प्रधानमन्त्री बालेन्द्र शाह नेपालको संविधानको धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री नियुक्त हुनुभएको छ । उहाँले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो ।
सिंहदरबारमा अल्पकालीन अवस्थाका लागि निर्माण हुँदै गरेको भवनमा संसद बैठक बस्दैछ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतपरिणामको सन्दर्भमा विभिन्न टिका टिप्पणी भइरहेको र पुराना राजनीतिक दल तथा नेताप्रति वितृष्णा बढेको बेला नयाँ अनुहारप्रतिको आशाका कारण निर्वाचनमा फरक किसिमको परिणाम आएको राजनीतिक विश्लेषकको धारणा छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली समाजको अग्रगति एवम् प्रगतिशील रुपान्तरणमा भूमिगत राजनीतिमा होमिएका महिलाको योगदान अतुलनीय रहेको बताउनुभएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मङ्गलबार साँझसम्म एक करोड पाँच लाख ८३ हजार ३८७ मतगणना सम्पन्न भएको छ ।
फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक सय ६५ क्षेत्रमध्ये १४ क्षेत्रमा नारी विजयी भएका छन्।
काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनाल विजयी हुनुभएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. ९ का उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि घरदैलो सँगसँगै सामाजिक सञ्जालको प्रयोग बढेको बताएका छन् ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मौन अवधिमा सञ्चार माध्यमले आचारसंहिता बमोजिम भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा चार दलबिच मुख्य प्रतिस्पर्धा हुने बताउनुभएको छ ।
नेकपा (एमाले) को फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नाराका चुनावी घोषणापत्र बिहीबार सार्वजनिक भएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेसको नेता नभइ मधेसको बेटा हुन सर्लाहीबाट चुनावी मैदानमा आएको बताउनुभएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. १० मा प्रत्यक्षतर्फ जम्मा २५ जना उम्मेदवार छन् । जसमध्ये पुरुष उम्मेदवार २० र महिला उम्मेदवार पाँच जना रहेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. १ का उम्मेदवारले आ–आफ्नो जित सुनिश्चित हुने दाबी गर्नुभएको छ ।