• १३ साउन २०८१, आइतबार

नेपाल भाषाका दुई कृति सार्वजनिक

blog

प्रबन्ध संकलन ‘झीगु नेवाः संस्कार व संस्कृतिया धुकूपिकू’ र कथा संग्रह ‘छेँदुने’ शिक्षाविद् तथा समाजसेवी हितकरवीर कंशाकारलगायत ।

ललितपुर, कात्तिक १९ गते । साहित्यकार मोतीलक्ष्मी शाक्य र मनदेवी ताम्राकारका दुई कृति सार्वजनिक भएका छन् । 

शाक्यको प्रबन्ध सङ्कलन ‘झीगु नेवा: संस्कार व संस्कृतिया धुकूपिकू’ (हाम्रो नेवार संस्कार र संस्कृतिको ढुकुटी) र ताम्राकारको कथा सङ्ग्रह ‘छेँदुने’ (घरभित्र) एकसाथ सार्वजनिक गरिएको हो । 

शनिबार ललितपुरको उग्रचण्डी मन्दिरमा आयोजित कार्यक्रममा शिक्षाविद् तथा समाजसेवी हितकरवीर कंशाकार, साहित्यकार सुवर्ण केशरी चित्रकार, समीक्षक तथा समालोचक डा. पुष्प राज राजकर्णिकार, पूर्ण ताम्राकार र गजलकार भूषण प्रसाद श्रेष्ठले सार्वजनिक गर्नुभएको हो । 

साहित्य लेखनलाई निरन्तरता दिनुभएकोमा प्रमुख अतिथि कंशाकारले खुसी व्यक्त गर्नुभयो । प्रमुख अतिथि कंशाकारले राणा कालमा अन्तर क्याम्पस नेपालभाषा साहित्य सम्मेलन, हाजिरी जवाफ प्रतियोगितासँगै क्याम्पस क्याम्पसमा नेपालभाषा वार्षिक पत्रिका प्रकाशन हुने भए पनि लोकतन्त्रपछि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।