कुनै पनि मुलुकमा औद्योगिक गतिविधिसहित सम्पूर्ण अर्थतन्त्रलाई चलायमान बनाउन बैङ्क तथा वित्तीय संस्था र उद्योग–व्यवसायबीच निकै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। यी दुईबीचको सम्बन्ध नङ र मासुझैँ हुनुपर्छ। एकलाई परेको समस्याले अर्कोलाई प्रत्यक्ष रूपमै प्रभावित गरिरहेको हुन्छ। यी दुवै क्षेत्रको सकारात्मक विकासका निम्ति दुवैबीच सौहार्द र रचनात्मक सम्बन्ध विस्तार हुनु अति आवश्यक देखिन्छ तर
चुनावी घोषणापत्र ल्याटिन शब्द, ‘म्यनिफस्तुम’बाट आएको हो, जसको अर्थ स्पष्ट पार्नु हो। १८४७ को कोट नरसंहारपछि सत्तामा आएपछि जङ्गबहादुर राणाले शासन गर्दा सन् १८४८ मा माक्र्सद्वारा लिखित कम्युनिस्ट पार्टीको घोषणापत्र सार्वजनिक भएको थियो। संसदीय लोकतन्त्रको जन्मभूमि इङ्गल्यान्डमा पहिलो घोषणापत्र सन् १९०० को निर्वाचनमा जोन सालिसबरीले सार्वजनिक गरेका थिए।
मैथिली साहित्यका महाकवि विद्यापति साहित्यका महान् साधक थिए। उनको साहित्य साधनाले नै मैथिली साहित्यलाई लोकप्रिय र सर्वव्यापी बनाएको हो। विद्यापति दक्षिण मिथिलाको विस्फी भन्ने गाउँमा पिता पण्डित गणपति ठाकुर र माता गङ्गादेवीको पुत्रका रूपमा जन्मेका हुन्। उनका पिता तत्कालीन मिथिलाका राजा शिवसिंहको दरबारका राजपण्डित थिए।
सत्तापक्षीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता चित्रलेखा यादव र एमाले जसपा गठबन्धनबाट जसपा उम्मेदवार राजकिशोर यादवबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
कर्णाली प्रदेशमा उत्पादन हुने नौ प्रजातिका बाली चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर, जुम्ली मार्सी, कोदो, जौ र स्थानीय सिमीलाई प्रदेश सरकारले रैथाने बालीका रूपमा सूचीकृत गरेको छ। प्रदेश सरकारले रैथाने बाली जोगाउन उत्पादन, बजारीकरण र प्रवद्र्धनका लागि ‘मूल्यवान् कर्णाली किसानका सम्पदा’ लेखिएको ‘मूल्यवान्’ लोगो कार्यक्रम लागू गरेको छ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरिरहेका छन्। निर्वाचनलाई केन्द्रित गरेर सार्वजनिक भएका प्रमुख दलका चुनावी घोषणापत्रमा आर्थिक समृद्धि र विकासका विषयलाई भने पहिलो प्राथमिकतामा राखिएको छ। प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका पार्टीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरिसकेका छन्।
प्रदेश सभा सदस्यका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको पाँचथरको प्रदेश सभा (क)को चुनावी माहोल रोचक बन्दै गएको छ। यहाँका मुख्य प्रतिस्पर्धी हिजो एउटै पार्टीमा रहेका नेताहरू हुनुहुन्छ। यहाँबाट प्रदेश सभा सदस्य पदका लागि नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट जिल्ला अध्यक्ष राजकुमार भण्डारी र सत्ता गठबन्धनका तर्फबाट नेकपा एसका जिल्ला अध्यक्ष कमलप्रसाद जबेगु उम्मेद्वार बन्नुभएको छ।
धनकुटा नगरपालिका वडा नम्बर ७ टोड्के गाउँका टेकबहादुर विकलाई मङ्सिर ४ गते हुने निर्वाचनले छोएको छैन। अघिल्ला निर्वाचनमा उत्साहको साथ निर्वाचनमा लाग्नुभएका उहाँलाई यो निर्वाचन र उम्मेदवारप्रति कुनै आशा नै छैन। विकलाईमात्र हैन, टोड्के गाउँका अन्य मतदातालाई पनि उस्तै छ।
जिल्लाको पूर्व खोलामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । शनिवार बेलुकी साढे ७ बजेतिर आर्यभाङ्ज्याङ्–पूर्व खोला सडक खण्डको पूर्व खोला–४, मङ्गलामा ट्याक्टर दुर्घटना हुँदा चालक पूर्व खोला–२, का २२ वर्षीय चालक कमल रानाको मृत्यु भएको हो ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गर्दै प्रमुख राजनीतिक दलले पर्यटन प्रवर्द्धनका महत्त्वाकाङ्क्षी योजना अघि सारेका छन् । राजनीतिक दलले सार्वजनिक गरेका आगामी पाँच वर्षको योजनामा वार्षिक ३० लाख पर्यटन भित्र्याउनेदेखि विमानस्थल निर्माणले प्राथमिकता पाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड पाउनुहुने भएको छ । प्रतिष्ठित महिला राजनीतिक नेत्रीहरूका लागि दिइने यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै वर्तमान महिला राष्ट्रपति, पूर्वमहिला राष्ट्रपति तथा महिला प्रधानमन्त्रीहरूलाई हरेक वर्ष प्रदान गरिन्छ । दक्षिण एसियाली मुलुक नेपालमा राष्ट्रपतिजस्तो उच्च पदमा आसीन रहेर नेपाल र विश्वकै महिलाको गरिमा बढाएको ठहर गर्दै राष्ट्रपति भण्डारीलाई सो सम्मान दिन लागिएको हो ।
यातायात व्यवस्था विभागले मङ्सिर १ गतेदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) आवेदन बन्द गर्ने भएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विभागका कर्मचारी पनि खटिनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि नयाँ आवेदन बन्द गरिने विभागले जनाएको छ ।
मुलुकका अधिकांश जिल्लामा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कसले बाजी मार्लान् भन्ने विषयमा कार्यकर्ताबीच जोड–घटाउ चलिरहेका बेला गण्डकी प्रदेशमा भने प्रदेश सभातर्फ धेरैको चासो रहेको पाइएको छ। पार्टीले नै कनिष्ठ नेतालाई प्रनिनिधि सभामा र केन्द्रीय स्तरका नेतालाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाएर पठाउनु र उम्मेदवार स्वयं पनि यसैतर्फ आकर्षित हुनुले यो वास्तकितालाई थप पुष्टि गरेको हो। सरकारको नेतृत्व गरिरहेको नेपाली
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् भङ्ग गर्ने परम्परा अन्त्य भएको बताउनुभएको छ। गृहजिल्ला डडेल्धुरामा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानमा भएको व्यवस्थाअनुसार संसद्बाट सरकार गठनको सम्भावना भएसम्म अबदेखि संसद् भङ्ग नहुने बताउनुभएको हो।
आन्तरिक पर्यटकका कारण पोखराको पर्यटन क्षेत्र चलायमान भएको छ। दशैँ, तिहारलगायतका चाडपर्वका कारण स्वदेशी पर्यटक पोखरा घुम्न आएका हुन्। अहिले पोखरामा विदेशी पर्यटक भने फाट्टफुट्ट मात्रै देख्न सकिन्छ। आन्तरिक पर्यटकको भीडभाड छोटो समयका लागि मात्रै भएको र सिजनमा पनि विदेशी पर्यटक कम आएकामा भने व्यवसायी चिन्तित छन्।