काठमाडौँ, साउन ३० गते । नेपाली कांग्रेसका नेता एवम् रसुवाका प्रतिनिधि सभा सदस्य मोहन आचार्यले समृद्ध नेपालका लागि जलविद्युत् आयोजना प्रमुख क्षेत्र रहेको बताउनुभएको छ । गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’ मा कुराकानी गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “जलविद्युत् भनेको नेपालको बरदान हो । हरेक राष्ट्रको आ–आफ्नो आयआर्जन गर्ने बाटो हुन्छ । मेरो अलिकति फरक विचार छ, नेपालको विकासमा ठुलो फड्को मार्न सक्ने एउटा क्षेत्र भनेको र नेपाललाई समृद्धि बनाउन सक्ने क्षेत्र भनेको जलविद्युत् आयोजना प्रमुख ठाउँ हो ।”
उहाँले अबको पाँचदेखि सात वर्षभित्र नेपालका सबै जलविद्युत् आयोजनाको काम सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो । प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर आचार्यको २०३३ साल चैत २९ गते बुवा अनन्तप्रसाद आचार्य र आमा इश्वरीप्रसाद आचार्यको कोखबाट भएको थियो । उहाँको स्थायी ठेगाना रसुवाको उत्तरगया गाउँपालिका वडा नं. ५ लहरे हो ।
उहाँ २०५३ सालदेखि नेपाली कांग्रेसमा आबद्ध हुनुभएको थियो । उहाँको माध्यामिक तहको शिक्षा (एसएलसी) सिदार्थ वनस्थली, इन्डियाबाट प्लस टु (सन् १९९३) र फिलिपिन्सबाट सिभिल इन्जिनियरिङमा स्नातक तह (सन् १९९५) को अध्ययन गर्नुभएको छ ।
उहाँ नेपाल फर्कनुभएपछि रसुवा कन्स्ट्रक्सन कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । त्यससँगै २०५३ सालदेखि नेपाली कांग्रेसमा आबद्ध हुनुभयो । उहाँ २०७२ मा नेपाली कांग्रेस महासमिति सदस्य, २०७८ मा केन्द्रीय सदस्य हुनुभयो ।
यसैगरी, २०७४ सालमा पहिलो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । गत निर्वाचन २०७९ मा उहाँ १८ हजार २३५ मतका साथ निर्वाचित हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का छेवाङ तेन्जीन तामाङले आठ हजार ६१४ मत प्राप्त गर्नुभएको थियो ।
प्रस्तुत छ - नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य मोहन आचार्यसँग गोरखापत्र अनलाइनका लागि सपना थामीले गरेको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको ‘सांसदलाई सवाल’ :