• २५ साउन २०८२, आइतबार

सवारी लाइसेन्सको आवेदन बन्द हुने

blog

काठमाडौँ, कात्तिक २० गते । यातायात व्यवस्था विभागले मङ्सिर १ गतेदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) आवेदन बन्द गर्ने भएको छ । 

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विभागका कर्मचारी पनि खटिनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि नयाँ आवेदन बन्द गरिने विभागले जनाएको छ । विभागले शुक्रबार सूचना जारी गरी लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द रहने जनाएको हो ।