• १९ असोज २०८१, शनिबार

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार

blog

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल । फाइल तस्बिर

काठमाडौं,कात्तिक २२ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आएको छ ।

अध्क्षय दाहालका प्रेस संयोजक सूर्य किरणले दाहालको स्वास्थ्य अवस्था सुधार आएको जानकारी दिनुभयो । शरीरमा अक्सिजन मात्रा घटेपछि उहाँलाई शनिवार भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । 

चिकित्सकको निगरानीमा भेन्टिलेटरमा राखेर उहाँको उपचार भइरहेको जानकारी पनि किरणले दिनुभयो । सीता लामो समयदेखि पार्किन्सनको बिरामी हुनुहुन्छ ।