• १३ साउन २०८१, आइतबार

घमाइलो काँठ क्षेत्र (फोटो फिचर)

blog

काठमाडौँ, कात्तिक २१ गते । चाडपर्व सकिएसँगै मौसम पूर्ण रूपले खुलेको छ । आजभोलि काठमाडौँ उपत्यका वरिपरि रमाइला दृश्यहरू देख्न पाइन्छ ।

आकाश नीला देखिएका छन् । टाढाका हिमाल आँखै अगाडि आएका छन् । काठमाडौँ उपत्यकाबाटै दुई सय किलोमिटर पर भएको हिमालै हिमाल देखिन थालेको छ । अन्य हिमशृङ्खलाको दृश्य पनि कम्ती मनमोहक छैनन् । शरद ऋतुको आगमनसँगै काठमाडौँ उपत्यकाबाट देखिने विभिन्न हिमशृङ्खलाले उपत्यकामा बस्ने सर्वसाधारणदेखि विदेशी पर्यटकलाईसमेत लोभ्याएको छ ।


प्रदूषणका कारण हत्तपत्त उपत्यकावासीले पनि खुलेका आकाश र हिमाल देख्न पाउँदैनन् । उपत्यकामा प्रदूषणले नढाकेसम्म देखिने हिमालका दृश्य प्रदूषण बढेसँगै बिस्तारै विलीन हुँदै जान्छन् । केही दिन यता काठमाडौँको आकाश धुम्म हुँदै गइरहेको पनि छ । भारतमा पराल पोलेको प्रदूषण काठमाडौँको आकाशमा अड्किँदा त्यति खुल्न सकेको छैन । तर पनि धुवाँकै बिचमा काठमाडौंको काँठ क्षेत्र आफ्नै पनमा रमाइरहेको देख्न सकिन्छ ।


काँठ क्षेत्र हिमालको काखमा लुकेको जस्तो देखिन्छ भने खेतमा पाकेको धानले झनै सुन्दरता थपेको छ काँठ क्षेत्रलाई । उदाउँदो सूर्यले झनै काँठ क्षेत्रको सुन्दरतालाई बढाएको छ, हरियो बोटबिरुवाको आफ्नै सुन्दरता थपिएको छ । उदाउँदो घामसँगै किसानहरू खेतबारीमा काम गर्न मस्त देखिन्छन्, चराचुरुङ्गीको सुरिलो आवाजले त झनै मन शान्त बनाउँछ । आजको फोटो फिचरमा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका काठमाडौँको काँठ क्षेत्रका यी मनमोहक दृश्य ।  











तस्बिर: नेपाल न्युज एजेन्सी