काठमाडौंको जोरपाटीबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी केदारनाथ मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । तेह्रथुम अठराई गाउँपालिका–५ घर भएका ५४ वर्षीय केदारनाथ मिश्रलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
एक हप्तामा देशभरबाट तीन हजारभन्दा बढीमा डेंगु पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।
नेपाल सरकार र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारका लागि वित्तीय लगानी गर्ने भएको छ ।
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीले विदेशमा रहेका गैरआवासीय नेपालीहरुको हकहितको सम्बर्धन गर्नका लागि सहकार्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।
साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक ६.४३ अङ्क घटेर १९५८.९४ बिन्दुमा झरेको हो ।
पाकिस्तानमा केही महिना यतादेखि सुरु भएको डेंगुको प्रकोप झन् बढेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार पाकिस्तानका पूर्वी प्रान्त पञ्जावमा पछिल्लो समयमा यसको प्रकोप बढेको पाइएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन, सुरक्षा र अनुगमनका कार्यमा समन्वय बढाउन निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा आएको छ ।
काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कमा डलर साट्ने बहानामा ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार वैदेशिक रोजगारीको सिलसिलामा ओमनबाट काठमाडौं आएका व्यक्तिलाई ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
कर्णाली करिडोरको हुम्ला र बाजुरा खण्डको सडक एक महिनाभन्दा बढी समय हुँदा पनि सुचारु भएको छैन । पहिरोले विभिन्न ठाउँमा अवरुद्ध भएको सडकको मर्मतकार्य हुन नसकेपछि हालसम्म सडक सुचारु हुन नसकेको हो ।
निर्वाचन आयोगले सातै प्रदेशका मतदाताको सङ्ख्या सार्जजनिक गरेको छ । सोमबार आयोगले उमेर समूह अनुसार प्रदेशगत मतदाताको सङ्ख्या सार्वजनिक गरेको हो ।
गोरखापत्र संस्थानले सुदूरपश्चिम र कर्णाली प्रदेशमा कार्यरत आफ्ना जिल्ला समाचारदातालाई निर्वाचन समाचार लेखनसम्बन्धी अनुशिक्षण प्रदान गरेको छ । निर्वाचनसम्बन्धी सत्यतथ्य समाचार लेखन र सम्प्रेषणमा सहज होस् भन्ने उद्देश्यले संस्थानले गोरखापत्रमा कार्यरत समाचारदाताहरूलाई निर्वाचन समाचार लेखनसम्बन्धी अनुशिक्षण प्रदान गरेको हो ।
काठमाडौं, कात्तिक २१ गते । अभिनेता प्रभासको फिल्म 'आदिपुरुष' को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ । फिल्मका निर्देशक ओम राउतले सामाजिक सञ्जालमार्फत फिल्मको नयाँ मितिको बारेमा जानकारी दिनुभएको हो । यसअघि फिल्म आगामी १२ जनवरी सन् २०२३ मा रिलिज हुने भनिएको थियो । तर अब फिल्म आगामी १६ जुन सन् २०२३ मा रिलिज हुने तयारीमा छ । 'टी-सिरिज' र 'रेट्रोफाइल्स प्रोडक्सन'ले बनाएको यो फिल्म थ्रिडी प्रविधिमा निर्माण भएको हो । फिल्ममा सैफ अली खान र कृति सेननसमेत मुख्य भूमिकामा देख्न सकिनेछ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माणाधीन सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
चाडपर्व सकिएसँगै मौसम पूर्ण रूपले खुलेको छ । आजभोलि काठमाडौँ उपत्यका वरिपरि रमाइला दृश्यहरू देख्न पाइन्छ ।
भारतमा सर्पको डसाईबाट मात्र वर्षमा ६४ हजार जनाभन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क छ ।हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनको तथ्याङ्कमा सो कुरा उल्लेख गरिएको भारतको एक स्थानीय पत्रिकाले जनाएको छ ।