• १३ साउन २०८१, आइतबार

धनगढीमा निर्वाचन समाचार लेखन अनुशिक्षण सुरु

blog

धनगढीमा आयोजित निर्वाचन समाचार लेखन अनुशिक्षण कार्यक्रमका विशिष्ट अतिथि एवम् अतिथिहरु ।

अविनाश चौधरी

धनगढी, कात्तिक २१ गते । गोरखापत्र संस्थानको आयोजनामा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशस्तरीय निर्वाचन समाचार लेखनसम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम धनगढीमा सुरु भएको छ । 

संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको अध्यक्षतामा सुरु भएको अनुशिक्षण कार्यक्रमको निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले उद्घाटन गर्नुभयो । गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले अनुशिक्षण कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा गोरखापत्र संस्थानका प्रकाशनहरूमा पस्किने समाचारको गुणस्तरलाई अझ गुणस्तरीय बनाउन, मतदाता शिक्षा, निर्वाचन आचार संहिताको पालना, निर्वाचनको समाचार लेखनलगायतका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिने उद्देश्यले यो अनुशिक्षण कार्यक्रम आयोजना गरिएको हो । 
उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई र कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, गोरखापत्र दैनिकका प्रमुख समाचारदाता केदार भट्टराई अतिथिको रूपमा उपस्थित रहनु भएको  । 

अनुशिक्षण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौ जिल्ला र कर्णाली प्रदेशका १० जिल्लामा कार्यरत गोरखापत्रका जिल्ला समाचारदाताको सहभागिता रहेको छ ।