स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को सङ्क्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानि अपनाउन आग्रह गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडेर समृद्ध नेपाल बनाउन सकिने बताउनुभएको छ ।
काठमाडाैँ क्षेत्र नम्बर – १ का प्रतिनिधि सभा उम्मेद्वार रहनुभएका प्रकाशमान सिंहले विगत ५ वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकाश मतदाताको मन जित्न सफल भएको बताउनुभएकाे छ। आज घरदैलाे कार्यक्रमका क्रममा उहाँले उक्त कुरा बताउनुभएकाे हाे ।
बेलाइतका व्यापारनीति मन्त्री ग्रेग ह्यान्ड्सको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई वेवास्ता गर्दै ताइपेइ पुग्ने मन्त्री ग्रेग पछिल्ला विदेशी व्यक्ति बनेका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्यको तनहुँ–१ का उम्मेदवार रामचन्द्र पौडेलले गठबन्धन मुलुकलाई अग्रमनतिर लैजान गरिएको बताउनुभएको छ ।
कर्णालीका हिमाली जिल्लाका चुनावी सभालाई सम्बोधन गर्न आउन लाग्नुुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सुर्खेतमा हेलिकोप्टरले अवतरण गर्न नसकेपछि सल्यान गएर अवतरण गरेको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आएको छ ।
यही मङ्गलबार अर्थात् नोभेम्बर ८ मा सम्पन्न हुने मध्यान्तर निर्वाचनले अमेरिकी राजनीतिको फैसला गर्नेछ । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको दुई वर्षपछि हुने निर्वाचनलाई मध्यान्तर निर्वाचन भन्ने गरिएको छ । यो निर्वाचनमा तल्लो सदन हाउसका सबै ४३५ र माथिल्लो सदन सिनेटका सयमध्ये ३५ स्थानमा निर्वाचन हुँदै छ ।
पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा गण्डकी परिक्रमा गरिएको छ । वैदिक सनातन धर्म र संस्कृतिको प्रचार–प्रसार गर्ने उद्देश्यले मङ्गलबार नौ घण्टा पैदलयात्रा हिँडेर गण्डकी परिक्रमा गरिएको हो । छब्बीस किलोमिटरको दूरीमा करिब तीन हजारको सहभागिता रहेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
महोत्तरी निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्य पदमा दोस्रो पटक निर्वाचन लड्नुभएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई यो वर्ष अन्य वर्ष जस्तो सहज नहुने देखिएको छ । ठाकुरलाई एमाले,जसपा गठबन्धन र स्वतन्त्र उम्मेदवारसँग कडा रूपमा चुनौती सामना गर्नु पर्ने भएको छ ।
बाँके निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्यादेवी शर्माले कारागारबाटै निर्वाचन लड्दै हुनुहुन्छ । उम्मेदवारी दर्ता गराएको केही समयमै नेपालगन्ज १५ निवासी शर्मालाई प्रहरीले सरकारी कागजात किर्ते तथा ठगी मुद्दामा पक्राउ गरेको थियो ।
कर्णालीमा सञ्चालित ‘छोरी बुहारी छात्रवृत्ति’ कार्यक्रमले अध्ययनमा सहज वातावरण बनाएको पाइएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ बाट छोरी–बुहारीलाई छात्रवृत्ति कार्यक्रम अघि बढाएको थियो । सामाजिक विकास मन्त्रालयमार्फत कार्यविधि बनाएर सञ्चालनमा ल्याइएको यो कार्यक्रमले प्राविधिक विषय पढ्न आँट गर्ने कर्णालीका छोरी–बुहारीलाई राहत दिलाएको हो । नारायण नगरपालिका–७, दैलेखकी सुस्मिता कोइरालाले छात्रवृत्तिको रकमबाट आफूलाई प्राविधिक शिक्षा पढ्न सहज भएको बताउनुभयो ।
चुनाव नजिकिएसँगै सल्यानका उम्मेदवारले प्रचार कार्य तीव्र पारेका छन् । अधिकांश उम्मेदवारले पूर्वाधार विकास निर्माणका पुरानै मुद्दालाई चुनावी नारा बनाएका छन् । उम्मेदवारले राप्ती राजमार्ग, मदन भण्डारी राजमार्ग, रिङरोडलगायत राजमार्गलाई चुनावी मुद्दा बनाएका छन् । यद्यपि, सल्यानको मुख्य सडक राप्ती राजमार्ग स्तरोन्नति गर्ने प्रतिबद्धता आजअघिका उम्मेवारले पटक–पटक गरे पनि काम हुन सकेको छैन । दाङ–सल्यान ६५ किलोमिटर राप्ती राजमार्ग स्तरोन्नति गर्ने नारालाई यस पटक समेत सबै उम्मेदवारले मुख्य नारा बनाएका छन् ।