आइतबार देशका सातै प्रदेशमा सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) जसपा गठनबन्धनका १८ उम्मेदवार विजयी बन्नुभएको छ। ६ प्रदेशमा एमाले र कांग्रेसले गठबन्धन गर्दा मधेश कांग्रेसमा जसपा समेटिएको छ ।
नेकपा (एमाले) ले देशभर एकसय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ। एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगको मनोनयन दर्ता गराउने कार्यतालिका बमोजिम मङ्गलबार एमालेले उम्मेदवारी दर्ता गराएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले बहुलता नेपालको मौलिक पहिचान भएको बताउनुभएको छ
सरकारी कामकाजमा मातृभाषा कार्यान्वयनमा विभिन्न नीतिगत एवम् व्यवहारिक जटिलता रहेको सरोकारवालाले बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउने विषयमा छलफल भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रक्रियामा सहभागी हुन आफूहरु तयार भए पनि सरकारले वातावरण बनाउन अझै नसकेको बताउनुभएको छ । चुनावको वातावरण नबने विघटित संसद पुनःस्थापना हुने उहाँको भनाइ छ ।
नेपाल, भारत र बंगलादेश गरी तीन देशका बालबालिकाको चित्रकला प्रदर्शनी सोमबारदेखि काठमाडौंमा सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली ‘कलाङ’ ले सो चित्रकला प्रदर्शनीको उद्घाटन गर्नुभयो ।
अर्थ एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले आफ्नो नागरिकलाई अधिकारसम्पन्न बनाउँदा शासक कमजोर नहुने बताउनुभएको छ ।
नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि कार्ड छपाईको काम सम्पन्न भइ वितरण कार्य सुरु भएको छ ।
नवपुस्ता (जेनजी) अभियन्ताले महिलाको सक्षमतामाथि सवाल उठ्नेगरेको बताएका छन् । त्यसो त, बद्लिदो परिस्थितिसँगै हिंसाको स्वरुप पनि बदलिँदै गएको उनीहरुको भनाइ छ । एकातर्फ, शारिरीक एवम् प्रत्यक्षरुपमा हुने हिंसा र अर्कोतर्फ अनलाइन वा डिजिटलमार्फत हिंसा बढ्दो अवस्थामा रहेको उहाँहरुको बुझाइ छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री स्वर्गीय पोष्ट बहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपक चन्द्र अमात्य र तत्कालीन अर्थमन्त्री रामशरण महतसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ११ औं महाधिवेशनमा प्रतिस्पर्धा खुला रहेको तर सहमतिबाट नेतृत्व चयनको प्रयास रहने बताउनुभएको छ।
राष्ट्रिय महिला आयोगको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१-८२ मा १२ सय दुई वटा उजुरी तथा निवेदन दर्ता भएका छन् ।
आदिबासी जनजातिका अगुवाले जेनजीसँग साझा मुद्दामा सहकार्यका लागि ऐक्यबद्धता व्यक्त गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन तथा अद्यावधिकका लागि पाँच दिन म्याद थप भएको छ ।