प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै रुपन्देहीमा चुनावी माहोल तातेको छ। पाँच दलीय गठबन्धन एवं सरकारका गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्लासमेत रहेको रुपन्देहीमा चुनावी प्रचार प्रसारमा भने विगतको जस्तो झकिझकाउ छैन। उम्मेदवारहरू साधारण तरिकाले मतदाताको घरदैलोमा पुगेका छन्।
‘समुन्नत र उज्यालो सुदूरपश्चिम’ बनाउने बहुप्रतीक्षित राष्ट्रिय गौरवको सेती जलविद्युत् आयोजना निर्माणलाई डोटीका अधिकांश उम्मेदवारले चुनावी नारा बनाएका छन्। आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता साझेदार दल र प्रतिपक्षी गठबन्धनका उम्मेदवारहरूले अध्ययनको चरणमा रहेको पश्चिम सेती जलविद्युत् आयोजना निर्माण अघि बढाउने प्रतिबद्धतासहित चुनावी प्रचारमा होमिएका हुन्। लगानी
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल–भारतबीच रहेका सीमा विवाद कूटनीतिक सम्बन्ध र वार्ताका माध्यमबाट समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
धादिङ, कात्तिक १९ गते। काठमाडौंबाट रुकुम पश्चिम जाँदै गरेको बस शनिबार साँझ धादिङको जोगीमारामा दुर्घटना भएको छ। पृथ्वी राजमार्गअन्तर्गत सडकबाट पल्टिएर त्रिशूली नदी किनारमा पुगेको बा ४ ख ५७ २० नम्बर बसमा सवार यात्रुमध्ये २० जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो।घाइते यात्रुको स्थानीयवासी, नेपाल प्रहरी लगायतले उद्धार गरेका छन्। घाइतेको मलेखुमा रहेको शिक्षण अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाबारे जानकारी लिन काम भइरहेको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिनुभयो। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। रासस
कात्तिक १९, कोहलपुर। पुर्व जनमुक्ती सेनाका प्रतिनिधिले पाँच दलीय वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउने बताएका छन। शनिबार पुर्व जनमुक्ती सेनाका प्रतिनिधि तथा उम्मेदवारबीच कोहलपुरमा भएको छलफलमा वाम–लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिबद्धता जनाएका हुन।लामो त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानको रक्षार्थ पाँच दलीय गठबन्धनले खेलेको भुमिका मत्त्वपूर्ण रहेको भन्दै यस्तो प्रतिबद्धता जनाएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गठबन्धनको तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिध सभा सदस्य उम्मेदवार महेश्वर गहतराज (अथक) ले अहिलेको व्यवस्था ल्याउनमा जनमुक्ती सेनले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो। कार्यक्रममा बोल्दै प्रदेश सभा (ख) का उम्मेदवार फुलाराम थारुले गठबन्धनका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ।
ललितपुर, कात्तिक १९ गते । साहित्यकार मोतीलक्ष्मी शाक्य र मनदेवी ताम्राकारका दुई कृति सार्वजनिक भएका छन् । शाक्यको प्रबन्ध सङ्कलन ‘झीगु नेवा: संस्कार व संस्कृतिया धुकूपिकू’ (हाम्रो नेवार संस्कार र संस्कृतिको ढुकुटी) र ताम्राकारको कथा सङ्ग्रह ‘छेँदुने’ (घरभित्र) एकसाथ सार्वजनिक गरिएको हो । शनिबार ललितपुरको उग्रचण्डी मन्दिरमा आयोजित कार्यक्रममा शिक्षाविद् तथा समाजसेवी हितकरवीर कंशाकार, साहित्यकार सुवर्ण केशरी चित्रकार, समीक्षक तथा समालोचक डा. पुष्प राज राजकर्णिकार, पूर्ण ताम्राकार र गजलकार भूषण प्रसाद श्रेष्ठले सार्वजनिक गर्नुभएको हो । साहित्य लेखनलाई निरन्तरता दिनुभएकोमा प्रमुख अतिथि कंशाकारले खुसी व्यक्त गर्नुभयो । प्रमुख अतिथि कंशाकारले राणा कालमा अन्तर क्याम्पस नेपालभाषा साहित्य सम्मेलन, हाजिरी जवाफ प्रतियोगितासँगै क्याम्पस क्याम्पसमा नेपालभाषा वार्षिक पत्रिका प्रकाशन हुने भए पनि लोकतन्त्रपछि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं, कात्तिक १९ गते । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य दाङ क्षेत्र नम्बर ३ का नेकपा (एमाले)का उम्मेदवार कोमल वलीलाई निर्वाचन प्रचार-प्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणअन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचार-प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’, व्यवस्था छ ।“तपाईँले निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ट)को प्रतिकूल हुने गरी निर्वाचन प्रचार-प्रसार गर्नु भएको होइन भन्ने आधार, प्रमाण के छ ? निर्वाचनका प्रक्रिया अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईँले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने कार्य गर्नुभएको हो ?”, आयोगको स्पष्टीकरणमा भनिएको छ ।आयोगले निर्वाचन प्रचार–प्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै सो कार्य गरेको देखिएकाले आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ? भनी पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय दाङमा प्राप्त हुने गरी जवाफ पठाउन उम्मेदवार वलीलाई भनेको छ ।
नेकपा (एकीकृत समाजवादी)की सचिव तथा गुल्मी–२ बाट प्रतिनिधिसभाका उम्मेदवार रामकुमारी झाँक्रीले गुल्मीको पोटफोलियो बदल्ने बताउनुभएको छ। उहाँले चुनाव जितेपछि गुल्मीका अवसर, चुनौतीको पहिचान गरेर इमानका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
नेपालले बङ्गलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । ढाकामा शनिबार भएको खेलमा नेपालले घरेलु टोली बङ्गलादेशलाई १-० गोलले हरायो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको बताउनुभएको छ।
नेकपा (एमाले) काठमाडौं क्षेत्र ९ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारले आफ्नो क्षेत्रलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गर्नुभएको छ । शनिबार ६ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उहाँहरूले सो घोषणा गर्नुभएको हो ।
पृथ्वीराज मार्गमा पर्ने व्यास नगरपालिका-५ चापाघाट ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
कर्णाली प्रदेशमाथि ४४ रनको जित निकाल्दै विभागीय टोलीएपीएफ काठमाडौंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा आजभोलि धार्मिक शक्तिपिठको पूजाआजा गरिने जाँत मेलाको रौनक छ । धार्मिक परम्परासँगै मौलिक संस्कृतिका साथ जाँत हुने भएकाले यहाँका गाउँघरमा रौनक छाएको हो ।
निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराले निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहे आयोग चुप लागेर नबस्ने बताउनुभएको छ ।