउनुभएको छ। नेकपा (एमाले) ले आयोजना बुधबार काठमाडौँमा आयोजना गरेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो।
सरकारले घरेलु मदिराको उत्पादन, ब्राण्डिङ, बजारीकरण तथा बिक्रीका लागि कानुनी व्यवस्था मिलाइने बताएको छ। संघीय संसदमा मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।
पूर्व उपसभामुख एवम् नेपाली कांग्रेसकी नेतृ पुस्पा भुसालले गणतन्त्रसँग नेपाली जनताले ठूलो आशा र भरोसा राखेको बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युग सुहाउँदो नयाँ समाजवादको मोडल विकास गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले आवश्यक परेको अवस्थामा सकारात्मक ढङ्गले गाँठो फुकाउन संविधान संशोधन गर्न तयार हुनुपर्ने बताउनुभएको छ।
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नागरिकको लामो समयको बलिदान पश्चात् प्राप्त गणतान्त्रिक व्यवस्थामा नेपाली जनताको चुल्हो बल्ने अधिकारको सुनिश्चितता हुनुपर्ने बताउनुभएको छ ।
बिहीबार ३१ औं मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यो वर्ष समयमै बिउँ र मलखादको आपूर्ति गरिएकोले धान लगायत कृषिबालीको उत्पादनमा वृद्धि भएको बताउनुभयो।