• १३ साउन २०८१, आइतबार

सिराहा ३ पूर्व मन्त्रीको प्रतिस्पर्धा

blog

सिराहा–३ का सत्तारुढ गठबन्धनका उम्मेदवार विश्वनाथ साह र एमाले जसपा गठबन्धनका उम्मेदवार लीलानाथ श्रेष्ठ । तस्बिर: जीबछ

लहान, कात्तिक २१ गते । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिराहा –३ मा पूर्व कानुन न्याय संसदीय व्यवस्था मामिला मन्त्री लीलानाथ श्रेष्ठ र पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री विश्वनाथ साह बिच हुने कडा प्रतिस्पर्धा हुने भएको छ । 

गोल बजार नगरपालिकाको १२ वडा, नरहा गाउँपालिकाको १ र २ वडा,विष्णुपुर गाउँपालिकाको वडा १ र ५, अर्नमा गाउँपालिकाको १,२ र ३ र सिराहा नगरपालिका पर्ने यस क्षेत्रको सबै पालिकाको प्रमुख उपप्रमुख,गाउँपालिकाको अध्यक्ष नेकपा एमालेले जितेकोले नेकपा एमाले जसपा गठबन्धनबाट नेकपा एमाले पोलिटव्युरो सदस्य तथा मधेस प्रदेशका सह–इन्चार्ज पूर्व कानुन मन्त्री रहिसक्नु भएको श्रेष्ठ आफू जित्ने दाबी गरी रहनु भएको छ ।

यता नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको मत उत्तरी र दक्षिणी भेगमा एमाले जसपा गठबन्धन भएपछि देखिएको असन्तुष्ट नेता कार्यकर्ता र मतदाताहरूको बलियो समर्थनले आफू चुनाव जित्नेमा सत्तारुढ गठबन्धनका उम्मेदवार साह ढुक्क रहेको बताइ रहनु भएको छ ।

स्थानीय तह २०७९ मा यस क्षेत्रका सबै पालिकमा एक्लै बाइस हजार २०१ मत  र जनता समाजवादी पार्टीले १४ हजार ७१०  गरी ३६ हजार ९११ मत प्राप्त गरेको थियो । यसै गरी सता गठबन्धनका तर्फबाट नेपाली काँग्रेस १६ हजार ५१८, नेकपा माओवादी केन्द्र आठ हजार ६९७ र एकीकृत समाजवादी छ हजार २१४ गरी ३१ हजार ४११ मत  प्राप्त गरेको थियो । 

स्थानीय तहको मतको आधारमा श्रेष्ठ बलियो देखे पनि प्रतिनिधि सभा र प्रदेश सभामा त्यही अनुपातमा मत नजाने प्रबल सम्भावना देखिएकोले सता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा पूर्व शान्ति मन्त्री रही सक्नु भएको विश्वनाथ साह कमजोर नरहेकोले यस पटकको निर्वाचनमा थोरै मतले कसले जित्ला भन्न हतार हुने त्यस क्षेत्रका स्वतन्त्र बुद्धिजीवीहरूको ठम्याइ रहेको छ । 

सिराहा–३ को प्रदेश १ मा नेकपा एमालेका मनोज सिंह र नेपाली काँग्रेसका राम सगुन यादवबिच कडा टक्कर रहेको छ भने प्रदेश २ मा मधेस प्रदेशका कानुन मन्त्री सता गठबन्धनका एकीकृत समाजवादी पार्टीका उम्मेदवार प्रमोद कुमार यादव, स्वतन्त्र उम्मेदवार गोपाल यादव र एमाले जसपा गठबन्धनका रेणु कुमारी यादवबिच त्रिकोणात्मक  प्रतिस्पर्धा हुने भएको छ । 

२०७४ सालको निर्वाचनमा दुई हजार ३०० मतले जीत हासिल गर्नुभएको श्रेष्ठलाई जनता समाजवादी पार्टीका अशेश्वर यादव निकटतम प्रतिद्वन्द्वी रहनु भएको थियो । अहिले एमाले जसपा गठबन्धन भएपछि यादव श्रेष्ठको साथमा छ भने तेस्रो स्थानमा रहेकी नेपाली काँग्रेसकी नेतृ सिता देवी यादव विश्वनाथ साहलाई सत्तारुढ गठबन्धनबाट सघाउनु र दक्षिणी भेगमा एमाले प्रवेश गरेका गोपाल यादव स्वतन्त्र उम्मेदवार हुनु र सिराहाका नगरप्रमुख डा नवीन कुमार यादवको भई प्रवीण कुमार यादव समेत प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिएकाले श्रेष्ठको लागि चुनौती रहेको छ ।   

Author

जीबछ यादव