चाडपर्व सकिएसँगै मौसम पूर्ण रूपले खुलेको छ । आजभोलि काठमाडौँ उपत्यका वरिपरि रमाइला दृश्यहरू देख्न पाइन्छ ।
भारतमा सर्पको डसाईबाट मात्र वर्षमा ६४ हजार जनाभन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क छ ।हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनको तथ्याङ्कमा सो कुरा उल्लेख गरिएको भारतको एक स्थानीय पत्रिकाले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य स्थिति जटिल बन्दै गएपछि अस्पतालमा भर्ना हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड ग्रहण गर्न आइसल्यान्डतर्फ जाँदै हुनुहुन्छ ।
रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोलमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट तीन तीन पटक निर्वाचन जितेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र गठबन्धनको समर्थन पाउनु भएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा चुनावी प्रतिस्पर्धा हुँदैछ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिराहा –३ मा पूर्व कानुन न्याय संसदीय व्यवस्था मामिला मन्त्री लीलानाथ श्रेष्ठ र पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री विश्वनाथ साह बिच हुने कडा प्रतिस्पर्धा हुने भएको छ ।
जतिबेला मलाई ‘तिर्खा’ लाग्छ त्यतिबेला बनिदिन्छौ तिमी ‘पानी’ भोक लाग्दा ‘अन्न’ वा ‘फलफूल’
प्रसङ्ग मधुपर्क असार २०७९ तारानाथ शर्मा विशेष । मैले उहाँलाई पहिलो र अन्तिम पटक २०५६ सालमा भेटेको हुनुपर्छ । मेरो कान्छो छोरा नोबेल अकाडेमीमा प्लस् टू पढ्दाताकाको कुरा हो । उहाँ प्रिन्सिपल हुनुहुन्थ्यो । उहाँका बारेमा सुनेको थिएँ । ‘बेलाइततिर बरालिँदा’ र अन्य एक दुई कृति पढेको थिएँ । उहाँले चाँदनी शाह (रानी ऐश्वर्य)का कविता अनुवाद गरेको सुनेको थिएँ । साहित्यको फाँटमा खेती गर्ने धेरै हुन्छन् तर स्थापित धेरै कम । उहाँ स्थापित लेखक साहित्यकार विद्वान् हो, बुझेको थिएँ ।
मडागास्कर संसारको चौथो ठूलो टापु मुलुक हो । संसारकै सबैभन्दा ठूलो टापु चाहिँ ग्रिनल्यान्ड हो । दोस्रो नम्बरमा न्युगिनी पर्छ भने तेस्रो ठूलो टापु बोर्नियो हो । मडागास्कर हिन्द महासागरको दक्षिणपश्चिमी भागमा छ । पृथ्वीमा अन्यत्र कतै नपाइने वनस्पति र प्राणी यो देशमा पाइन्छ ।
काठमाडौँ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका–९ मा रहेको श्री गान्धी आदर्श माध्यमिक विद्यालयको स्थापना २०१० सालमा भएको हो । अहिंसात्मक आन्दोलनका प्रणेता महात्मा गान्धीबाट प्रेरित भएर समाज सुधारक तथा समाजसेवी श्री तुलसीमेहर श्रेष्ठले कारागारका रूपमा भएको जग्गामा यस विद्यालयको पठन पाठन सुरु गराएका थिए । यसको स्थापना हुनुअघि राणा शासनको विरुद्धमा तुलसीमेहर लागेका थिए । उनी देशमा चलिरहेको जातीय र वर्गीय विभेदको पूर्ण रूपले विरोध गर्थे ।
गोरखापत्र संस्थानको आयोजनामा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशस्तरीय निर्वाचन समाचार लेखन सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम धनगढीमा सुरु भएको छ । संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीको अध्यक्षतामा सुरु भएको अनुशिक्षण कार्यक्रमको निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले उद्घाटन गर्नुभयो । गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले अनुशिक्षण कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो । उद्घाटन कार्यक्रममा सञ्चार तथा सूचना मन्त्रालयका सचिव बैकुण्ठ अर्याल विशिष्ट अतिथि, गोरखापत्र दैनिकका प्र
बागलुङका द्वन्द्वपीडित परिवारका सदस्यले सङ्क्रमणकालीन न्यायका समस्या राजनीतिक दलको प्राथमिकतामा नपरेको गुनासो गरेका छन्।