नेपाल र छिमेकी मुलुक भारतबीच नेपाललाई १५ वटा मुर्रा राँगा उपलब्ध गराउने सम्झौता भएपछि अहिले नेपालमा त्यसको चर्चा सुरुभएको छ ।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डेले समृद्धिका लागि समानता अपरिहार्य रहेको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र)उपाध्यक्षका पम्फा भुसालले नेपालमा गणतन्त्रको स्थापना एउटा युग परिवर्तनको आयाम रहेको बताउनुभएको छ।
मन परेको व्यक्ति, मन परेको दल छान्ने । मन नपरे परिवर्तन गर्ने । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले भन्नुभयो, “आफूले चाहेको आफ्नो प्रतिनिधि जिताएर त्यसमार्फत परिवर्तन गर्ने संविधानको सुनिश्चित्ता गरेका छौं ।”
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त हुनुभएको बुधबार पाँच महिना पुगेको छ। यो पाँच महिनाको अवधिमा मन्त्रिपरिषद् विस्तारले पूर्णता पाएको छ। सत्ता समीकरणमा फेरबदल एवम् निकै उतारचढावबीच प्रधानमन्त्री प्रचण्ड सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।
काठमाडौं महानगरपालिकाले शिक्षामा सीप कार्यक्रम लागू गरेसँगै देशको पहिलो शिक्षण संस्था दरबार हाइस्कुलमा सो बमोजिमको गतिविधि अघि बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारका क्रममा मंगलबार मृत्यु भएको छ।
“सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्ध” भन्ने नाराका साथ आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइएको छ । नेपालमा सन् २०१३ देखि कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) को पहलमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै आएको छ । यो वर्ष, निजी र सरकारी दुवै क्षेत्रले संयुक्त रूपमा यो दिवस मनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फागुन २७ गतेदेखि सुरु गरेको पशुपति क्षेत्र सरसफाइ अभियान ८ औँ हप्तामा पुगेको छ । मन्त्री सुदन किरातीसहित पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलगायत विभिन्न अभियानकर्ता शनिबार सरसफाइ अभियानमा सहभागी हुनुभयो ।
काठमाडौं महानगरपालिकाले वैशाख १२ गते एक सूचना प्रकाशित गरेर महानगर अन्तर्गतको अव्यवस्थित तार १५ दिनभित्र हटाउने जनाएको छ। महानगरको सौन्दर्यताका साथै सफा, स्वच्छ र हराभरा वातावरणका लागि अव्यवस्थित आकाशे तार हटाउने महानगरले जनाएको हो।
उपनिर्वाचनमा चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन्।
वैशाख ११ अर्थात् लोकतन्त्र दिवस।विभिन्न नागरिक आन्दोलनको जगमा स्थापित लोकतन्त्र दिवस २०६४ देखि निरन्तर मनाइँदै आइएको छ।
काठमाडौं महानगरपालिकाले शुक्रबार विद्यार्थीले किताब र झोला नबोकी विद्यालय जाने कार्यक्रम लागू गर्ने भएको छ। हाँस्दै, खेल्दै विद्यालय जाने र घर फर्कँदा होमवर्क नभई जीवन उपयोगी सीप लिएर फर्कने उद्देश्यका साथ यो कार्यक्रम ल्याइएको महानगरले जनाएको छ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति सकिँदैछ । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार चैत ५ गते निर्वाचन हुन नसकेका क्याम्पसमा थप एक महिनाको समयसीमा भित्र पनि निर्वाचन हुन नसकेपछि समय समापन हुन लागेको हो ।
गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नयाँ वर्षको अवसरमा व्यक्तिगत घटना दर्ता सप्ताह आयोजना गरेको छ।