निर्वाचन आयोगले राष्ट्रिय अनुसन्धान विभागको बर्दिया जिल्लामा कार्यरत सहायक सूचक कृष्णप्रसाद आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा एमालेका उम्मेदवारहरूको निर्वाचन प्रचारप्रसार गरेको सम्बन्धमा उजुरी आएकाले आवश्यक कारबाहीका लागि विभागलाई पत्र पठाएको छ ।
गणतन्त्र स्थापनार्थ महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने कृष्णप्रसाद सिटौला र राजतन्त्रका पक्षधर राजेन्द्र लिङ्देनबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। गत २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा लिङ्देन विजयी हुनुभएको थियो भने सिटौलाको पराजय भएको थियो। चुनावी मैदानमा दुवै उम्मेदवार पुनः आमनेसामने भएकाले उहाँहरूबीचको प्रतिस्पर्धालाई लिएर झापा निर्वाचन क्षेत्र नं. ३ मा चर्चा र चासो बढेको छ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वगृहमन्त्री सिटौला गठबन्धनका तर्फबाट र राप्रपाका अध्यक्ष लिङ्देन
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित सात उम्मेदवारलाई स्पष्टीकरण माग गरेको छ ।
सुनचाँदी व्यवसायीले बजार मागअनुसार सुनको आपूर्ति नहुँदा बजारमा अभाव भएकाले कोटा बढाउन माग गरेका छन्। विदेशी विनिमय सञ्चितिमा परेको चापलाई देखाउँदै नेपाल राष्ट्र बैङ्कले सुनको आपूर्ति घटाएका कारण बजारमा सुनको अभाव देखिएको भन्दै नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सो माग गरेको जनाएको छ।
दाङको घोराही सिमेन्ट उद्योगको खानी उत्खनन बन्द हुँदा उद्योगसँगै कामदार समस्यामा परेका छन्। १० महिनादेखि चुनढुङ्गा निकाल्ने काम रोकिएको छ। सम्झौताबमोजिम उद्योगले घोराही–मुर्कुटी सडकखण्डको तापा चोकदेखि चुनढुङ्गा खानीसम्मको तीन किलोमिटर सडक कालोपत्रे नगरेको भन्दै बङ्गलाचुली गाउँपालिकाले गत वर्षको पुस १ गतेदेखि टिप्पर सञ्चालनमा रोक लगाइएको हो। टिप्पर चल्न नपाएपछि चुनढुङ्गा निकाल्ने काम पनि रोखिएको हो।
संविधान सभा र संसदीय निर्वाचनमा गरी तीन पटक प्रतिनिधित्व गरिसक्नुभएका नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला नवलपरासी (बर्दघाट सुस्तापूर्व) क्षेत्र नम्बर १ मा चौथो पटक चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका कोइरालासँगै नेकपा (एमाले)का तर्फबाट तत्कालीन संविधान सभा सदस्य कृष्णप्रसाद पौडेल, नेपाल स्वतन्त्र पार्टीबाट राजन गौतम र राप्रपा नेपालबाट मोहनीलाल भुसाललगायत पाँच स्वतन्त्र गरी १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
धेरैजसो मन्दिरमा भगवानसँग मनमनै वर तथा आशीर्वाद माग्ने गरिन्छ । तर पाल्पाको सत्यवती मन्दिरमा परम्परादेखि नै भक्तजनले चिच्याएर वर माग्दै गर्छन् । सत्यवती देवी कानले नसुन्ने भएकाले भक्तजनले चिच्याएर वर माग्ने चलन रहेको मन्दिरका पुजारी जानकारी दिनुभयो ।
सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले साढे दुई महिनाको अवधिमा विशेष सापटी रकमबापतको २५ करोडभन्दा बढी रकम लिइसकेका छन्। कोषको अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशत रकमबाट एक हजार ३६० जनाले २५ करोड २७ लाख ३० हजार रुपियाँ विशेष सापटी रकम लिएका हुन्।
मङ्सिर ४ गते हुन थालेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन् । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवार मतदाता भेट्न सहरदेखि गाउँगाउँसम्म पुगेर निर्वाचनको वातावरण तताइरहेको समयमा उद्योगी तथा व्यवसायी भने आन्दोलनमा जुटेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ‘एसियन पेन्ट्स’ ब्रान्डको ठूलो परिणामको रङ जफत गरेको छ। विभागको अनुगमन टोलीले काठमाडौँ, सतुङ्गलस्थित एसियन पेन्ट्सको गोदामबाट म्याद गुज्रेका चार हजार ९६३ थान र रिलेबलिङ गरेका दुई हजार ६०९ थान एसियन ब्रान्डका पेन्ट्स फेला परेपछि जफत गरेको हो।
निर्वाचन आयोगले पर्साको निर्वाचन क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएकाले आवश्यक सुरक्षा प्रबन्ध गर्न जिल्ला प्रहरी कार्यालय, पर्सालाई पत्र पठाएको छ।
भक्तपुरमा मतदाता शिक्षा सञ्चालक समितिले टोल–टोलमा पुगेर मतदाता शिक्षा सञ्चालन गर्न थालेका छन्। निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता शिक्षाका सामग्री पर्चा, पम्प्लेट र नमुना मतपत्र लिएर समिति टोल र घर–घरमा पुग्न थालेका हुन्।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन गाउँमा निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि हुन सकेका छैनन्। बाक्लो हिमपातले गर्दा लिमी जाने दुईवटा नाका बन्द भएकाले प्रत्यासी उम्मेदवार र राजनीतिक दलका नेताहरू लिमी पुग्न नपाएपछि यस्तो अवस्था भएको हो।
पछिल्लो पाँच वर्षमा झापा निर्वाचन क्षेत्र नं. ५ को विकास निर्माणले निकै छलाङ मारेको छ। आधा दशकमा यति भव्य प्रगति सम्भवतः देशका अन्य निर्वाचन क्षेत्रमा देख्न पाइँदैन। यो क्षेत्रमा रहेको दमक नगरपालिकाको स्वरूप नै नयाँ बनेको छ। राजनीतिक दलहरूले यस पटक अघि सारेका चुनावी प्रतिबद्धता पूरा हुनसके यस क्षेत्रको आगामी पाँच वर्षको विकास चमत्कारपूर्ण हुनेछ।
सर्वोच्च अदालतले सार्वजनिक पदबाट अवकाशप्राप्त व्यक्तिलाई सङ्घ र प्रदेश सरकारले दिएको सुविधासम्बन्धी विवरण माग गरेको छ । उक्त सुविधा दिन लिइएका कानुनी आधारसमेत पेस गर्न अदालतले सङ्घीय सरकार र प्रदेश सरकारका नाममा आदेश गरेको हो । सर्वोच्चले यसअघि २०६८ सालमा सार्वजनिक पदमा रहेर अवकाश पाएका तथा पूर्वविशिष्टहरूलाई दिने सुविधा कानुन बनाउन जारी निर्देशनात्मक आदेश कार्यान्वयनबारे पनि प्रतिवेदन माग गरेको छ ।