• १९ असोज २०८१, शनिबार

नेदरल्यान्ड्ससँग दक्षिण अफ्रिका १३ रनले पराजित

blog

खेलका क्रममा नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाका क्रिकेटर । तस्बिर : क्रिकबज

काठमाडौं, कात्तिक २० गते। अष्ट्रेलियामा जारी आइसिसी टी-२० विश्वकप अन्तर्गत आइतबार भएको पहिलो खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले पराजित गरेको छ। 

पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले दिएको १ सय ५९ रनको लक्ष्य पूरा गर्न नसक्दा दक्षिण अफ्रिका पराजित भएको हो। जवाफी ब्याटिङमा पुरै २० ओभर खेलेको दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा १ सय ४५ रन मात्र बनाउन सक्यो। 

दक्षिण अफ्रिकाका लागि रिली रस्सो २५, हेन्रिच क्लासेन २१, कप्तान टेम्बा बाभुमाले २०  रन मात्र जोड्न जोड्न सके। डेभिड मिलर र एडिन मार्क्रमले समान १७–१७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। 

नेदरल्यान्ड्सका ब्राण्डोन ग्लोभरले तीन विकेट हात पार्दा बास डी लिड र फ्रेड क्लासेनले दुई दुई विकेट लिनुभयो। 

४ विकेटको क्षतिमा १ सय ५८ रन जोडेको नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले अविजित ४१ रन जोड्नुभएको थियो। स्टेफान ब्रोघले ३७, टम कुपरले ३५ रन बनाउँदा म्याक्स ओडोडले २९ रन बनाउनुभएको थियो। 

दक्षिण अफ्रिकाका लागि केशव महाराजले दुई तथा एन्रिच नोर्किया र एडिन मार्क्रमले एकएक विकेट लिनुभयो।