• १९ असोज २०८१, शनिबार

चितवनका तीन निर्वाचन क्षेत्रमा उम्मेदवारबीच उच्च प्रतिस्पर्धा

blog

चितवन जिल्ला । फाइल तस्बिर

काठमाडौं, कात्तिक २० गते । आगामी निर्वाचनका लागि चितवन जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको चितवन निर्वाचन क्षेत्र १, २ र ३ मा उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो ।

चितवन क्षेत्र नं. १
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा चितवन क्षेत्र नं. १ मा कुल एक लाख ३९ हजार ८४५ उम्मेदवार छन् । जसमा ६८ हजार ३३७ पुरुष र ७१ हजार ५०८ महिला छन् । यस क्षेत्रमा ५६ मतदान स्थल र १५९ मतदान केन्द्र छन् । यो क्षेत्रमा नौ राजनीतिक दल र तीन स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जसमा १८ पुरुष र एक जना महिला छन् । उम्मेदवारको समावेशी विवरणतर्फ खस आर्य ७३.६८ प्रतिशत, मधेशी ५.२६ र आदिवासी जनजाति २१.०५ प्रतिशत छन् ।


चितवन क्षेत्र नं.२
यस क्षेत्रमा कुल एक लाख २४ हजार २१५ उम्मेदवार छन् । जसमा ६१ हजार १५६ पुरुष र ६३ हजार ५८ महिला उम्मेदवार छन् । त्यस्तै, ४३ मतदान स्थल र १३८ मतदान केन्द्र छन् । १० राजनीतिक दल र छ स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उम्मेदवारको समावेशी विवरणतर्फ खस आर्य ६२.५० प्रतिशत, मुस्लिम ६.२५ प्रतिशत र आदिवासी जनजाति ३१.२५ प्रतिशत छन् ।


चितवन क्षेत्र नं.३
एक लाख ४४ हजार २८२ उम्मेदवार रहेको यस क्षेत्रमा ६३ मतदान स्थल र १६३ मतदान केन्द्र तोकिएको छ । मतदातामध्ये ६९ हजार ५३९ पुरुष र ७४ हजार ७४३ महिला उम्मेदवार छन् । आठ राजनीतिक दल र १२ स्वतन्त्र गरी २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जसमा १८ पुरुष र दुई महिला उम्मेदवार छन् । उम्मेदवारको समावेशीतर्फ खस आर्य ६५ प्रतिशत, मुस्लिम ५ प्रतिशत र आदिवासी जनजाति ३० प्रतिशत रहेको निर्वाचन आयोगले जनाएको छ ।  


इन्फोग्राफ : निर्वाचन आयोग नेपाल