काठमाडौं, कात्तिक २० गते । रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म फूलबारीको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । आगामी फागुन ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको सार्वजनिक पोस्टरमा मुख्य कलाकार विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङलाई देख्न सकिन्छ ।फिल्मको कथा र कन्सेप्ट कमल किशोर मुलपानीको हो भने उपेन्द्र सुब्बाको पटकथा रहेको छ । फिल्ममा लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतको पनि अभिनय रहनेछ ।फिल्ममा जोस हेरुमको छायाङ्कन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको सङ्गीत रहने बताइएको छ । फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल र निर्माता मनिष ढकाल हुनुहुन्छ ।
अष्ट्रेलियामा जारी आइसिसी टी-२० विश्वकप अन्तर्गत आइतबार भएको पहिलो खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले पराजित गरेको छ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताउनुभएको छ ।
साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक ४३.२० अङ्क बढेर १९६५.३६ बिन्दुमा पुगेको छ ।
आगामी मङ्सिर १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन बन्द हुने भएको छ ।
काठमाडौं महानगरपालिकाको वार्षिक खरिद गुरुयोजनाका लागि योजनाको प्याकेजिङ र स्लाइसिङका विषयमा छलफल भएको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि रामेछाप जिल्ला २२ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।
ओखलढुङ्गामा सत्ता गठबन्धन र नेकपा (एमाले) लगायतका दलहरूले चुनावी अभियानलाई तीव्र बनाएका छन् । कात्तिक १७ अघि सामान्य घरदैलो गरेका दलले अहिले सार्वजनिक तथा ठूला चुनावी सभा गर्न थालेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको सिन्धुली निर्वाचन क्षेत्र १ र २ मा उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो ।
वर्षको ६ महिना पनि विद्यालय जान नपाएका बालवालिका शनिबार र बिदाको दिनमा समेत विद्यालयमा पढ्न पाएपछि खुशी भएका छन् । जिल्लाको पूर्वी–उत्तर क्षेत्र बुढीनन्दा नगरपालिकाका –७ डाप्कमा रहेको सिद्धेश्वर आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिले शनिबार र विदाको दिन समेत बालवालिकालाई विद्यालयमा पठनपाठनको व्यवस्था गरेपछि विद्यार्थी खुशी भएका हुन् ।
मोगादिसुको दक्षिणी भागमा रहेको सैन्य प्रशिक्षण शिविरको प्रवेशद्वारमा शनिबार साँझ भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको चितवन निर्वाचन क्षेत्र १, २ र ३ मा उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले धनकुटाले जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा कांग्रेस र माओवादीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिने गरी निर्वाचन सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताउनुभएको छ ।