आर्टेमिस एयरस्पेसले विश्वका छवटा हेर्नैपर्ने विमानस्थलमा नेपालको तेन्जिङ–हिलारी विमानस्थललाई पनि समावेश गरेको छ । विश्वका करिब ४१ हजार विमानस्थलमध्ये सोलुखुम्बुको लुक्लामा रहेको तेन्जिङ–हिलारी (लुक्ला) विमानस्थल तेस्रो स्थानमा समावेश गरिएको छ ।
सिन्धुली, दुधौली नगरपालिका–११ निवासी ५० वर्षीय धर्म कुँमरले हरेक निर्वाचनमा उम्मेदवारले उठाउने गरेको विकासको मुद्दा ‘कमला नदी नियन्त्रण’ सुन्दै आउनुभएको छ। यो बीचमा धेरै जनप्रतिनिधि फेरिए पनि कमला नदी कटानको समस्या भने फेरिन नसकेको उहाँको दुखेसो छ। वर्षामा कमलाको बाढीजस्तै चुनावका बेला नेताहरूको आश्वासनको बाढी आउँछ। कमलाले खेत बगाउँछ, आश्वासनको बाढीले जनमत बढार्छ अनि मतदाताको समस्या ज्युँका त्युँ।
कोरोना महामारीका कारण बन्द रहेका नेपालगञ्जका क्यासिनो पुनः सञ्चालनमा आएका छन् । यहाँका तारे होटलमा रहेका क्यासिनो सञ्चालनमा आउँदा भारतीय पर्यटक बढेका हुन् । नेपालगञ्जमा सञ्चालनमा ल्याइएका क्यासिनोको प्रमुख बजारका रूपमा भारतको लखनउ, गोन्डा, बहराइच, बाराबङ्की, सीतापुर र लखिमपुर हुन् । यी स्थानबाट अहिले क्यासिनो खेल्नका लागि नै ठूलो सङ्ख्यामा भारतीय आउन थालेका हुन् ।
झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो ।
देशैभर ब्रोन्डब्यान्ड इन्टरनेट विस्तार गर्न सञ्चालित विभिन्न परियोजनामा साढे सात अर्ब रुपियाँभन्दा बढी खर्च भएको छ ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइएको छ। केही साना राजनीतिक पार्टी र समूहले निर्वाचन बहिष्कार गरी चुनावविरोधी गतिविधि र भ्रम फैलाउन सक्ने भएकाले देशभरको सुरक्षा सतर्कता बढाएर थप सुदृढ बनाइएको हो।
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्वनाथ पौडेललगायत १० स्वतन्त्रसहित १९ जना उम्मेदवारकै कारण चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ राष्ट्रिय चासोको विषय बनेको छ।
हरेक निर्वाचनमा मतदाता र उम्मेदवार प्रायः हुने संवाद यिनै हुन्। मतदाता उम्मेदवारसँग ठूलो अपेक्षा राख्छन् र उम्मेदवारले निर्वाचन जित्नकै लागि ती माग पूरा गरिदिने भनी तत्कालै मौखिक प्रतिबद्धता व्यक्त गर्छन्। अर्काे निर्वाचन आइसक्दा गाउँका समस्या जस्ताको तस्तै रहन्छन् र उम्मेदवारसँग मतदाताको अपेक्षा पनि उही रहन्छ। उम्मेदवारले विधायिकी निर्वाचन हो भनी मतदातालाई बुझाउन चाहँदैनन्। निर्वाचन जित्नकै लागि जस्तोसुकै कुरामा प्रतिबद्धता व्यक्त गर्ने गर्छन्। मतदातालाई सांसद भनेको नीति नियम निर्माता हुन्, सडक–पुल निर्माण गरिदिने माध्यम होइनन् भन्ने थाहा छैन।
प्रहरीको साइबर ब्यूरो काठमाडौँले नक्कली फेसबुक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने व्यक्तिको खोजी तीव्र पारेको छ।
मनाङ जाने क्रममा मनाङ र लमजुङको सिमानामा अवस्थित अक्टुपस झरना पुगेका क्रसफायर राइडर
नेपालमा सस्तोमा सर्वसुलभ शिक्षा प्रदान गर्दै आएको समता विद्यालयको सहयोगार्थ अमेरिकामा कार्यक्रम आयोजना गरिएको छ।
लीलाराज झापालीविर्तामोड, कार्तिक २० गते। कनकाई नगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने अवैध घर तथा टहरा भत्काउन सुरु गरेको छ। नगरपालिकाले ३५ दिने सूचना निकालेर कनकाई नगरपालिका -३ सुरुङ्गा बजार क्षेत्रमा लामो समयदेखि बाटोको साइटमा बनेका घर डोजर लगाएर भत्काइएको हो। नगरपालिकाले दुई वर्षसम्म हटाउन ताकेता गर्दा पनि नहटाएपछि आफूहरूले बाध्य भएर डोजर लगाएर घर भत्काउनु परेको प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो।घर भत्काउँदा घरमा रहेका बैङ्क तथा व्यावसायिक पसल र बैङ्कको एटिएम मेसिनलाई समेत खाली गर्न लगाएर घर भत्काइएको थियो। यो अभियान बाटोमा बनेका सबै अवैध संरचना नहटुन्जेलसम्म जारी रहने नगरप्रमुख पोखरेलले बताउनुभयो। यसअगाडि सडकमा परेका घर भत्काउन नगरपालिकाले सूचना जारी गरेपनि घरधनी अदालतमा गएपछि केही दिन काममा ढिलाइ भएको नगरपालिकाको भनाइ छ। सडकमा पर्ने घर नहटाउँदा सुरुङ्गादेखि झापा गाउँपालिका जोड्ने २४ किलोमिटर सडक कालोपत्रेको काम समेत अलपत्र परेको थियो। निर्वाचनको मुखमा लोकप्रियता हासिल गर्न सडक छेउको घर भत्काइएको भन्दै घरधनी र पसल व्यवसायीले विरोध गरेका छन्। यता निर्वाचन कार्यालयले निर्वाचनको काम गर्ने र नगरपालिकाले आफ्नो काम नियमित गर्ने भन्दै नगरप्रमुख पोखरेलले भने निर्वाचन र घर भत्किनुमा कुनै सम्बन्ध नरहेको बताउनुभयो छ। नगरपालिकाले घर भत्काउँदा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो।
काठमाडौं, कात्तिक २० गते । काठमाडौंमा दुई दिनसम्म विज्ञान प्रदर्शन भएको छ । बानेश्वरस्थित बानेश्वर बैंकेटमा दुई दिनसम्म चलेको स्टार्टअप एण्ड स्टिम आइडिया फिस्ट सम्पन्न भएको हो । प्रदर्शनीमा विद्यार्थीहरू द्वारा निर्मित विभिन्न उपकरण तथा प्रविधिको अवलोकन गर्न मिल्ने गरी राखिएको थियो । तस्बिर M सागर बस्नेत
प्रधानसेनापति प्रभुराम शर्माले रुपन्देही, कैलाली, दाङमा रहेका गणको निरीक्षण भ्रमण गर्नुभएको छ।
कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।