संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२७) विश्वलाई मानवताविरुद्धको सबैभन्दा ठूलो चुनौतीसँग जुध्नका लागि आवश्यक आपसी सहकार्यमा जोड दिँदै इजिप्टको समुद्री तटीय सहर सार्म–एल–शेखमा भव्यताका साथ सुरु भएको छ।
कार्यक्षेत्रमा खटिनुअघि वीरेन्द्रनगरस्थित खुलामञ्चमा बिहानको तालिम तथा प्रशिक्षणपछि लामबद्ध म्यादी प्रहरी
धनगढीस्थित आफ्नो निजी निवासमा रहनुभएका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहनुभएको छ ।
विराटनगर निवासी ८५ वर्षीय दुर्गादेवी नेपाललाई आज काठमाडौँमा ‘गोधूलि पुरस्कार’ प्रदान गरियो । ताम्रपत्र सहित १० हजार रुपियाँ राशिको सो पुरस्कार ग्रहण गर्न उहाँ ओछ्यानबाट उठ्नु भएको थियो ।
प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित समाचार तथा विज्ञापनहरु एकपक्षीय रूपमा सम्प्रेषण नगर्न आग्रह गरेको छ । सोमबार काउन्सिलले विज्ञप्ति जारी गर्दै सो आग्रह गरेको हो ।
मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी आज रुपन्देही योगीकुटीमा महिलालाई मतदान शिक्षा दिइएको छ । मतदाताहरूलाई मतदान गर्न सहज होस् भन्ने उद्देश्यले मतदातालाई मतदान सहजीकरणको लागि मतदान शिक्षा दिइएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी केहीबेर अघि आइसल्याण्ड प्रस्थान गर्नुभएको छ ।
जिल्ला निर्वाचन कार्यालय धनकुटाले सञ्चारकर्मीका लागि निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्ष र आचारसंहिता कार्यान्वयनमा सहयोग पुगोस् भनी सो कार्यक्रम आयोजना गरेको हो ।
नेकपा एकीकृत समाजवादी जुम्लाका अध्यक्षसहितका बहुमत कार्यसमिति सदस्य नेकपा (एमाले) मा समाहित भएका छन् ।
स्वतन्त्र बाम उम्मेदवार घनश्याम भुसालले रुपन्देहीलाई पर्यटकीय र आर्थिक विकासको केन्द्रबिन्दु बनाउने योजनासहित आफूले रुपन्देही १ मा उम्मेदवारी दिएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य तनहुँ –१ का उम्मेदवार रामचन्द्र पौडेलले आफ्नो ध्यान जनताले प्रत्यक्ष अनुभूत गर्ने र मुलुकको रूपान्तरणको लागि केन्द्रित भएको बताउनुभएको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर ४ गतेपछि बन्ने एमाले नेतृत्वको सरकारले मात्र देशको आर्थिक समृद्धि कायम गर्न सक्ने बताउनुभएको छ ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले चुनावका बेला अनेक उम्मेदवारको चुनावी नारामा मतदाता नपरेर विकासप्रेमी उम्मेदवारको पहिचान गरेर मतदान गर्नुपर्ने बताउनुभएको छ ।
रुकुमपूर्व अस्पतालमा सुत्केरी भएकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका– ५ की ३४ वर्षीया सावित्री गुरुङलाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।